बिएल संवाददाता
मधेश प्रदेश सभा बैठक आज २ बजेसम्मका लागि स्थगित भएको छ।
मुख्यमन्त्री सरोज यादवले आज बैठकमा विश्वासको मत लिने कार्यसूची रहेकोमा मुख्यमन्त्री यादव स्वयं अनुपस्थित भएपछि बैठक स्थगित गरिएको हो।
प्रस्तावक स्वयं अनुपस्थित भएकाले उपसभामुख बबिताकुमारी राउत इसरले आज २ बजेसम्मका लागि बैठक स्थगित भएको घोषणा गरिन्।
सर्वोच्च अदालतले गत सोमबार मुख्यमन्त्री सरोजकुमार यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको थियो। मंगलबार मुख्यमन्त्री यादवले बेलुका पत्रकार सम्मेलनमार्फत आफूले ढिलो पत्र प्राप्त गरेकोले आज बिहान विश्वासको मत लिने जानकारी गराएका थिए।
८ः३० बजे बस्ने भनिएको मधेश प्रदेश सभा बैठक १०ः३० मा सुरु भएको थियो। मुख्यमन्त्री यादव बैठकमा अनुपस्थित रहेका थिए।
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया