बिएल संवाददाता
पानामा
समुद्री सतह बढ्दैजाँदा पानामाको तटीय क्षेत्रमा बसोबास गर्दैआएका ‘गुना आदिवासी’हरू विस्थापित भएका छन्। तल्लो क्यारिबियन टापूहरू जलवायु परिवर्तनको मारमा पर्दा उनीहरू दशकाैँदेखि बसाेबास गरिरहेकाे टापूबाट सुख्खा भूमिमा सर्न बाध्य भएका हुन्।
चर्को गर्मी, डरलाग्दो आँधी र टापूमा पानीको सतह बढ्दैजाँदा हजाराैँ आदिवासीलाई उनीहरूकै मूलथलोमा स्थानान्तरण गरिएको अधिकारीहरूले जनाएका छन्। ७२ वर्षअघि कार्टी सुग्तुपु टापूमा जन्मिएका लोपेजले भने, ‘हामीहरू निकै दुःखी छौँ। किनभने यो टापू हरायाे भने हाम्रो हृदयको एउटा अंश र हाम्रो संस्कृति पनि हराउँछ।’
अत्यासलाग्दो मौसमबाट उम्किने उपाय खोज्दै हिँडिरहेका टापूबासीलाई पानामा सरकारले सन् २०१८ देखि नयाँ आवास बनाउने अभियान थालिसकेको थियो। सरकारी प्रयास र आदिवासीको उकुसमुकुसलाई चिर्दै अन्ततः उनीहरू आफ्नै जमिनी क्षेत्रमा सरेका छन्।
जलवायु परिवर्तनले कार्टी सुग्दुब र गार्डी सुग्दुबका गुना आदिवासीहरूलाई निकै दुःखाएको छ। उनीहरू ल्याटिन अमेरिकामा जलवायु परिवर्तको सिकार हुने पहिलो समुदायको सूचीमा रहेका छन्। गुनाहरूले आफ्नो गरिखाने थलो मात्र गुमाएका छैनन्, पानामाले पनि एउटा मुख्य पर्यटकीय ‘हब’ गुमाएको छ। यतिबेला संसारको नजर कार्टी सुग्दुब र गार्डी सुग्दुबका आदिवासीमा अड्किएको छ।
आदिवासीहरू शताब्दीयौँदेखि कार्टी सुग्दुब र गार्डी सुग्दुब टापूमा बस्दै आएका थिए। उनीहरू पछिल्लो समय रोगै–रोगले थलिएका थिए। र, त्यो सबै जलवायु परिवर्तको असर थियो।
गार्डी सुग्दुब एक्लो टापूजस्तै छ। वरपर अन्य टापू छैनन्। उनीहरू त्यहाँबाट वर्षौअघि भाग्न खोज्दै थिए। अहिले त उनीहरू भागी नै सके। आदिवासी समुद्रको पानी रोक्न सक्दैनन्। त्यहाँ निकैबेर तेज हावा चल्छ। ठुल्ठूला छालहरू घरभित्रै आइपुग्छ।
गुनाहरू अरुभन्दा चतुर देखिएका छन्। उनीहरूले आफ्नो पुख्यौली थलो पनि जोगाइ राखेका थिए। मुख्य भूमिका जमिनको एकटुक्रा जोहो गरेका छन्। उनीहरू अब पानी जीवनबाट सुख्खा जीवन जिउँदैछन्। कतिपय मानिसहरू सुख्खा बस्तीमा सर्न मान्दैनन्। बरु छिमेकीहरू अन्तै सर्दा आफूहरू टापूमै रोजीखोजी बस्ने बताउँछन्।
टापूमा निकै समस्या छ– एकाएक मौसम बिग्रिन्छ। समुद्र बढ्छ। सडकमा बाढी आउँछ। तेज हावाले विद्यालयको छाना उडाउँछ। गुनाहरू जलवायु परिवर्तनबाट सबैभन्दा धेरै प्रभावित समुदाय हो। उनीहरूले टापू नै छोडेर भाग्नुपर्ला भन्ने कहिल्यै सोचेका थिएनन्। टापूबाट आधा घण्टाको दूरीमा उनीहरूको नयाँ आवासीय क्षेत्र। जहाँ उनीहरूको आफ्नै खेतबारी थियो।
अहिले सरकारी सहयोगमा तीनसय नयाँ घर बनेका छन्। घर चिटिक्क परेका छन्। राम्रो शौचालय छ। घरपछाडि चौर छ। यतिबेला टापूका घरहरूको ढोकामा ताला झुन्डिएको छ। उनीहरू मुख्य थलो सर्न पाउँदा खुसी छन्। तर एक शताब्दीभन्दा बढी समयदेखि रमाइरहेको टापू त्याग्नुपर्दा दुःखी पनि छन्।
केही दिनअघिसम्म गर्दी सुग्दुबमा सुनसान हुनुअघिको चहलपहल थियो। गुनाहरू डुङ्गामार्फत् परिवारका सदस्य र सरसामान मुख्यभूमिमा ओर्सांदै थिए। नयाँ ठाउँमा सर्नैलाग्दा उनीहरू दुःखी देखिन्थे।
‘नयाँ आवासमा कसरी बस्ने’ भन्ने चिन्ता थियो। टापू त्यागेसँगै उनीहरूको पूर्खाको चलनलाई कसरी जोगाउने अर्को चुनौती थपिएको छ। उनीहरू आफ्नो पेशा र संस्कृतिप्रति गर्व गर्छन्। यसलाई एउटा पुस्तादेखि अर्को पुस्तामै हस्तान्तरण गर्ने बाचा गर्छन्। आफ्नो सांस्कृतिक अभ्यास र परम्परागत खाना कायम राख्न उनीहरू कटिवद्ध छन्। एजेन्सीकाे सहयाेगमा