आइतबार, १७ नोभेम्बर २०२४

हङकङमा कार्यरत युवाको सहयोगमा गाउँमा नि:शुल्क एम्बुलेन्स सेवा

रोजगारीका लागि हङकङ पुगेका मोरङको उर्लाबारीका युवाले आफू हुर्केको गाउँका विपन्न परिवारलाई नि:शुल्क सेवा दिन एम्बुलेन्स उपलब्ध गराएका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - मोरङ 

गण्डकी प्रदेश सरकार स्थापना दिवस मनाइँदै आज

प्रदेश प्रमुख गुुरुङद्वारा आज जारी शुुभकामना सन्देशमा सङ्घीयताको व्यावहारिक कार्यान्वयन आवश्यक भएकामा जोड दिएका छन्। सन्देशमा उनले संविधानले तीन तहका सरकारबीच सहअस्तित्व, समन्वय र सहकार्यको परिकल्पना गरेको बताए। प्रत्येक तहका एकलसहित साझा संवैधानिक अधिकार र दायित्व पूरा गर्न सबैको सार्थक पहल र सहकार्य आवश्यक भएको सन्देशमा उल्लेख गर्दै नागरिकको विकास र समृद्धिको आकाङ्क्षालाई पूूरा गर्न सङ्घीयताको व्यावहारिक कार्यान्वयनलाई ध्यान आग्रह गरे।

बिएल संवाददाता

बिएल संवाददाता - गण्डकी

भवितव्य दुर्घटना राहत कोषको स्थापना गर्न माग

महासंघले बिहीबार बिहान महेन्द्रनगरबाट यात्रु लिएर काठमाडौँ आउँदै गरेको सुनौलो महाकाली यातायात प्रालिको रात्रि सेवामा सञ्चालित सुपप्र ०२–००१ ख ००९८ नम्बरको यात्रुवाहक बस कपिलवस्तुको शिवराज नगरपालिका–१ मा दुर्घटना हुँदा १० जना यात्रुको घटनास्थलमा मृत्यु हुनाका साथै १५ जना घाइते भएको घटनाप्रति दुःख व्यक्त गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

सशस्त्र प्रहरीद्वारा कञ्चनपुरमा सीमा स्तम्भ रङ्गरोगन

सरकारले पहिलोपटक सीमा स्तम्भ मर्मत एवं रङ्गरोगनको जिम्मेवारी दिएपछि सन् २०१४ पछि बनेका सीमा स्तम्भमध्ये बिजोडी स्तम्भ सशस्त्र प्रहरीले रङ्गरोगन गरेको हो। यहाँस्थित सशस्त्र प्रहरी बल ३५ नं गण शैलेश्वरीका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रेम रावलले सशस्त्र प्रहरी बलको जिम्मा दिइएका ६६  सीमा स्तम्भ हालै रङ्गरोगन गरिसकिएको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - महेन्द्रनगर (कञ्चनपुर)

बझाङमा जिप दुर्घटना हुँदा १ को मृत्यु, २ जना घाइते

बझाङको तलकोटबाट चैनपुर आइरहेको से१ज ८६८ नंको जिप तल्कोट गाउँपालिकाको साइलाबगड नजिक दुर्घटना हुँदा एकजनाको मृत्युभएको छ भने दुईजना घाइते भएका छन्। बिहीबार साँझ भएको सो दुर्घटनामा मृत्युहुनेमा तलकोट–१ की सुस्मिता कठायत रहेकी छिन् भने घाइते तलकोट–३ का जिप चालक राजेशकुमार कडाल र मष्टा गाउँपालिका–५ का सह–चालक कमल कठायतको जिल्ला अस्पताल चैनपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - चैनपुर (बझाङ)

घर–घरमै जन्मदर्ता

सूर्योदय नगरपालिका–५ समालबुङका केशव र बेबिका बुढाथोकीलाई छोरी साइफ्रिना जन्मिएको १२ दिनमा घरमै जन्मदर्ता पुर्‍याउन वडाध्यक्षसहितको टोली आउँदा अचम्म लाग्यो। 'छारीको न्वारनमात्र सकिएको थियो। जन्मदर्ता वडामै बनाएर आज पुर्‍याउन आउनुभएछ। वडा कार्यालय टाढा छ, पुगेर आउने हैरान नै घट्यो,' बेबिकाले भनिन्, 'यहाँ कति जनालाई त जन्मदर्ता ३५ दिनभित्र बनाई सक्नुपर्छ भन्ने पनि थाहा छैन। वडाले आफैं बनाई दिएर घरमै ल्याइदिन थालेछ खुसी लाग्यो।'

बिएल संवाददाता

बिएल संवाददाता - इलाम

लमजुङमा एक सय आठ फिटको महादेवको मूर्ति निर्माण हुँदै

कर्मदा नदीको शिवजी महादेव मन्दिर संरक्षण समितिले मर्स्याङ्दी नदी नजिकै पर्यटन र धार्मिक क्षेत्र बनाउनका लागि महादेवको मूर्ति निर्माण गरिरहेको हो। संरक्षण समितिका उपाध्यक्ष चन्द्रप्रसाद पोखरेलका अनुसार यस मूर्तिको रङरोगन गर्ने कार्य मात्र बाँकी रहेको र अब डेढ महिनाभित्रमा सकिने छ।

बिएल संवाददाता

बिएल संवाददाता - लमजुङ

 कीर्तिपुरमा ‘आमा दौड’ हुने

कीर्तिपुर नगरपालिका कार्यालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा फाउन्डेसनका अध्यक्ष आमाहरूलाई खेलकुदप्रति जागरुक गराउनका लागि आमा दौड आयोजना गर्न लागेको बताए। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

मन्दिरै मन्दिरको गाउँ पिठातोला

खप्तडछान्ना गाउँपालिका–५ मा पर्ने पिठातोलाले मन्दिरको गाउँ उपमा पाएको छ। मनोरम प्रकृति र मन्दिरैमन्दिरको दृश्यले पिठातोला ‘बझाङभित्रको बझाङ’ जस्तो लाग्छ। आफैँमा पूर्ण लाग्छ। जताततै मन्दिरैमन्दिरको दृश्य देखेर आगन्तुकले ‘कान्छी गाउँ’ को उपमा दिन्छन्। कान्छी गाउँमा पाँचवटा माडौँ छन्।

बिएल संवाददाता

बिएल संवाददाता - बझाङ

यस्ताे छ आजकाे माैसम

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभावको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

नार्गाजुनमा इनारमा खसेकी महिलाको सकुसल उद्धार

सिंहलाई नेपाल प्रहरी बाफलको प्रहरी निरीक्षक टेक बहादुर जोराको कमाण्डमा  विपद् उद्धार टोली २५ (पच्चीस) जनाले जिवीतै उद्धार गरेको हो। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

आजको मौसम: हल्का वर्षाको सम्भावना

महाशाखाको मौसम बुलेलिटनअनुसार आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही सुदूरपश्चिम प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

झोलुङ्गे पुलले जोडेको मन

यादवले कमला नदीमा पुल नहुँदा आफ्नो पुस्ताले भोगेको सास्तीबाट नयाँ पुस्ताले मुक्ति पाएको देखेर निकै हर्षित भएको सुनाए। 'सिरहा घर भए पनि ससुराली, मावली, दिदीबहिनी, फुपू, इष्टमित्रहरुको सिमापारी धनुषामै छ। तर अहिलेसम्म हत्केलामा ज्यान राखेर ओहोरदोहोर गर्नुपथ्याे। झोलुङ्गे पुलले वर्षौदेखिको त्यो समस्या समाधान गरेको देख्दा निकै रमाइलो पनि लागिरहेको छ', यादवले खुसी व्यक्त गरे। नदीले वारि र पारि बनाएका मनहरुलाई पुलले भौतिकरुपमै जोडेको उनको भनाइ छ।

बिएल संवाददाता

बिएल संवाददाता - गोदार (धनुषा)

अज्जुदेवी र सुप्रिताको विवाहले पायो कानुनी मान्यता

अञ्जु र सुप्रिताले विवाह दर्ताका लागि २०८० माघ ४ गते वडा कार्यालयमा निवेदन दिएपछि पञ्जीकरण विभागको प्राविधिक शाखासँग समन्वय गरेर आइतबार उनीहरूको विवाह दर्ता प्रमाणपत्र जारी गरिएको बढैयाताल –२ का स्थानीय पञ्जीकाधिकारी एवं वडासचिव दीपक नेपालीले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - राँझा (बाँके)

दिक्तेलको खाल्लेमा बस पुगेपछि...

दिक्तेल–खानीडाँडा–रेग्मीटार सडकमा बस सेवा सञ्चालनमा आएको छ।  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका ९५ वर्षीय नन्दलाल ढुङ्गानाले सो सेवाको सोमबार शुभारम्भ गरे। सो अवसरमा उनीसँगै ८६ वर्षीय गङ्गाबहादुर कटवाल, ८० वर्षीय तेजबहादुर राईलगायतका खाल्लेका स्थानीय बासिन्दा केहीबेर धक खोलेर नाचगान गर्दै रमाएका थिए।  जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट बस लिएर आहाले पुगेका चालक र सहचालकलाई खाल्लेवासीले अबिर र खादाले स्वागतसमेत थिए। 

बिएल संवाददाता

बिएल संवाददाता - खोटाङ

गण्डकीमा ‘अफ्रिकन स्वाइन फिभर’को सङ्क्रमण पुनःदेखियो

गण्डकी प्रदेशमा ‘अफ्रिकन स्वाइन फिभर’ नामक रोगको सङ्क्रमण पुनः देखिएको छ। सुँगुर, बङ्गुर तथा बँदेलमा लाग्ने सो रोग सर्भिलेन्सको निरन्तरताका क्रममा कास्की, तनहुँ, लमजुङ र गोरखामा सङ्क्रमण पुष्टि भएको पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय, गण्डकीले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - कास्की

यस्तो छ आजको मौसम

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

गण्डकी प्रदेशद्वारा होमस्टे अनुदानमा कडाइ

गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले सामुदायिक घरबास (होमस्टे)लाई दिइने अनुदानमा कडाइ गरेको छ। यसअघि हचुवाका भरमा अनुदान वितरण गर्दा बजेट दुरुपयोग भएको आरोप मन्त्रालयमाथि लागेको थियो। 

बिएल संवाददाता

बिएल संवाददाता - गण्डकी

बादीकाको भिरमा सडक ढलान भएपछि ...

धवलागिरि गाउँपालिका–७ बादीकाको भिरको सडकमा ट्रयाक खन्नै मुस्किल थियो। स्थानीयको चन्दा संकलन गरी डोजर  प्रयोगबाट  १३ वर्षअघि अक्करे पहाडमा ट्रयाक खोलिएको थियो। अहिले सडकको स्तरोन्नति भएपछि भने अक्करे भिरमा सवारीसाधन सहजरूपमा वारपार गर्न सक्ने भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - म्याग्दी

‘राष्ट्रिय मुक्तक पुरस्कार’ शेरचनलाई

मुक्तक मञ्च पोखरामा स्थापित ‘राष्ट्रिय मुक्तक पुरस्कार–२०८०’ साहित्यकार उषा शेरचनलाई अर्पण गरिएको छ। रु ३३ हजार तीन सय ३३ राशिको सो पुरस्कार शनिबार आयोजित समारोहमा कलाकार दुर्गा बराल ‘वात्सायन’, साहित्यकार सरुभक्तलगायतले संयुक्तरूपमा शेरचनलाई हस्तान्तरण गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