मङ्गलबार, १९ नोभेम्बर २०२४

बाँदर नियन्त्रणका लागि दिर्घकालीन समाधान खोज्न सरकार तयार छः मन्त्री शाही

वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले बाँदरको समस्या निकै देखिएको भन्दै यसको समाधान खोजिने बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

हेलिकप्टर दुर्घटनाकाे छानबिन गर्न तीन सदस्यीय जाँचबुझ आयोग गठन

‘यो घट्नाको छानबिनका लागि जाँचबुझ गरी प्रतिवेदन पेस गर्न जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको हो’, उनले भने, ‘समितिमा नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापा संयोजक र सदस्यमा तनुजा पोखरेल र विष्णु बस्नेत रहेका छन्। जाँच आयोगको कार्यअवधि काम सुरु भएको मितिदेखि ३० दिन हुनेछ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्री ओलीद्वारा हेलिकोप्टर दुर्घटनाप्रति दुःख व्यक्त

प्रधानमन्त्री केपी शर्मा ओलीले नुवाकोटमा आज एयर डाइनेष्टीको हेलिकोप्टर दुर्घटना भएको सम्बन्धमा दुःख व्यक्त गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्। हेलिकप्टार दुर्घटनाका सम्बन्धमा आकस्मिक बैठक बोलाइएको सचिवालयले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

हेलिकप्टर दुर्घटना अपडेट: ५ मृतकमध्ये ४ जना चिनियाँ पर्यटक

बुधबार दिउँसो काठमाडौँबाट चिनियाँ पर्यटक बाेकेर रसुवाको स्याफ्रुबेसीतर्फ उडेको हेलिकप्टर शिवपुरी गाउँपालिका-७ सूर्यचौरमा दुर्घटना भएकाे हो। हेलिकप्टरमा क्याप्टेन अरुण मल्लसहित ५ जना सवार रहेकाे नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीले जानकारी दिए। मृत्यु  हुने ५ जनामध्ये ४ जना चिनियाँ नागरिक रहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दुर्घटनाग्रस्त हेलिकप्टरमा चिनियाँ पर्यटक सवार (सूचीसहित)

काठमाडौँबाट पर्यटक बाेकेर रसुवाको स्याफ्रुबेसीतर्फ उडेको हेलिकप्टर बुधबार दिउँसो शिवपुरीकाे सूर्यचौरमा दुर्घटनामा भएकाे हो। हेलिकप्टरमा क्याप्टेन अरुण मल्लसहित ५ जना सवार रहेकाे नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नुवाकोटको शिवपुरीमा हेलिकप्टर दुर्घटना, ४ जनाको मृत्यु

नुवाकोटको शिवपुरीमा हेलिकप्टर दुर्घटना भएको छ। बुधबार काठमाडौँबाट रसुवाका लागि उडेको एयर डाइनेस्टीको जहाज दुर्घटना भएको हो। दुर्घटनामा ४ जनाको मृत्यु भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अनलाइन ठगी गर्ने अन्तर्राष्ट्रिय गिरोह प्रकाउ

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख (प्रहरी उपरीक्षक) सिताराम रिजालका अनुसार हेटौँडा उपमहानगरपालिका वडा नं. ४ पारिजातपथमा ‘मेडि असिष्ट’ नामक कम्पनी खोलेर अनलाइन ठगीको कारोबार गरिरहेको भन्ने सूचनाका आधारमा छापा मारिएको थियो। छापाका क्रममा भारतीय मूलका ९ जना व्यक्तिहरूलाई पक्राउ गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - हेटौँडा

टीआरसी विधेयकमा के-के भयो सहमति? (पूर्णपाठ)

सङ्क्रमणकालीन न्याय टुङ्गोमा पुर्‍याउन बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन (टिआरसी), २०७१ लाई संशोधन गर्न बनेको विधेयकमा कार्यदलका सदस्यहरूबीच सहमति भएको छ। साथै पीडितलाई केन्द्रमा राखेर, सर्वोच्चका नजिरलाई ख्याल गरेर अन्तर्राष्ट्रिय कानुनसँग नबाझिने गरी सहमति गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

टीआरसीकाे प्रतिवेदन बुझेपछि प्रचण्डले भने- नयाँ सरकार गठनपछिकाे याे एउटा राम्रो काम ठान्छु

उनले भने, ‘नयाँ सरकार गठन भएपछिको यसलाई मैले एउटा राम्रो काम भन्ने ठान्छु र सरकारलाई पनि धन्यवाद भन्न चहान्छु। यसलाई संसदको समिति र सदनमा पनि यसै पटक जाओस् र यसलाई टुङ्गाइयोस् र आम नेपाली जनतालाई पनि शान्ति, स्थायित्व र प्रगतीतिर जाने ढोका अझ राम्रोसँग खुलेको सन्देश दिइयोस् भन्ने मेरो चहाना छ र सरकारसँग यसको लागि आग्रह गर्न चाहन्छु।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

