सोमबार, १८ नोभेम्बर २०२४

महोत्तरीमा भीषण आगलागी, सयौँ घर जलेर नष्ट

महोत्तरीको मटिहानी नगरपालिकाको वडा नं.६ स्थित जरलहवा गाछीमा भीषण आगलागी भएको छ। बुधबार दिउँसा भएकाे आगलागीबाट सयौँ घर जलेर नष्ट भएका छन् भने करौडौँ रुपैयाँको क्षति भएको पारम्भिक अनुमान गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - महोत्तरी 

कतारका राजाकाे नेपाल भ्रमण कति उपलब्धिमुलक?

कतारका अमिर अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज सोल्टी होटलमा भएको द्विपक्षीय भेटवार्तापछि उनीहरुको उपस्थितिमा ती सम्झौता र समझदारीमा हस्ताक्षर भएको हो। सो अवसरमा नेपाल र कतारबीच कला संस्कृति, शिक्षा, सञ्चार, युवा तथा खेलकुद, कानुनी सहायता र उद्योग वाणिज्य क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कर्णालीमा सानो आकारकाे मन्त्रिपरिषद् बिस्तार, परियारले लिए मन्त्रीकाे शपथ

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा दलको बुधबार बसेको बैठकले प्रदेशसभा सदस्य परियारलाई सरकारमा पठाउने निर्णय थियाे। साेही निर्णयअनुसार कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले उनलाई विनाविभागीय नियुक्त गरेका हुन्। 

बिएल संवाददाता

बिएल संवाददाता - सुर्खेत

नेपाल र कतारबीच लगानी एवं सहकार्य बिस्तारका लागि ‘टिम’ निर्माण गर्ने समझदारी

प्रधानमन्त्री दाहालले युद्ध र द्वन्द्वको शान्तिपूर्ण समाधानका लागि कतारले गर्दै आएको मध्यस्थता भूमिकाको प्रशंसा गर्दै इजरायलमा हमासको आक्रमणमा परी बेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशीको सकुशल स्वदेश फिर्तीका लागि अमिरको ध्यानाकर्षण गराएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दुईदिने नेपाल भ्रमण सकेर स्वदेश फर्किए कतारका राजा

कतारका अमिर शेख तमिम विन हमाद अल थानी नेपालको दुईदिने राजकीय भ्रमण सकेर स्वदेश फर्किएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा मंगलबार नेपाल भ्रमणमा आएका थानी बुधबार स्वदेश फर्किएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर, के-के मा सम्झौता?

कतारको तर्फबाट दुईदिने नेपाल भ्रमणमा रहेका कतारी अमिर शेख तमिम बिन हमाद अल थानी र नेपालको तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार होटल सोल्टीमा सम्झौता र समझदारीमा हस्ताक्षर भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सानो आकारमा मन्त्रिपरिषद् बिस्तार गर्दै मुख्यमन्त्री कँडेल, माओवादीबाट परियार मन्त्री बन्ने

परियारलाई भोलि मुख्यमन्त्रीको विश्वासको मत लिनेगरी दलको बैठकबाट विनाविभागीय मन्त्रीका रुपमा पठाइएको माओवादी केन्द्र कर्णाली प्रदेशसभा दलका नेता तथा निवर्तमान मुख्यमन्त्री राजकुमार शर्माले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - कर्णाली

भारतीय कंग्रेसले इतिहासमै कम सिटमा लड्नु उसको रणनीति हो कि अरु केही…

स्वतन्त्र भारतको संसदीय अभ्यासमा यो अर्थात् २०१४ को लोकसभा चुनाव १८औँ संस्करण हो। सन् २०१४ देखि लगातार सत्तामा रहेको भारतीय जनता पार्टी(भाजपा) नेतृत्वको गठबन्धन एनडिएलाई चुनौती दिन भारतीय राष्ट्रिय कंग्रेसले यो चुनावका लागि ‘इन्डिया’ गठबन्धनको रचना गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

स्वास्थ्य क्षेत्रमा नयाँनयाँ चुनौतीहरू देखापरिरहेकाे छ, त्यसतर्फ सचेत रहनुपर्छ: प्रधानमन्त्री

‘स्वास्थ्य क्षेत्रमा आउन सक्ने जस्तोसुकै चुनौतीको सामना र व्यवस्थापनका लागि प्रतिष्ठानले थप पूर्वाधारहरूको विकास गर्नुपर्छ,’ प्रधानमन्त्रीले भने, ‘अस्पतालको सेवालाई अझ गुणस्तरीय र प्रभावकारी बनाउन विशेष जोड दिइनेछ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा आएका कतारका अमिर शेख तमिम विन हमाद अल थानीको सम्मानमा आज साँझ यहाँ रात्रिभोजको आयोजना गरे। सो अवसरमा विविध सांस्कृतिक झलक पनि प्रस्तुत गरिएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

विमानस्थलमा खुशीयाली, वीर अस्पतालमा छटपटी 

कविता, सुनिल र दीपक मात्र होइन। कतारी राजा थानी आउँदा मंगलबार सरकारले सार्वजनिक बिदा दिएपछि वीर अस्पतालमा ओपिडी सेवा सञ्चालन हुन सकेन। उनीहरु जस्तै दजनौँ बिरामीले उपचार गर्न पाएनन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतारका अमिरलाई राष्ट्रपति पौडेलको आग्रह

राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात् बेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतारका अमिर शेख तमिम विन हमाद अल थानीसँग आग्रह गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

राष्ट्रपति र कतारी अमिर भेटवार्ता: मध्यपूर्वको द्वन्द्व र जलवायु परिवर्तनप्रति नेपालकाे चिन्ता

उनका अनुसार राष्ट्रपति पौडेलले मध्यपूर्वी क्षेत्रमा देखिएको द्वन्द्वको वातावरणले हामीलाई चिन्तित तुल्याएको पनि बताएका थिए। राष्ट्रपति पौडेलले यस क्षेत्रमा युद्धको अन्त्य र शान्तिको पुनःस्थापनाको कामना गर्दै कतारले शान्ति स्थापनाको लागि खेल्दै आएको भूमिकाको प्रशंसा गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राजा त राजै हुन् 

केही रोचक पनि बनेको कतारी राजाको यो भ्रमणलाई केही पार्टीहरू र नेताहरूले राजनीतिको अर्को रोचकतासँग पनि गाँसिदिए। गणतन्त्रपछि नेपालमा राजा मागिरहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले कतारी राजाको यो भ्रमणलाई आफ्नो राजनीतिक गर्भसिद्धान्तसँग जोडेर टिकाटिप्पणी गर्नसमेत भ्यायो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

कतारी राजाकाे नेपाल भ्रमण: कतारमा पानी निर्यातको अवसर

लगानी सम्मेलनको पूर्वसन्ध्यामा राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आज नेपाल भ्रमणमा आएका छन्। कतारी अमिरको भ्रमणले नेपालको स्वदेशी वस्तुहरुको निर्यात प्रवर्द्धनका लागि पहल गर्ने सुनौलो अवसरका रुपमा लिन सकिने उनीहरुको बुझाइ छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कतारका अमिर शितल निवासमा

नेपालको दुईदिने राजकीय भ्रमणमा काठमाडौँ आइपुगेका कतारका अमिर शेख तमिम बिन हमाद अल थानी शितल निवास पुगेका छन्। मंगलबार दिउँसाे काठमाडौँ आइपुगेका अमिर थानी विमानस्थलबाट सिधै राष्ट्रपति निवास पुगेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

काठमाडौँ आइपुगे कतारका राजा

कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुईदिने भ्रमणका क्रममा काठमाडौँ आइपुगेका छन्। थानी चढेको विमान मंगलबार दिउँसाे  ३:४२ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रोनाल्डोको छोरा केपी र छोरी रुद्रकली कतारी राजालाई ‘उपहार’

केपी ४ वर्ष ७ महिना र रुद्रकली ५ वर्ष ६ महिनाका भए। उनीहरू चितवन प्रजनन् केन्द्रमा हुर्किएका हुन् भने तालिम प्राप्त हात्ती पनि हुन्। २०७५ सालमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले कतार भ्रमणका क्रममा हात्ती उपहार दिने प्रतिबद्धता जनाएकी थिइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कतारका अमिरको स्वागतमा सिँगारियो काठमाडौँ (तस्बिरहरू)

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि तीनकुने, नयाँ बानेश्वर, बबरमहल, माइतीघर, त्रिपुरेश्वर, कालीमाटी, जमल, लैनचौर, त्रिपुरेश्वरलगायत क्षेत्रमा स्वागतद्वारसहित सडक सफाइलगायतका व्यवस्थापन गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपाल भ्रमणमा के-के गर्छन् कतारका अमिर थानी?

राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले आज (मंगलबार) दुई दिने नेपालको राजकीय भ्रमण गर्दै छन्। दुई दिने भ्रमणका क्रममा उनी आज करिब साढे ५ बजे काठमाडौँ आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं