अमेरिकी संसदमा नतोन्याहु: हमासको पराजय इरानका लागि ठुलो झट्का
नेतन्याहुले अमेरिकी सांसदहरूलाई अब विजय धेरै नजिक रहेको बताउँदै हमासको पराजय इरानका लागि ठुलो झट्का हुने दाबी गरे।
बिएल संवाददाता - काठमाडाैं
नेतन्याहुले अमेरिकी सांसदहरूलाई अब विजय धेरै नजिक रहेको बताउँदै हमासको पराजय इरानका लागि ठुलो झट्का हुने दाबी गरे।
बिएल संवाददाता - काठमाडाैं
अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रपतिको उम्मेदवारी फिर्ता लिएका छन्। ८१ बर्षीय बाइडेनले आफ्नो उम्मेदवारी फिर्ता लिँदै आफ्नी सहकर्मी र उपराष्ट्रपति कमला ह्यारिसलाई राष्ट्रपतिको उम्मेदवारमा समर्थन गर्ने घोषणा गरेका हुन्। पछिल्लो समय बढ्दो उमेर र स्वास्थ्यका कारण बाइडेनले रिपब्लिकन पार्टीका उम्मेदवार पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चुनौती दिन नसक्ने भन्दै उनलाई उम्मेदवारी फिर्ता लिन दबाब दिइएको थियो।
बिएल संवाददाता - अमेरिका
अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रपति उम्मेद्वार नहुने घोषणा गरेका छन् । कोभिड १९ भएर डेलावरस्थित घरमा आराम गरिरहेका बाइडेनले एक प्रेस वक्तव्य जारी गर्दै उम्मेद्वार नहुने घोषणा गरेका हुन् ।
बिएल संवाददाता - वासिङ्टन डीसी
पूर्वराष्ट्रपति बाराक ओबामाले पनि बाइडेनको उम्मेदवारीप्रति चिन्ता व्यक्त गरेका छन्। बाइडेनलाई लिएर डेमोक्र्याटिक पार्टीभित्र धेरै आवाज उठ्न थालेका छन्।
बिएल संवाददाता - काठमाडाैं
लस भेगासमा युनिडोस सम्मेलनमा भाषण गर्नुअघि उनको कोभिडको लागि परीक्षण गरिएको थियो, जसमा उनी संक्रमित भेटिए। ह्वाइट हाउसका प्रेस सेक्रेटरी करिन जीन पियरेले यसबारे जानकारी दिएकी हुन्।
बिएल संवाददाता - काठमाडाैं
अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पमाथि २० वर्षीय थोमस म्याथ्यु क्रुजले गोली प्रहार गरेको तथ्य सार्वजनिक भएको छ। पेन्सेल्भेनिया राज्यकै बेथल पार्कमा बस्ने ऊ एक रजिष्ट्रर्ड रिपब्लिकन रहेको तथ्य पनि सार्वजनिक भएको छ ।
बिएल संवाददाता - वासिङ्टन डीसी
अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पमाथि गोली प्रहार गर्ने व्यक्ति मारिएका छन् ।सिक्रेट सर्भिसका अधिकारीहरूद्वारा उनी मारिएका हुन् । यो समाचार तयार पार्दासम्म गोली प्रहार गर्ने व्यक्तिको परिचय सार्वजनिक गरिएको छैन ।
बिएल संवाददाता - वासिङ्टन डीसी
अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पमाथि गोलीप्रहार भएको छ । पेन्सेल्भेनिया राज्यको बट्लरमा आयोजित एक चुनावी र्यालीलाई सम्बोधन गरिरहेको बेला उनीमाथि गोली प्रहार भएको हो । गोली उनको कानमा लागेको देखिएको छ र अनुहारमा रगत लतपत भएको देखिएको छ ।
बिएल संवाददाता - वासिङ्टन डीसी
मेटाले नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपति चुनावअघि पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको फेसबुक र इन्स्टाग्राम खातामाथिको प्रतिबन्ध हटाएको छ। २०२१ को जनवरी ६ मा अमेरिकी क्यापिटलमा आक्रमण गर्ने समर्थकहरूको प्रशंसा गरेपछि पूर्व अमेरिकी राष्ट्रपतिको फेसबुक र इन्स्टाग्राम खाताहरू २०२१ मा निलम्बन गरिएको थियो। यस मामिलामा ट्रम्पलाई पनि दोषी ठहर गरिएको थियो।
बिएल संवाददाता - अमेरिका
युक्रेनमा रुसले गरेको पछिल्लो आक्रमणमा ३१ जनाको मृत्यु भएको छ। भने, १५० भन्दा बढी घाइते भएका छन्।
बिएल संवाददाता - काठमाडाैं
सिएनएनले आयोजना गरेको यो टिभी बहस ९० मिनेटसम्म चलेको थियो। बहसको अन्त्यमा कसले व्यक्तव्य दिने भन्नेबारे टस गरिएको थियाे। सो टस डोनाल्ड ट्रम्पले जितेका थिए।
