बिएल संवाददाता
मधेश प्रदेश सभा बैठक आज २ बजेसम्मका लागि स्थगित भएको छ।
मुख्यमन्त्री सरोज यादवले आज बैठकमा विश्वासको मत लिने कार्यसूची रहेकोमा मुख्यमन्त्री यादव स्वयं अनुपस्थित भएपछि बैठक स्थगित गरिएको हो।
प्रस्तावक स्वयं अनुपस्थित भएकाले उपसभामुख बबिताकुमारी राउत इसरले आज २ बजेसम्मका लागि बैठक स्थगित भएको घोषणा गरिन्।
सर्वोच्च अदालतले गत सोमबार मुख्यमन्त्री सरोजकुमार यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको थियो। मंगलबार मुख्यमन्त्री यादवले बेलुका पत्रकार सम्मेलनमार्फत आफूले ढिलो पत्र प्राप्त गरेकोले आज बिहान विश्वासको मत लिने जानकारी गराएका थिए।
८ः३० बजे बस्ने भनिएको मधेश प्रदेश सभा बैठक १०ः३० मा सुरु भएको थियो। मुख्यमन्त्री यादव बैठकमा अनुपस्थित रहेका थिए।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया