मङ्गलबार, १९ नोभेम्बर २०२४

अवैधानिक संरचनामा मेयर किन मौन?

माेरङकाे उर्लाबारी ५ झुम्रामा अबैध रुपमा अस्फाल प्लान्ट सञ्चालन भइरहेको छ। उर्लाबारी ७ का नेत्र घिमिरेको २ विघा जग्गामा ४ वर्ष यता पुर्वाञ्चल कन्ट्रक्सनले अस्फाल प्लान्ट चलाइरहेकाे  हाे। पुर्वाञ्चल कन्ट्रक्सन निर्माण कम्पनी हाे। कम्पनीको प्रबन्ध पत्र र नियमावलीमा अस्फाल प्लान्ट राख्ने उदेश्य कतै उल्लेख छैन।

बिएल संवाददाता

बिएल संवाददाता - माेरङ

चिप्लिएका रविलाई सचिवले बचाए, अन्तत: सच्चियो सञ्चारमाध्यम नियन्त्रण गर्ने आदेश 

यसमा गृहसचिव एकनारायण अर्यालले रविलाई पुनः आदेश सच्याउनका लागि भनेको गृहमन्त्रालय स्रोत बताउँछ। ‘गृहमन्त्री ज्यूको आदेशको विरोध भएपछि सचिव ज्यूसँग छलफल भएको थियो। यो भएन भन्दै सचिव ज्यूले भनेपछि सच्याइएको छ,’ स्रोतले भन्यो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

श्रममन्त्री अर्यालद्वारा वैदेशिक रोजगार कार्यालय ताहचलको अनुगमन

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगार कार्यालय ताहाचलको अनुगमन गरेका छन्। बिहीबार साँझ मन्त्री आफैँ ताहाचल पुगेर कार्यालयको अनुगमन गरेका हुन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

सहकारी बचतकर्ताबीच ८ बुँदे सहमति, आन्दोलनका सबै कार्यक्रम स्थगित,

सहकारी बचतकर्ताहरूले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेका छन्। बिहीबार सिंहदरबारमा पीडित पक्ष र सरकारी वार्ता टोलीबीच एक अधिकार सम्पन्न समिति गठन गरी बचतकर्ताको रकम तत्काल फिर्ता गर्ने प्रक्रिया अघि बढाउने लगायतका ८ बुँदे सहमति भएसँगै पीडित पक्षले आन्दोलनको सबै कार्यक्रम स्थगित गरेका हुन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

महिला न्यायाधीशको पहिलो राष्ट्रिय सम्मेलन शुक्रबारदेखि

 नेपालमा पहिलो पटक महिला न्यायाधीशको राष्ट्रिय सम्मेलन शुक्रबारदेखि सुरु हुने भएको छ। राष्ट्रिय न्यायिक प्रतिष्ठान र न्यायाधीश समाज नेपालको संयुक्त आयोजनामा हुने ‘न्यायिक प्रणालीमा लैङ्गिक समानताको अभिवृद्धिः हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ हुने सम्मेलनको प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

बैतडीमा कोदालो प्रहार घटना: एकको मृत्यु, दुई कर्मचारीको हेलिकप्टरबाट उद्धार

जिल्लाको डिलाशैनी गाउँपालिका– ७ धामीगाउँका ६२ वर्षीय किसनसिंह धामीको कोदालो प्रहारबाट उनकी ५६ वर्षीया श्रीमती पार्वती धामीको मृत्यु भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - बैतडी

नीति तथा कार्यक्रमका लागि प्रधानमन्त्री कार्यालयले थाल्याे छलफल

प्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बजेट प्रणाली तथा नीति तथा कार्यक्रमको ढाँचामा परिवर्तन गरी समावेशी र सबैको अपनत्व हुनेगरी निर्माण गर्ने घोषणा गरेबमोजिम प्रधानमन्त्री कार्यालयमा गठित समितिले विभिन्न क्षेत्रसँग आगामी आवको नीति तथा कार्यक्रमका विषयमा छलफल तथा सुझाव सङ्कलन गरिरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गृहमन्त्री रवि लामिछानेकाे आदेश- मिडिया नियन्त्रण सिडिओले नै गर्नू

गृहमन्त्री लामिछानेले बिहीबार प्रमुख जिल्ला अधिकारीहरुलाई आधारहीन तथा अनर्गल सामाग्री लेख्ने न्युज पाेर्टल, फेसबुक, ट्विटरलगायत सामाजिक सञ्जाल तथा छापा माध्यमहरुलाई कारबाही गर्न निर्देशन दिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सरकारी वकीलमा बयान दिएपछि श्रीलंका उडे विनोद चौधरी

नेपाली कांग्रेसका सांसद तथा उद्योगपति विनोद चौधरी श्रीलंका प्रस्थान गरेका छन्। बाँसबारी जग्गा प्रकरणमा बिहीबार बिहान सरकारी वकील कार्यालयमा बयान दिएपछि चौधरी श्रीलंका प्रस्थान गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

२४सै घण्टा व्यवसाय सञ्चालन गर्ने गृहकाे निर्देशनपछि ठमेलका व्यवसायी उत्साहित

ठमेल र दरबारमार्ग क्षेत्रका व्यवसायी थप व्यापार फस्टाउन रचनात्मक योजना बनाइरहेका छन्। ‘कर्मचारी बढाउनुपर्छ, क्याफे पनि अलि चिटिक्क पार्दैछु’, सन्तोषले भने, ‘अब भने पर्यटक फर्काउनु पीडा हुँदैन भन्नेमा ढुक्क छु।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अनधिकृतरुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा शाखा अधिकृत कार्कीविरुद्ध मुद्दा दायर

वाग्मती नगर जग्गा एकीकरण आयोजनाको कार्यालय बौद्ध तथा अतिरिक्त जिम्मेवारीका रुपमा कागेश्वरी, गोकर्णेश्वर तथा शङ्करापुर नगरपालिकाद्वारा सञ्चालित पूर्वी काठमाडौँ नयाँ सहरी विकास आयोजनामा कार्यरत शाखा अधिकृत कार्कीले गैरकानुनीरुपमा सम्पत्ति आर्जन गरेको पाइएको आयोगले जनाएको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बैतडीमा कोदालो प्रहारबाट दुई कर्मचारीसहित तीन जना गम्भीर घाइते

डिलाशैनी गाउँपालिका–७ धामीगाउँका ६२ वर्षीय किसनसिंह धामीले कोदालोले हान्दा उनकी ५६ वर्षीया श्रीमती पार्वती धामी, दशरथचन्द नगरपालिका–९ घर भएका डिलाशैनी गाउँपालिकाका उद्यम विकास शाखा प्रमुख २९ वर्षीय सुभास कलौनी र डिलाशैनी गाउँपालिकाका कार्यालय सहयोगी २६ वर्षीय देवराज भट्ट घाइते भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - बैतडी

चैतको हिउँले खुम्बु क्षेत्र सेताम्मे

चैतमा परेको हिउँले खुम्बु क्षेत्र सेताम्मे बनेको छ भने पर्यटकदेखि बालबालिका हिउँ खेलेर रमाइरहेका खुम्जुङका स्थानीय छिमी शेर्पाले बताए। उनका अनुसार खुम्बु क्षेत्रमा आठदेखि दश इन्चसम्म हिउँ जमेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - सोलुखुम्बु

गृह मन्त्रालयले जारी गर्‍याे सबै जिल्ला प्रशासन कार्यालयलाई २१ बुँदे निर्देशन

बुधबारको मन्त्रिस्तरीय निर्णयअनुसार मन्त्रालयले ‘नेपाल सरकारको प्रतिनिधिको रुपमा शान्ति सुरक्षा, सेवा प्रवाह, सुशासन, नियमन, समन्वय र सहजीकरण गर्नुपर्ने विषयमा सक्रिय भूमिका निर्वाह गरी नागरिकप्रतिको भरोसा अभिवृद्धि गर्न भन्दै’ २१ बुँदे निर्देशन जारी गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रहरीको सक्रियतामा फागुन महिनामा मात्रै एक सय ९३ फरार प्रतिवादी पक्राउ

जिल्ला प्रहरी परिसर काठमाडौँ तथा मातहत प्रहरी कार्यालयको टोलीले गएको फागुन महिनाको अवधिमा मात्रै विभिन्न मुद्दाका एक सय ९३ फरार प्रतिवादी पक्राउ परेको जनाइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राष्ट्रिय योजना आयोगको रिक्त ४ सदस्य नियुक्ती

सरकारले राष्ट्रिय योजना आयोगको रिक्त ४ सदस्य पदमा प्राध्यापक संगीता सिंह, डा. कुशेन्द्रबहादुर महत, प्राध्यापक शिवराज अधिकारी र डा. अरनिकोकुमार पाण्डेलाई नियुक्ति गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

डढेलोमा परी घाइते भएका बाबुछोरीको मृत्यु

शुक्रबार घरमुनिको वनमा गोठालो गएका बुवालाई दिउँसोको खाजा रोटी पुर्याउन गएकी १२ वर्षीया छोरी हेमन्ती पनि आगोमा जलेर घाइते भएकी थिइन्। घाइते बाबुछोरीलाई शनिबार बेलुकी हेलिकप्टरबाट थप उपचारका लागि सुर्खेत लगिएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - कालीकोट

यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरू

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रशासन सेवा समूहीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त सचिव पदमा पौडेललाई बढुवा गर्ने निर्णय गरेको प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राष्ट्रिय योजना आयोगकाे रिक्त पदमा चार सदस्य नियुक्त

बैठकले आयोगमा शिवराज अधिकारी, संगीता सिंह, कुशेन्द्र बहादुर महत र अरनिको पाण्डेलाई नियुक्त गर्ने निर्णय गरेको सरकारको प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बयानपछि बिनाेद चाैधरी- १० राेपनी जग्गामा कुदृष्टि राख्छ भनेर साेच्नु विकृत मानसिकताकाे उपजबाहेक केही हाेइन

बिहीबार बिहान साेही जग्गा प्रकरणबारे नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्युराे (सिआइबी)मा बयान दिएर बाहिरिएपछि चाैधरीले यस्ताे बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं