सोमबार, १८ नोभेम्बर २०२४

कोशीका पूर्वमुख्यमन्त्री कार्कीले थाले आमरण अनशन

कार्कीले ९ बुँदे माग राख्दै मंगलबार कोशी प्रदेशसभा अगाडि अनशन सुरु गरेका हुन्।  वर्तमान सरकारले आफ्नो कार्यकालमा घोषणा भएका कार्यक्रम कटौती गरेको भन्दै उनले अनशन थालेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

संवैधानिक परिषद्मा बहुमत पुर्याउन उपसभामुखमाथि लाञ्छना लगाइयाे: राजेन्द्र लिङ्देन

राप्रपा अध्यक्ष लिङ्देनले आफ्ना मान्छे भर्ती गर्नका लागि संवैधानिक परिषदमा बहुमत पुर्याउन उपसभामुख इन्दिरा राना मगरलाई आचरणविरुद्धको अभियोग लगाउने तयारी गरिरहेको बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - झापा

रवि लामिछानेविरुद्ध पोखरामा कालोझण्डा र नाराबाजी (भिडियाे)

र्न सोमबार पोखरा पुगेका सभापति लामिछानेलाई सहकारी पीडितले कार्यक्रमस्थल पोखरा महानगरपालिका–१७ बिरौटास्थित ग्यालेक्सी ब्यांक्वेट बाहिर कालो झण्डा र नाराबाजी गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - पोखरा

उपसभामुखलाई राजीनामा दिन एमालेको सुझाव

बास्कोटाले आफूमाथि पनि प्रश्न उठेपछि पदबाट राजीनामा दिएको स्मरण गर्दै आफ्नो बारेमा प्रश्न उठेपछि राजीनामा दिएर मार्ग प्रशस्त गर्ने सहास राजनीति गर्नेहरुमा हुनुपर्ने उल्लेख गरे। उनले गम्भीर प्रश्नहरु उठेपछि पद छोड्नु नै उपयुक्त हुने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सहकारी ठगीबारे घनराज गुरुङले भने- ममाथि तत्काल छानबिन अगाडि बढाउनुस्

उनले आफूमाथि यसअघि लागेको आरोप पनि छानबिनपछि आरोपमुक्त भएको बताउँदै आफ्नोबारेमा छानबिन गरेर आफूमाथि लागेको आरोपलाई गलत साबित गरिदिन सभामुख र सरकारसँग माग गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

उपसभामुखलाई हटाउने प्रस्ताव संसद्मा दर्ता गर्ने तयारी, उपत्यका नछाड्न सांसदहरुलाई एमालेको निर्देशन

उपसभामुख इन्दिरा राना मगरलाई हटाउने प्रस्ताव संसद्मा दर्ता गर्ने तयारी अघि बढाइएसँगै सांसदहरूलाई एमालेले उपत्यका नछाड्न भनेको हो। ‘पद अनुकूल आचरण नगरेको’ भन्दै संविधानको धारा ९१ मा टेकेर सत्तारुढ दलले उपसभामुख रानाविरूद्ध प्रतिनिधि सभामा प्रस्ताव दर्ताको तयारी गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रास्वपाले भन्याे- उपसभामुखलाई लगाउने कुरा मान्य हुँदैन

‘याे राज्य अब लोकतन्त्रमाथि आक्रमण गर्दैछ। माननीय उपसभामुखलाई महाअभियोग लगाउने जस्तो कुरा, राजनीतिक पार्टीहरु बसेर सल्लाह गर्ने कुरा लोकतन्त्रका लागि कहिल्यै पनि मान्य हुने छैन’, उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

उपसभामुखलाई हटाउने सत्ता गठबन्धनकाे तयारी, आन्तरिक छलफलमा जुट्याे रास्वपा

उपसभामुखको आचरण सही नभएको भन्दै गठबन्धनले उनलाई हटाउन लागेकाे हाे। सत्तारुढ दलले उपसभामुख रानालाई  हटाउन प्रतिनिधिसभामा प्रस्ताव दर्ता गर्ने तयारी गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एसिड आक्रमण पीडितहरुको न्यायको लागि प्रतिवद्ध छौँ: रवि लामिछाने

सभापति लामिछानेले कानुनी उपचारको सुनिश्चितता गर्नकै लागि रास्वपाले एसिड पीडित बिन्दबासिनी कंसाकारलाई सांसद बनाएको बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

माओवादीले हामीलाई त खतमै पार्ने भए भनेर भ्रष्टाचारी जति सबै डराए: प्रचण्ड

‘तपाईंहरुले देखिनै हाल्नुभयो, भ्रष्टाचारविरुद्ध केही गर्न खोज्दा सरकार नै परिवर्तन गर्नेसम्मको खेल भयो’, उनले भने, ‘हामी सरकारको नेतृत्व गर्दा केही नयाँ काम सुरु गरेका थियौँ। सुशासनका पक्षमा र भ्रष्टाचारका विरुद्ध हामीले थालेको अभियानबाट भूमाफियाहरु आत्तिए। जसले सरकारी जग्गा व्यक्तिका नाममा लैजाने अपराध गरिरहेका थिए, उनीहर छट्पटाए।’

बिएल संवाददाता

बिएल संवाददाता - सिरहा

कोशीका पूर्वमुख्यमन्त्री कार्की आजदेखि अनशन बस्दै

उनले गत आइतबार प्रदेशसभाबाटै मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई ४८ घन्टे ध्यानाकर्षण पत्र पठाएका थिए। कार्कीले आज दिउँसो ४ बजेदेखि आमरण अनशन बस्न लागेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - विराटनगर

पत्रकारका दलीय संगठनको घेराबन्दीमा परेपछि महासंघका अध्यक्षको राजीनामा

‘बाह्य सरोकारवाला पक्षहरूले समेत सदस्यासूची आफूलाई देखाएर मात्र अघि बढ्नुपर्ने अपेक्षा अझै पनि कायम राखिराख्दा झनै मन खिन्न हुन गएको छ’ उनले राजीनामा पत्रमा भनेका छन् ‘यस्तो अवस्थाबाट ममा निर्मित मनोबिज्ञान बोकेर यो निर्वाचन सम्पन्न गर्न समर्थ छैन। यी सबै अवस्था आउनुमा मेरो कमजोरीलाई स्वीकार गर्दै सबै कुराको नैतिक जिम्मेवारी समेत बहन गर्दछु।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

कोरोना बीमा भुक्तानीको रिटमा सर्वोच्चको अग्राधिकार, कारण देखाउ आदेश जारी

निर्जीवन बिमा कम्पनीहरुको छाता संगठन नेपाल बिमक संघले सरकारसँग रकम माग्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, स्वास्थ्य मन्त्रालय र बिमा प्राधिकरणलाई विपक्षी बनाएर आइतबार सर्वोच्च अदालतमा रिट दर्ता गरेकाे थियाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नक्कली प्रमाण पत्र पेश गरी नियुक्ति लिएको आरोपमा सव-इन्जिनियरविरुद्ध मुद्धा दायर

अख्तियारले विकले सव-इन्जिनियर (करार) पदमा नियुक्ति प्रयोजनार्थ डिप्लोमा इन सिभिल इन्जिनियरिङ तहको झुट्टा तथा नक्कली शैक्षिक प्रमाण-पत्र पेस गरी सव-इन्जिनियर पदमा नियुक्ति लिई ओहोदा, लाभ र सुविधा प्राप्त गरेको  उल्लेख गरेका छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुरुङमार्ग नजिक लेदोसहितको पहिरो, सडक दुवैतर्फ अवरुद्ध

नागढुंगा-नौबिसेअन्तर्गत सुरुङमार्ग नजिकै लेदोसहितको पहिरो जादा सडक दुवैतर्फ अवरुद्ध भएको छ। सोमबार साँझ गएको पहिरोमा एउटा स्करपियो गाडीसमेत परेको थियो। धादिङ प्रहरीका अनुसार पहिरोमा मानवीय क्षति भने भएको छैन।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानसेनापतिमा सिग्देलले सम्हाले कार्यभार

राष्ट्रपति रामचन्द्र पौडेलले महारथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरी नेपाली सेनाको प्रधान सेनापतिमा नियुक्त गरेसँगै सिग्देलले आजै पद तथा गोपनीयताको शपथसमेत लिएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

माओवादीको प्रदेशस्तरीय परामर्श बैठक सकियो, ७० नेताले दिए सुझाव

पार्टी सुदृढीकरणका लागि केन्द्रबाट ठोस कार्यक्रम बनाएर संगठन विस्तार र जनपरिचालनमा तत्काल लाग्नुपर्ने प्रदेशस्तरीय नेताहरुले सुझाव दिएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - उदयपुर

सत्ता साझेदार दलको बैठक बालुवाटारमा

बैठकमा प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राई, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठलगायत सहभागी छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

डिभीका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्ने ४ जना पक्राउ

इलेक्ट्रोनिक डाइभरसिटी भिसा प्रयोजनको लागि एसईई र प्रविणता प्रमाणपत्रको नक्कली शैक्षिक प्रमाणपत्र, नक्कली एकेडेमिक ट्रान्सक्रिप्ट बनाई पेश गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले अमेरिकी राजदुतावाससँगको समन्वयमा उनीहरूलाई राजदुतावास नजिकबाट पक्राउ गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘कांग्रेस उपसभापति गुरुङमाथि सहकारी ठगीमा छानबिन हुन्छ कि हुँदैन?’

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद गणेश पराजुलीले कांग्रेस उपसभापति गुरुङमाथि छानबिन हुन्छ कि हुँदैन? भन्दै प्रश्न गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं