सोमबार, १८ नोभेम्बर २०२४

बागमतीका कानुनमन्त्रीको सल्लाहकारमा रिकेश महर्जन नियुक्त

अवैतनिक सल्लाहकार तथा विज्ञ नियुक्तिसम्बन्धी कार्यविधि २०७८ अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको अनुमतिमा महर्जनलाई  सल्लाहकार नियुक्त गरेको मन्त्री लामिछानेको सचिवालयले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

माओवादीको संयुक्त परामर्श बैठक सकियाे, ४० जनाले राखे सुझाव

आसन्न केन्द्रीय समितिको बैठकको तयारी स्वरुप आयोजना गरिएको कार्यक्रमअन्तर्गत यसअघि बागमती, उपत्यका विशेष प्रदेश, सम्पर्क समन्वय प्रदेश, गण्डकी, सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा प्रदेश परामर्श बैठक सम्पन्न भइसकेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दसैँमा नयाँ नोटको सट्टा सुकिला नोट

दसैँ-तिहार लक्षित नयाँ नोट सटही सुविधा प्रदान गर्दै आएको राष्ट्र बैङ्कले खर्चको व्यवस्थापन गर्न नयाँ नोटलाई बन्द गरेको जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

यी प्रदेशमा भारी वर्षाको सम्भावना

महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ। कोशी, मधेश र गण्डकी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘हिंसा’को सदाबहार आलोचक रहनै सकेनन् ओली!

एमाले सांसद योगेश भट्टराईले दशवर्षे सशस्त्र द्वन्द्वलाई ‘माओवादी हिंसा’को संज्ञा दिँदै यहीं साता सदनलाई सम्बोधन गर्दा माओवादी सांसद माधव सापकोटाले ‘हिंसा’प्रति आपत्ति जनाउँदै त्यो शब्द हटाउन माग गरे। उनको जिकिर थियो– ‘हिंसा गैरसंसदीय शब्द हो। त्यो शब्द रेकर्डबाट काटियोस्। अर्थात्, माओवादी आन्दोलन हिंसात्मक थिएन, त्यो जनयुद्धै थियो।’ तर योगेश टसमस भएनन्। बरु, एमाले नेता रघुजी पन्त, माओवादी प्रमुख सचेतक हितराज पाण्डे र माओवादी सचिव देवेन्द्र पौडेल पनि त्यो नोकझोंकमा थपिए। ‘हिंसा कि युद्ध’को कलहले संसदै बरालियो। एमाले–माओवादीका सांसदबीच एकछिन चर्काचर्की नै पर्‍यो। सभामुख देवराज घिमिरे र माओवादी सांसदहरूको जुहारी पनि चल्यो। सदनको उग्रंता देख्दा यस्तो लाग्थ्यो– जनप्रतिनिधिहरू उल्टोतिर बग्दैछन्। नचाहिँदो बहसमा उत्र्रिंदैछन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

कुलमानलाई कारबाही गर्ने कि नगर्ने? संसदीय समिति नै अनिर्णित

उजुरीमाथि सांसदहरूलाई अध्ययन गर्न दिएको समयावधि हप्ता दिन बढी भइसके पनि समितिको अर्को बैठक कहिले बस्ने भन्ने अत्तोपत्तो छैन। सभापति पोखरेल छिट्टै बैठक बस्ने र विवादलाई निष्कर्षमा पुर्‍याउने बताउँछन्। यद्यपि उनले कति समयभित्र बैठक बस्छ भन्नेमा अन्योल प्रकट गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जनतालाई सेवा डेलिभरी गर्न कर्मचारी संयन्त्रसँग सहकार्य गर्नुपर्छ: मन्त्री पौडेल

उनले भने, ‘अहिले सरकारले राजनीतिले डेलिभरी गर्न सकेन भन्ने असन्तुष्टिका रुपमा आइरहेका छन्। त्यसलाई व्यवस्थित गर्न डेलिभरी गर्ने स्थिति निर्माण गर्ने सन्दर्भमा राजनीतिले कर्मचारी संयन्त्रसँग सहकार्य गर्न सक्नुपर्छ। कर्मचारी संयन्त्रको क्षमता प्रयोग गर्न सक्ने स्थिति निर्माण गर्न सक्नुपर्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

स्टाटस हटेपछि बालेनले भने- गलत हो भने मलाई समाउ, हैन भने दोषी समाउ

मंगलबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले भनेका छन्, ‘म गलत हो भने मलाई समाउ, हैन भने दोषी समाउ।’ लुम्बिनी प्रदेशकी एमाले सांसद रेखाकुमारी शर्मा र बालेनबीच विवादमा उनले यस्तो भनेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

उपकरण मर्मतका लागि आविष्कार केन्द्र र वीर अस्पतालबीच सम्झौता

सार्वजनिक खरिद ऐनअन्र्तगत गरिएको सम्झौताअन्तर्गत पहिलो चरणमा केन्द्रका स्वास्थ्य विज्ञ प्राविधिकहरुले अस्पतालमा रहेका बिग्रिएका उपकरणको अवस्था अध्ययन गरेर मर्मत गर्न सकिने र नसकिने छुट्याउनेछन्। त्यसपछि अस्पतालले उपलब्ध गराएका मर्मत सामग्रीको प्रयोग गरी दोस्रो चरणमा बिग्रिएका उपकरणको मर्मत हुनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सहकारी प्रकरण: संसदीय छानबिन समितिकाे कार्यावधि १५ दिन थप

मंगलबार बसेकाे प्रतिनिधिसभा बैठकमा समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले छानबिन समितिको कार्यावधि थप गर्नेसम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए। सभामुख देवराज घिमिरेले उक्त प्रस्ताव संसदमा निणार्थ प्रस्तुत गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सरकारले एनसेललाई दुहुनो गाईको रुपमा प्रयोग गर्‍याे- राजेन्द्र लिङ्देन

उनले एनसेलको लगानीकर्ता नेपालमा मात्र नभएको भन्दै विदेशमा कहिँ पनि विवादित नभएको कम्पनी नेपालमा आएपछि किन विवादमा पर्छन् र कर तिर्न आनाकानी गर्छन्? भन्दै प्रश्न गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कतारका लागि प्रस्तावित राजदूत भन्छन्- कामदार ठगीमा परे/नपरेको यकिन गरेर नियन्त्रण गर्न पहल गर्छु

उनले भने, ‘कतारमा कार्यरत श्रमिकहरुले प्राप्त गर्ने पारिश्रमिक वापतको विदेशी मुद्राको अपचलन भए नभएको र कामदार ठगीमा परे/नपरेको यकिन गर्ने, हुने गरेको रहेछ भने नियन्त्रण गर्न पहल गर्ने र बैंकिङ च्यानल प्रयोग गर्न प्रोत्साहित गर्ने। साथै रकम पठाउन लाग्ने दस्तुर कम गर्न पहल गर्ने।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आम सम्पर्क मञ्चको केन्द्रीय कमिटी पुनर्गठन, अध्यक्षमा ठाकुर

सरकारले जनताबाट नामै नसुनेका करहरु लिई लुटने कार्य गरिरहेकोले त्यसको विरुद्ध कर बहिष्कारको अभियान चलाउने मञ्चका नवनिर्वाचित अध्यक्ष देवेन्द्र ठाकुरले जनाएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रौतहटमा अक्सिजन नहुँदा नवजात शिशुको मृत्यु

जन्मिएको केही समयपछि शिशुको मुटुको चाल मन्द हुँदा थप उपचारका लागि पालिकाकै एम्बुलेन्समा राखेर वीरगन्ज रिफर गरिएको थियो। वीरगन्ज ल्याउने क्रममा एम्बुलेन्समा अक्सिजन नहुँदा शिशुको मृत्यु भएको पीडित पटेलले बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - रौतहट

सञ्चारमन्त्रीकाे अभिव्यक्तिप्रति कांग्रेस सांसदले भने- मन्त्रीहरूकाे जिब्रोमा ब्रेक लगाइयाेस्

‘माननीय सूचना तथा सञ्चारमन्त्रीज्यूले केही दिन पहिला नेपाल प्रहरीका आईजीपीको जिब्रो थुत्नुपर्छ भनेर अभिव्यक्ति दिनुभएछ। अभिव्यक्ति आपत्तिजनक छ। मन्त्रीहरूलाई अनुराेध गर्न चाहन्छु, जिब्रोमा ब्रेक लगाइयाेस्। अन्त कहाँ कहाँ लगाउनुपर्ने हाे ब्रेक लाग्दै गर्ला तर मन्त्रीहरूले चाहिँ जिब्रोमा ब्रेक लगाएर बाेल्ने गरियाेस्। सभामुखसँग अनुराेध गर्न चाहन्छु, यसकाे जवाफ संसदमा दिइयोस्‚’ उनले भने ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राजदूत नियुक्त गर्दा ५० प्रतिशत परराष्ट्र सेवाबाट गर्ने नीतिलाई निरन्तरता दिइएको छ: परराष्ट्रमन्त्री

मंगलबार प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र मानवअधिकार समितिकोे बैठकमा राजदूत सिफारिसका विषयमा जवाफ दिँदै उनले राजदूतहरूको नियुक्तिलाई थप व्यवस्थित, मर्यादित र कार्यसम्पादनमा आधारित बनाउन सरकार अधिकतम रूपमा प्रयासरत रहेको बताइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पढ्नका लागि नवलपरासी गएका प्युठानका क्षितिज बेपत्ता

तेस्रो सेमेस्टरमा पढ्दै गरेका उनी शुक्रबार (भदौ १४ गते) देखि बेपत्ता भएका हुन्। गैडाकोटमा उनी कोठा भाडामा एक्लै बस्दै आएका थिए। शुक्रबारदेखि उनी कोठामा नरहेको उनका भाइ दिक्षितकुमार रोकाले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कञ्चनपुरबाट करिब ५९ लाख मूल्यको सामान बरामद

भारतबाट अवैध रुपले नेपाल ल्याई भण्डार गरी राखेको भन्ने विशेष सूचनाको आधारमा खटिएको नं. ३५ शैलेश्वरी गण कञ्चनपुरको सुरक्षा फौजले उक्त सामान बरामद गरेको हो। बरामद भएको सामानहरुमा लत्ताकपडा, सवारी साधन तथा मोवाईल पार्ट्स, ईलेक्ट्रोनिक्स सामान लगायतका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘जिब्रो थुत्नुपर्ने’ भन्ने सञ्चारमन्त्रीकाे अभिव्यक्तिप्रति पूर्वप्रहरी संगठकाे आपत्ति, कारबाही गर्न माग

‘बहाल तथा पूर्व सुरक्षाकर्मीको मानमर्दन हुने यस प्रकृतिको घटनाका सम्बन्धमा सम्माननीय प्रधानमन्त्रीज्यूलाई माननीय मन्त्रीज्यूको असंवेदनशील अभिव्यक्तिलाई संज्ञानमा लिनु भई आवश्यक कारवाही गर्नु हुन पनि अनुरोध गर्दछौँ’, विज्ञप्तिमा भनिएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राज्यका सबै निकायमा महिला सहभागिता बढाउन आवश्यक सहजीकरण भइरहेको छ: प्रधानमन्त्री

नेपालमा अझै पनि २० प्रतिशत नागरिक निरपेक्ष गरिबीको रेखामुनी रहेको र गरिबी निवारणको लक्ष्य पूरा नगरीकन सबै नागरिकलाई आधारित अधिकारबाट सम्पन्न गराउन सम्भव नहुने बताउँदै उनले भने, ‘हामीले संविधानका मौलिक अधिकारका मर्म र भावनालाई पूर्णत कार्यान्वयन गर्नेछौँ। अन्तर्राष्ट्रिय प्रतिबद्धता र सम्झौताको कार्यान्वयनप्रति प्रतिबद्ध छौँ। नेपालको गरिबी उन्मुलन गर्नेछौँ। समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य पूरा गर्नेछौँ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं