सोमबार, १८ नोभेम्बर २०२४

एकीकृत समाजवादीकाे निष्कर्ष- नदी किनाराका जमिन खाली गराउने अदालतको निर्णय गलत

पार्टी अध्यक्ष माधवकुमार नेपालले अदालतको निर्णयले जनताको नीजि सम्पत्तिमाथिको संवैधानिक अधिकार हनन गरेको निष्कर्ष निकालेका हुन्। उाले पार्टी जनताको पक्षमा उभिने र यसको लागि सबै किसिममा संवाद गर्दै दबाबमूलक कार्यक्रम गर्नसमेत पहल गर्ने जनाएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

माओवादीको प्रदेशस्तरीय परामर्श बैठक उदयपुरमा

माओवादी केन्द्रले अहिलेसम्म बागमती, उपत्यका विशेष प्रदेश, सम्पर्क समन्वय प्रदेश, गण्डकी, सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेश तथा केन्द्रीय अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोगको परामर्श बैठक सम्पन्न गरिसकेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - उदयपुर

हामी संविधान संशोधनको विपक्षमा छैनाैँ: प्रचण्ड

उत्पीडित वर्ग र समुदायका उत्थानका लागि ल्याइएको समानुपातिक एवं समावेशी व्यवस्था हटाउने भन्ने कुरा कदापि मान्य नहुने भन्दै अध्यक्ष प्रचण्डले माओवादीले सुरु गरेको जनयुद्धबाट नै मधेसी, दलित, मुस्लिम, आदिवासी र जनजातिको अधिकार स्थापित भएको स्पष्ट पारे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जाजकोट पहिरो अपडेट: बेपत्ता श्रीमान–श्रीमतीको शव फेला

दुवै जनाको शव पोष्टमार्टमको लागि आधारभूत स्वास्थ्य केन्द्र बारेकोट लिम्सा लगिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। पहिरोमा परी मृत्यु हुने प्रेमकुमारी सोही वडाकी वडा सदस्यसमेत हुन्। यस्तै पहिरोमा परी चलाउनेकी छोरी ११ वर्षीया सम्झना घाइते भएकी छिन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपालमा पढ्न-लेख्न जान्नेको संख्या २ करोड ३ लाख नाघ्याे

पाँच वर्षभन्दा माथिको उमेर समूहमध्ये पुरुष ८३.६ प्रतिशत र महिला ६९.४ प्रतिशत साक्षर छन्। १५ देखि २४ वर्ष उमेर समूहका ९२ प्रतिशत, १५ देखि ६० वर्ष उमेर समूहका ८५ प्रतिशत र १५ वर्षभन्दा माथिका ५८ प्रतिशत साक्षर छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पाँचथरमा बम विस्फोटबाट घाइते भएकाको उपचार सरकारले गर्ने

स्वास्थ्यमन्त्री प्रदिप पौडेलले कीर्तिपुर अस्पतालको बर्न शाखामा उपचाररत पवन र दिप्सनको स्वास्थ्य अवस्थाबारे जानकारी लिन पुगेका थिए। उनले उपचारको सम्पूर्ण जिम्मा सरकारले लिने प्रतिबद्धता व्यक्त गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नयाँ मापदण्डअन्तर्गत पर्ने घर भत्किने छैन: मेयर बालेन

सर्वोच्च अदालतले नदी किनारमा ४० मिटरसम्म कुनै घर बनाउन नपाइने फैसला गरेपछि महानगरले नयाँ मापदण्डअनुसार घर नबनाउनका लागि सूचना जारी गरेको थियो। त्यसपछि घर भत्कने त्रासका साथ काठमाडौँ महानगरका विरुद्धमा स्थानीयले विरोध जनाइरहेका छन्। त्यसमा नेकपा एमालेले पनि साथ दिएपछि विवाद संघीय सरकार र काठमाडौँ महानगरको जस्तो देखिन पुगेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जाजरकोटमा पहिरोमा श्रीमान–श्रीमती बेपत्ता, छोरी घाइते

जाजरकोटको बारेकोट गाउँपालिका–६ धुमामा पहिरोले पुरिएर श्रीमान–श्रीमती बेपत्ता भएका छन् भने एक छोरी घाइते भएकी छिन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

आज अन्तर्राष्ट्रिय साक्षरता दिवस, प्रधानमन्त्रीले दिए शुभकामना

प्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गुणस्तरीय र जीवनोपयोगी शिक्षा सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

तीन प्रदेशमा भारी वर्षाको सम्भावना

देशका केही भू–भागमा बिहानैदेखि वर्षा भइरहेको छ। देशभर आंशिकदेखि साधारणतया बदली रहँदा गण्डकी र कर्णाली प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

पाथिभरा क्षेत्रमा केवलकार निर्माण बन्द गर्न सात दिने अल्टिमेटम

शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरुले मुक्कुमलुङलाई मुन्धुमीस्थलको रुपमा नियन्त्रण, संरक्षण गर्न र पाथिभरा क्षेत्र विकास समितिको सट्टामा मुक्कुमलुङ क्षेत्र विकास समिति हुनुपर्ने अडानसहित पुन आन्दोलनको तयारी गरिरहेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

दुर्गा प्रसाईंको बिएन्डसीमा एमबीबीएसका लागि ५० जनाको कोटा निर्धारण

दुर्गा प्रसाईंको बिएन्डसी मेडिकल कलेज टिचिङ एन्ड रिसर्च प्रा.लि.ले चिकित्साशास्त्रको स्नातक तह (एमबीबीएस)मा ५० जना विद्यार्थी अध्यापन गराउने औपचारिक स्वीकृति पाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

४० उत्कृष्ट सरकारी कर्मचारी पुरस्कृत

प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबार परिसरमा आयोजना गरिएको २१औँ निजामती सेवा दिवस समारोहमा कर्मचारीहरूलाई सम्मान तथा पुरस्कार वितरण गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

राखेप सदस्य कुसारीलाई नहटाउन सर्वाेच्च अदालतकाे अन्तरिम आदेश

सर्वाेच्च अदालतले राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य प्रकाशकुमार कुसारीलाई तत्काल पदबाट नहटाउन अन्तरिम आदेश दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

संविधान दिवस तीन दिन मनाइने, प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन

संविधानसभाबाट नेपालको संविधान २०७२ असोज ३ गते जारी भएको ऐतिहासिक दिनलाई हर्षोल्लासका साथ राष्ट्रिय दिवस मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

निजामती सेवा दिवस: यी हुन् पुरस्कृत हुने उत्कृष्ट ४० कर्मचारी

सरकारले २१औँ निजामती सेवा दिवसमा पुरस्कृत हुने कर्मचारीहरूको नामावली सार्वजनिक गरेको छ। बिहीबार अपराह्न बसेको मन्त्रिपरिषद् बैठकबाट ४० कर्मचारीलाई पुरस्कृत गर्ने निर्णय गरेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

पाँच प्रदेशका केही-केही स्थानमा भारी वर्षाकाे सम्भावना

जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

तोड्नुपर्ने ठेक्का नतोड्ने र नतोड्नुपर्ने ठेक्का तोड्ने काम नहोस्- प्रधानमन्त्री

सो मन्त्रालयसँग सम्बन्धित विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज (शुक्रबार) ब्रिफिङ लिँदै प्रधानमन्त्री ओलीले विधि र कानुनभन्दा दायाँ-बायाँ नगर्न निर्देशन दिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

बालुवाटारमा यौनिक तथा लैङ्गिक अल्पसंख्यकले मनाए तीज

ब्लु डाइमण्ड सोसाइटीको आयोजनामा काठमाडौंको बालुवाटारमा आयोजित कार्यक्रममा उनीहरुले आफ्नो लैङ्गिक पहिचान खुलाएरै तीज पर्वमा रमाएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

रोल्पामा रास्वपाको नेतृत्वमा अवरुद्ध सडक सुचारु

अवरुद्ध सडक खुलाउन कतैबाट पहल नभएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रोल्पा सम्बद्ध युवाहरुको नेतृत्वमा सडक सुचारु गरिएको हो। अवरुद्ध सडक घोराही थबाङ शहीद मार्गको सिस्नेदेखि ९ किलोमिटरको दूरीमा रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - राेल्पा