सोमबार, १८ नोभेम्बर २०२४

कुलमानविरुद्ध अख्तियारमा परेको उजुरीमा के छ?

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देश कुलमान घिसिङविरुद्ध अख्तियार दूरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। प्रहरीका पूर्वडीआइजी रमेश खरेलले मंगलबार अख्तियारमा उजुरी दर्ता गराएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

रास्वपालाई गगनको चुनौती- कांग्रेस र एमालेला भुइँतिर राखेर सरकार चलाउँदा हुन्छ

उनले भने, ‘ठूला दलले ठूलो कुरा गर्ने भन्ने सुन्नमा आउँछ, यो सानो दल, ठूलो दलको परिभाषा के हो, ०६४ सालमा माओवादी पनि ठूलो दल होइन? अहिले रास्वपाको त दाबी छ- ०८४ मा सबैभन्दा ठूलो दल हुन्छौँ कांग्रेस र एमालेलाई बढार्छौँ। ठूलो दल बनेर कांग्रेस र एमालेलाई भुइँतिर राखेर सरकार चलाउने।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विद्युत प्राधिकरणले १६ अर्ब छुट दिएपछि लेखा समितिले छलफल चलाएको हाे: सांसद पोखरेल

सांसद पोखरेलले भने, ‘महालेखा नियन्त्रण कार्यालयले आफ नो ५६ देखि ६१औँसम्मका प्रतिवेदनमा के उल्लेख गरिएको छ भने प्राधिकरणमा २१ अर्ब ८८ करोड बेरुजु बक्यौता देखाएको छ, त्यसबारेमा सरकारले लाल आयोग गठन गरेर सत्यतथ्य खोजिरहेकाे अवस्था थियो, त्योबेला सरकारले नै पहिला काम सकाेस् भनेर समितिमा छलफल चलाइएन।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सांसद मियाँकाे गुनासाे- खेलकुल सचिवले अपमान गरे

‘हिजो याक एन्ड यतिमा भएको खेलकुद मन्त्रालय र युवा परिषदको कार्यक्रममा हामीलाई अपमान गरियो, सम्मान दिन सकिँदैन भने अपमान कम्तिमा नगरौँ, हामी (सांसद)लाई अपमान हुने कार्यक्रम अबदेखि नराखौँ,’ उनले भनिन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भुटानी शरणार्थी, गिरिबन्धु र विद्युत महशुलमा सत्यतथ्य छानबिन हुनुपर्छ: गगन थापा

‘हिजो हामी प्रतिपक्षमा बस्दा जे–जे बोलेका छौँ, यतापटी कुर्सी (सत्तापक्ष)मा बस्दा पनि त्यही विषय उठाउने छौँ,’ उनले भने, ‘भुटानी शरणार्थी, गिरिबन्धु र विद्युत मस्यौदा शुल्कका बारेमा उही धारणा रहेको छ, यसको सत्यतथ्य छानबिन हुन्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रस्तावित १८ राजदुतविरुद्ध १० दिनभित्र उजुरी दिन आह्वान

संसदीय सुनुवाइ विशेष समितिले १८ देशका लागि प्रस्तावित राजदुतविरुद्ध उजुरी दिन आह्वान गरेको छ। मंगलबार बसेको सुनवाई समितिका बैठकले १८ जना प्रस्तावित राजदुतविरुद्ध उजुरी दिन आह्वान गर्ने निर्णय गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पीडितहरुसँग प्रचण्डले भने- टिआरसी टुङ्गो लगाउने विषयमा ढिलाई हुँदैन

उनले भने, ‘हामीले बल्ल बल्ल यो विधेयकलाई यो ठाँउमा ल्याएका छौ, यसमा कतिपय कुरा परिमार्जन गर्न त पर्छ नै तर पनि यसले धेरै हदसम्म पीडितलाई सम्बोधन गर्ने प्रयास गरेको छ। यसलाई सकेसम्म सुधार गरेर लैजान्छौँ तर अब यसलाई धेरै ढिला गर्नु हुँदैन।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सडक दुर्घटना भ्रष्टचारले भएको हो: सांसद ढकाल

प्रतिनिधिसभाको जारी बैठकमा रास्वपा सांसद ढकालले सो आरोप लगाएका हुन। ‘सडक दुर्घटना भएको सडकले होइन, भ्रष्टचारले हो,’ ढकालले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सांसद ढकालले विद्युत महसुलबारे बाेल्न खाेज्दा सभामुखले दिएनन्, रास्वपाद्वारा संसद अवरुद्ध

मंगलबार बसेकाे बैठकमा रास्वपाका सांसद हरि ढकालले विद्युत महसुलकाे विषयमा बाेल्न खाेज्दा सभामुख देवराज घिमिरेले नदिएपछि उनीहरूले विराेध जनाएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भ्रष्टाचारको मुद्दामा हदम्याद स्वीकार्य छैन: रास्वपा

मंगलबार बसेकाे रास्वपा संसदीय दलको बैठकमा भ्रष्टाचारको मुद्दामा हदम्याद नस्वीकार्ने र त्यसलाई सबैतिर उठाउने निर्णय भएकाे प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आलोचना भएपछि मुख्यमन्त्री सिंहले हटाए ८ राज्यमन्त्री

चौतर्फी आलोचना भएपछि मुख्यमन्त्री सतीशकुमार सिंहले मंगलबार राज्यमन्त्रीहरूलाई हटाएका हुन्। मुख्यमन्त्री कार्यालयले राज्यमन्त्रीहरूलाई हटाएकाे पत्र प्रदेश प्रमुखलाई पठाइसकिएकाे बताइएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रास्वपा संसदीय दलको बैठक सुरु

बैठकमा सदनमा रास्वपाको भूमिकालाई कसरी प्रभावकारी बनाउने भन्नेमा छलफल हुनेछ। कार्यवाहक प्रवत्ता मनिष झाका अनुसार बैठकमा छलफलका लागि पाँच एजेण्डा तय गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मंगल ग्रहको सतहमुनि भेटियो पानीको ताल

मंगल ग्रहको क्रस्टको बीचमा रहेको चट्टानको सानो दरार र छिद्र अध्ययन गर्दा पर्याप्त पानी रहेको अनुमान गरिएको छ। मंगलग्रहको जमिनमुनिको पानी भण्डार १ माइल (१.६ किलोमिटर) क्षेत्रफलको अध्ययनले देखाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

क्यानाडामा प्राज्ञिक सम्मेलनः नेपालको सम्भावना र समस्याबारे बहस

क्यानाडाको अटवामा दुइ दिने प्राज्ञिक सम्मेलन सम्पन्न भएको छ।  अटवाको नेपाली समुदाय तथा अटवा विश्वविद्यालयको नेपाली विद्यार्थी संगठनद्वारा संयुक्तरुपमा अटोवा विश्वविद्यालयमा आयोजित दुइदिने प्राज्ञिक सम्मेलनमा अमेरिका, बेलायत, क्यानाडा तथा नेपालका समेत १०० जना भन्दा बढी अध्येताहरूको सहभागिता थियो।

बिएल संवाददाता

बिएल संवाददाता - अटवा

माछा खाएर बिरामी भएका एकै परिवारका ३ बालबालिकाको मृत्यु

बारामा माछा खाएर बिरामी भएका एकै परिवारका तीनजना बालबालिकाको मृत्यु भएको छ। सिम्रौनगढ नगरपालिका- ७ झवानीटोलका नरेश रामका तीनजना छोराछोरीको मृत्यु भएको हो। उनका ९ वर्षीया छोरी लालिमा, ७ वर्षीया पुष्पा र ५ वर्षीय छोरा कृष्णनन्दन रामको सोमबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी प्रकाश सापकोटाले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - जनकपुरधाम

झापामा थप बाह्र सय हेक्टर जमिनमा सिँचाइ सुविधा

झापा भूमिगत जलसिँचाइ आयोजनाबाट जिल्लामा भूमिगत सिँचाइमार्फत सिञ्चित हुने क्षेत्रमा वृद्धि भएको छ। जिल्लामा सञ्चालित विभिन्न आयोजना मार्फत २०८०-८१ मा एक हजार दुई सय हेक्टर जमिनमा सिँचाइ सुविधा थप भएको छ। योसँगै झापामा छ सय हेक्टर जमिनमा किसानको पहुँच पुगेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - झापा

पोखरेबगरको ऐतिहासिक राममन्दिर पुनःनिर्माण

म्याग्दीको अन्नपूूर्ण गाउँपालिका–६ पोखरेबगरस्थित राममन्दिर पुनःनिर्माण भएको छ ।  करिब एक सय वर्षअघि निर्माण भएको मन्दिर र धर्मशाला जीर्ण बनेको थियो । साथै बेनी–जोमसोम–कोरला सडक विस्तार र कालीगण्डकीमा मोटरेबल पुलको पहुँचमार्ग निर्माणका क्रममा मन्दिर स्थानान्तरण  समेत गरिएको थियो ।

बिएल संवाददाता

बिएल संवाददाता - म्याग्दी

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। जसको प्रभावले हाल देशभर साधरणतया बदली रहेको छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

जाडाे समय अगावै उप-निर्वाचन गर्न प्रधानमन्त्रीकाे सुझाव

प्रधानमन्त्री केपी शर्मा ओली र निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहित आयुक्तहरुबीच स्थानीय तहमा रिक्त पदमा उपनिर्वाचनको तयारीबारे आज (साेमबार) छलफल भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं