बिएल संवाददाता
विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले नयाँ पार्टीको घोषणा गरेपछि एमालेले उज्यालो नेपालको जस लिन खोजेको छ।
एमालेका महासचिव शंकर पोखरेलले लोडसेडिङ मुक्त गरेर उज्यालो नेपाल बनाउने योजना एमालेको भए पनि जस तत्कालिन माओवादीले लिएको र त्यसैको जस लिँदै कुलमानले पार्टी खोलेको भन्दै गुनासो गरे।
बिहीबार सामाजिक सञ्जालमा लेख्दै पोखरेलले उज्यालो नेपालको जस एमालेलाई कहिले दिने? भन्दै प्रश्नसमेत गरेका छन्।
‘लोडसेडिङ विरुद्ध उज्यालो नेपालको योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले। जसको योजना उसैलाई श्रेयदिने कहिले?’ उनले लेखेका छन्।
२०७२ सालमा केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला नेपाललाई लोडसेडिङ मुक्त पार्ने योजना अघि सारेका थिए।
२०७३ सालमा तत्कालिन प्रचण्ड सरकारको पालामा नेपाललाई लोडसेडिङमुक्त घोषणा गरिएको थियो। एमालेले भने लोडसेडिङ हटाउने योजना त्यसअघिका प्रधानमन्त्री केपी ओलीको रहेको दाबी गर्दै आएको छ।
२०७३ कार्तिकमा नेपाल लोडसेडिङमुक्त हुँदा उर्जामन्त्री जनार्दन शर्मा थिए भने प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक थिए हालका उर्जामन्त्री कुलमान घिसिङ।
उनै घिसिङले बुधबार लोडसेडिङ हटाएको जस लिँदै उज्यालो नेपाल पार्टीको औपचारिक घोषणा गरेका थिए। त्यसलगत्तै एमाले महासचिवको यस्तो दाबी आएको हो।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया