मङ्गलबार, १९ नोभेम्बर २०२४

प्रदेशहरूलाई ‘इकाई’ भन्ने प्रधानमन्त्री ओलीलाई भेट्न प्रदेश ‘सरकार’हरूको लाइन

यथार्थता त के हो भने संघीय संरचनामा अभ्यास गर्न थालेको दशक बितिसकेको छ। तर ओलीकै भाषामा अहिले पनि सबै खाले सरकार ‘संघीय सरकार’कै भरमा छन्। सरकारीमात्रै होइन प्रदेश र स्थानीय तहका हरेक संरचनाहरू अहिले पनि ‘केन्द्र’कै निर्देशनमा सञ्चालित छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

पर्यटनमन्त्री पाण्डे र कोरियाका पूर्वमन्त्रीबीच भेटवार्ता, हवाइ भाडाबारे ध्यानाकर्षण

उनले भने, ‘५० हजारभन्दा बढी नेपाली कोरियामा बस्नुहुन्छ। उहाँहरूलाई आउजाउ गर्न प्लेन भाडा महँगो हुने गरेको गुनासो गर्नुहुन्छ। यस विषयमा कोरियाली सरकारको ध्यानाकर्षण होस्।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

उद्योगहरुको नवीकरणमा उत्पन्न समस्याबारे महासंघले गरायाे प्रधानमन्त्रीकाे ध्यानाकर्षण

वातावरणसम्बन्धी मापदण्ड, २०५४ र उद्योगका लागि दूरीसम्बन्धी मापदण्ड, २०७१ का आधारमा ती उद्योग सञ्चालन भएकामा २०७७ सालमा संशोधित मापदण्डले नवीकरणमा कठिनाइ भएको महासंघको भनाइ छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुमेरु सहकारीका सिंहसँग संसदीय छानबिन समितिले गर्‍याे सोधपुछ

सभापति थापाका अनुसार उनले आफ्नो निजी सम्पत्तिबाट समेत वचतकर्ताको रकम फिर्ताको व्यवस्था थालनी गरी विश्वासको वातावरण सिर्जना गरेर सहकारी संस्थाको पुन: संचालन गर्ने योजनाका साथ नयाँ सञ्चालक समूह आएको जानकारी गराएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सार्वजनिक खरिद ऐनमा भएका समस्याहरु समाधान चाँडै हुन्छ: मन्त्री भण्डारी

उनले भने, ‘सार्वजनिक खरिद ऐनमा अवरोध छ। विधिवत रुपमा नियमावली कम्पनी सञ्चालनमा अवरोध छ भने नीतिगत रुपमा केही प्रश्नहरु उब्जिएकाले समाधान गर्नुपर्नेछ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले ३० गते विश्वासको मत लिने

मुख्यमन्त्री शाहले विश्वासको मत लिनेसम्बन्धी पत्र प्रदेशसभा सचिवालयलाई पठाएका छन्। नेकपा एमालेको समर्थनमा साउन २० गते शाह दोस्रोपटक मुख्यमन्त्री नियुक्त भएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

साउनको अन्तिम सोमबार पशुपतिमा घुइँचो

काठमाडौँको पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ। श्रावण महिनाको अन्तिम सोमबार आज पशुपतिनाथ मन्दिरमा बिहानैदेखि श्रद्धालुहरूको ठुलो भीड लागेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

अष्ट्रेलियामा हेलिकप्टर दुर्घटना हुँदा पाइलटको मृत्यु

अष्ट्रेलियाको क्विन्सल्याण्डस्थित केन्स शहरको एक होटलको छतमा हेलिकप्टर ठोक्किएर दुर्घटना हुँदा पाइलटको मृत्यु भएको छ। हेलिकप्टरमा पाइलटमात्र सवार थिए। उनलाई घटनास्थलमै मृत घोषणा गरिएको क्विन्सल्याण्ड प्रहरीले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

गुल्मीमा विषालु च्याउ खाँदा एकैघरका ८ जना बिरामी

वनबाट ल्याएको च्याउ खाँदा गुल्मीमा एकै परिवारका ८ जना बिरामी परेका छन्। रेसुंगा नगरपालिका वडा नं ८ खानीगाउँका टोमबहादुर थापा श्रीशको परिवार आइतबार साँझ बनबाट ल्याएको विषालु च्याउ खाँदा बिरामी परेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - गुल्मी

पहिरोले दुई घरमा क्षति, दुई घर जोखिममा

वर्षासँगैको पहिरोले बैतडीको डिलाशैनीमा दुई घर भत्किएका छन्। डिलाशैनी गाउँपालिका वडा नं ३ दौंखोलाका अम्मर बोहराका घरमा क्षति पुगेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - बैतडी

आज अन्तर्राष्ट्रिय युवा दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

अन्तर्राष्ट्रिय युवा दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ। यो वर्ष ‘दिगो विकास लक्ष्यमा प्रगति र समृद्धि, डिजिटल प्रविधिमा युवा पहुँच अभिवृद्धि’ भन्ने राष्ट्रिय नारासहित मनाइँदैछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

जङ्गलमा गाडिएको अवस्थामा मानव कङ्काल फेला

बेनी नगरपालिका–९ आङ्खखेत कालीमुलको जङ्गलमा गाडिएको अवस्थामा मानव कङ्काल फेला परेको छ।  शव गाडिएको ठाउँ नजिकै एक तोलाको सुनको सिक्री, कपडा र चप्पलसमेत भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

हवाई सुरक्षाबारे मन्त्री पाण्डेले लिए सुझाव

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नागरिक उड्डयन क्षेत्रको सुधारका विषयमा रक्षामन्त्री मानवीर राई, कामु प्रधान सेनापति अशोक सिंग्देलसँग छलफल तथा अनुभव आदानप्रदान गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

विश्व हात्ती दिवसः झापामा हात्तीको सङ्ख्या तेब्बर वृद्धि

झापामा पछिल्लो समय परम्परागत (रैथाने) हात्तीको सङ्ख्या वृद्धि हुँदै गएको छ। पछिल्लो पाँच वर्षयता जिल्लामा परम्परागत हात्तीको सङ्ख्या झण्डै तेब्बर भएको डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - झापा

आज साउनको अन्तिम सोमबार, शिवालयमा श्रद्धालुहरुको घुइँचो

आज साउन महिनाको अन्तिम सोमबार, पशुपतिनाथसहित देशभरका शिवालयहरुमा श्रद्धालुहरुको भिड लागेको छ। साउन महिनाको हरेक सोमबार व्रत बसेर शिवको पूजा गर्दै आएकाहरुले आज विधिपूर्वक व्रत समाप्त गर्दछन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

आजको मौसमः यी प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार  देशभर आंशिकदेखि साधारणतया बदली रहने छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

दश टन चिनीसहित मिनी ट्रक प्रहरी नियन्त्रणमा

सर्लाहीमा प्रहरीले रु सात लाख बराबरको १० टन चिनीसहित मिनी ट्रक नियन्त्रणमा लिएको छ।  आज इलाका प्रहरी कार्यालय केश्वरगञ्जको टोलीले ईश्वरपुर नगरपालिका–५, सखुवनी टोलबाट चिनीसहितको मिनी ट्रक पक्राउ गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - बरहथवा

बाँकेमा राष्ट्रिय परिचयपत्र बनाउनेको भीड

सरकारले राष्ट्रिय परिचयपत्रलाई विभिन्न सेवासुविधा लिनका लागि अनिवार्य गरेपछि जिल्ला प्रशासन कार्यालय बाँकेमा स्थानीयहरूको भीड लागेको छ। प्रशासन कार्यालयको राष्ट्रिय परिचयपत्र शाखामा दैनिक तीन सय बढीको सङ्ख्यामा आउने गरेको कार्यालयले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - बाँके

युवालाई विश्वस्त पार्न वर्तमान गठबन्धन : सञ्चारमन्त्री गुरुङ

ञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले युवा वर्गमा मुलुकमा बसेर पनि भविष्य बनाउन सकिन्छ भन्ने विश्वास दिलाउन वर्तमान सरकार गठन भएको बताएका  छन्। राजधानीको मच्छेगाउँस्थित न्यू होराइजन एकेडेमीद्वारा यस वर्षको एसइई उत्तीर्ण विद्यार्थीको सम्मानमा आयोजित कार्यक्रममा मन्त्री गुरुङले युवाको सीप विकास गर्ने गरी शिक्षाको गुणस्तर वृद्धि गर्नुपर्ने धारणा राखे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

स्वास्थ्य बिमा ऐनमा भएको व्यवस्थालाई कार्यान्वयन गर्छाैँ: मन्त्री पौडेल

उनले भने, ‘स्वास्थ्य बीमा नियमावली संशोधन गरी स्वास्थ्य बिमा ऐनमा भएको व्यवस्थालाई कार्यान्वयन गरिनेछ। यसको कानुनी प्रवन्धमा सुधार गर्न जरुरी छ। त्यसैले स्वास्थ्य बीमा नियमावली संशोधन गरेर ऐनलाई परिमार्जन गरी अगाडि बढाउनेछौँ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