टिआरसी विधेयक संसदकाे यसै अधिवेशनबाट पारित गर्छौं: प्रधानमन्त्री ओली

उनले शान्ति प्रक्रियाको अन्तिम किस्ताका रुपमा यो सहमतिको प्रतिवेदन प्राप्त भएकाले अब कानुनी आधार दिन कुनै अन्योल र द्धुविधा नभएकाले संसदकाे यसै अधिवेशनबाट सर्वसम्मतिका साथ विधेयक पारित गराउने प्रतिबद्धता व्यक्त गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

टीआरसी विधेयक: कार्यदलले शीर्ष नेतालाई बुझायो प्रतिवेदन

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी)मा सहजीकरणका लागि गठित राजनीतिक दलको कार्यदलले तयार पारेको सहमतिसहितको प्रतिवेदन शीर्ष नेतालाई बुझाएको छ। बुधबार प्रधानमन्त्री कार्यलयमा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई संयोजक गृहमन्त्री रमेश लेखकले प्रतिवेदन बुझाएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अग्नि सापकोटाविरुद्धको मुद्धाको फैसला आज आउँदै

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको इजलासमा उक्त रिटको सुनुवाइ भएको थियो। आज साेही न्यायाधीशहरुको संवैधानिक इजलासले याे मुद्धामा आदेश दिँदैछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

इस्माइल हानिया मारिएपछि हमास प्रमुखमा याह्या सिन्वार नियुक्त

गत साता तेहरानमा इजरायली आक्रमणमा मारिएका हानियाकाे उत्तराधिकारीका लागि गाजाका नेता याह्या सिनवारलाई हमास प्रमुखमा नियुक्त गरिएकाे हाे। हानियाको मृत्यु भएपछि नेतृत्व चयन गर्न दुई दिन दोहामा बसेकाे बैठकले सिन्वारलाई सर्वसम्मतिमा हमास समूहको राजनीतिक विभाग नेतृत्व गर्ने जिम्मेवारी दिइएको हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बंगलादेशको अन्तरिम सरकार प्रमुख बने नोबेल पुरस्कार विजेता युनुस

बंगलादेशको अन्तरिम सरकारको प्रमुखमा डा. मोहम्मद युनुस नियुक्त भएका छन्। नोबेल पुरस्कार विजेता युनुसलाई राष्ट्रपति मोहम्मद शहाबुद्दीनले अन्तरिम सरकार प्रमुख नियुक्तिको घोषणा गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एसइईको ग्रेड वृद्धि परीक्षा आजदेखि

माध्यमिक शिक्षा परीक्षा (एसइई) को ग्रेड वृद्धि परीक्षा आज देखि हुदै छ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार ग्रेड वृद्धि परीक्षामा दुई लाख ९ हजार ७४० जना सहभागी हुँदै छन्। परीक्षा बिहान ११ बजेदेखि सुरु भएर दुई बजेसम्म सञ्चालन हुनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

जिपी कोइराला अस्पतालमा दश शय्याको डेङ्गी वार्ड स्थापना

शुक्लागण्डकी नगरपालिकास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा दश शय्याको डेङ्गी वार्ड स्थापना भएको छ।  अस्पतालमा डेङ्गी सङ्क्रमणका बिरामीको सङ्ख्या बढेसँगै छुट्टै वार्ड स्थापना गरिएको अस्पतालका कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठले जानकारी दिए।  अघिल्लो वर्ष यहाँ महामारीका रूपमा डेङ्गी फैलिएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - तनहुँ

इटहरी उपमहानगरपालिकाले विद्युतीय बस सेवा सञ्चालन गर्दै

सुनसरीको इटहरी उपमहानगरपालिकाले विद्युतीय बस सेवा सञ्चालन गर्ने भएको छ।  नगर क्षेत्रमा सहुलियत बस सेवा सुरु गर्ने उद्देश्यले चार वटा बस खरिद गरिएको नगरप्रमुख हेमकर्ण पौडेलले जानकारी दिए। उनले यस कार्यले स्थानीय नागरिकलाई यात्राका लागि सहज हुने विश्वास व्यक्त गरे।

बिएल संवाददाता

बिएल संवाददाता - इटहरी

जाजरकोटमा बोलेरो जिप दुर्घटना: चालकको घटनास्थलमै मृत्यु

जाजरकोटमा बोलेरो जिप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। भेरी नगरपालिका-६ गंज भन्ने स्थानमा सदरमुकाम खलंगा देवि वडा नम्बर ६ नेटा जाँदै गरेको जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - जाजरकोट