बिएल संवाददाता - काठमाडाैं
बुधबार राति खेलमा अमेरिका दक्षिण अफ्रिकासँग १८ रनले पराजित भएकाे हाे। दक्षिण अफ्रिकाले दिएकाे १९५ रनकाे लक्ष्य पछ्याएकाे अमेरिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर मात्रै १७६ रन बनाउन सक्याे।
बिएल संवाददाता - काठमाडाैं
एल साल्भाडोरमा, अहिलेसम्मको सबैभन्दा बढी प्रभावित देश, पश्चिमी जिल्ला टाकुबामा सोमबार पाँच जनाको मृत्यु भएको नागरिक रक्षा प्रमुख लुइस अमायाले जनाएका छन्।
बिएल संवाददाता - अमेरिका
चर्को गर्मी, डरलाग्दो आँधी र टापूमा पानीको सतह बढ्दैजाँदा हजाराैँ आदिवासीलाई उनीहरूकै मूलथलोमा स्थानान्तरण गरिएको अधिकारीहरूले जनाएका छन्। ७२ वर्षअघि कार्टी सुग्तुपु टापूमा जन्मिएका लोपेजले भने, ‘हामीहरू निकै दुःखी छौँ। किनभने यो टापू हरायाे भने हाम्रो हृदयको एउटा अंश र हाम्रो संस्कृति पनि हराउँछ।’
बिएल संवाददाता - पानामा
अमेरिकी राज्य फ्लोरिडाका गभर्नर रोन डेसेन्टिसले दक्षिण फ्लोरिडाका केही भागमा लगातार भारी वर्षा भएपछि राज्यका ब्रोवार्ड, कोलियर, ली, मियामी–डेड र सारासोटासहित केही काउन्टीमा आपत्कालीन अवस्थाको घोषणा गरेका छन्। मियामीको राष्ट्रिय मौसम सेवाले हल्यान्डेल र हलिउडसहित ब्रोवार्ड र मियामी–डेड काउन्टीका केही भागमा अझै पनि ज्यान लिने बाढीले घर, कम्पनी र सडकहरूलाई असर गरिरहेको बताएको छ।
बिएल संवाददाता - वासिङ्टन
एरिजोना राज्यको फिनिक्स शहरमा बढ्दो गर्मीका कारण पूर्व–राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यक्रमका लागि प्रतिक्षा गरिरहेका लगभग एक दर्जन मानिसहरू अस्पतालमा भर्ना भएका छन्।
बिएल संवाददाता - वासिङ्टन डीसी
बेरुत नजिकै अमेरिकी दूतावासबाहिर बुधबार बिहान गोली चलेको छ। दूतावास बाहिर गोली चल्दा एक सुरक्षा गार्ड घाइते भएका छन्। लेबनानी सेनाले गोली हानेर एक बन्दुकधारीलाई पक्रेको सेना र दूतावासका अधिकारीहरूले बताएका छन्। लेबनानमा तनाव जारी रहँदा उक्त आक्रमण भएको छ। हिजबुल्लाह लडाकूहरू र इजराइली सेनाबीच महिनौँको लडाइँले वर्षौंदेखिको राजनीतिक गतिरोध र आर्थिक समस्यापछि हजारौँ नागरिकलाई सीमामा विस्थापित गरेको छ। सैनिकहरूले आक्रमणकारीमाथि गोली चलाएको लेनबानी सेनाले बताएको छ। सेनाले उनी सिरियाली नागरिक रहेको मात्र बताएको छ। घाइते बन्दुकधारीलाई अस्पताल लगिएको छ।
बिएल संवाददाता - बेरुत
वरिष्ठ प्रशासन अधिकारीले बताएअनुसार ‘बाइडेनले लामो समयदेखि विचार गर्दै आएको यस विषयमा प्रभावकारी सीमा नियन्त्रणले एकै पटकमा अमेरिका–मेक्सिको सीमामा प्रवेश गर्ने बन्दरगाहमा लगातार सात दिनसम्म औसत प्रति दिन दुई हजार ५०० अवैध आप्रवासी भित्रिने समस्या निर्मुल हुनेछ।
बिएल संवाददाता - वासिङ्टन डिसी
‘राष्ट्रपतिले भर्खरै आफ्नो टोलीलाई युक्रेनले खार्किवमा रूसी सेनाहरूमाथि प्रतिआक्रमणका लागि अमेरिकाले आपूर्ति गरेको हतियारहरू प्रयोग गर्न सक्षम छ भनेर सुनिश्चित गर्न निर्देशन दिनुभएको छ,’ एक अमेरिकी अधिकारीले बताए।
बिएल संवाददाता - वासिङ्टन डीसी
अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्प फौजदारी मुद्दामा दोषी ठहरिएका छन् । न्युयोर्कमा भएको एक ऐतिहासिक आपराधिक मुद्दामा झूटो व्यापारिक अभिलेख राख्ने सबै ३४ वटा मुद्दामा उनी दोषी ठहर भएका हुन्। अमेरिकाकै इतिहासमा कुनै पनि पूर्व वा सेवारत अमेरिकी राष्ट्रपतिलाई अपराधमा दोषी ठहर गरिएको यो पहिलो पटक हो। उनलाई के सजाय दिइने छ, त्यसको निर्णय भने जुलाई ११ मा हुनेछ ।
बिएल संवाददाता - वासिङ्टन डीसी