शनिबार, १६ नोभेम्बर २०२४

अमेरिकी राष्ट्रपति बाइडेनद्वारा उम्मेद्वार नहुने घोषणा

बिएल संवाददाता

बिएल संवाददाता

वासिङ्टन डीसी

News Image
• • •

अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रपति उम्मेद्वार नहुने घोषणा गरेका छन् । कोभिड १९ भएर डेलावरस्थित घरमा आराम गरिरहेका बाइडेनले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै उम्मेद्वार नहुने घोषणा गरेका हुन् ।

उनले  "यो मेरो पार्टी र देशको हितमा छ" भन्दै पुन: चुनावका लागि आफ्नो उम्मेदवारी अन्त्य गर्ने घोषणा गरेका हुन् । उनले अगाडि लेखेका छन्, 'र पुन: निर्वाचित गर्ने मेरो मनसाय भएको बेला, म उभिनु मेरो लागि मेरो पार्टी र देशको हितमा छ र मेरो बाँकी कार्यकालको लागि राष्ट्रपतिको रूपमा जिम्मेवारी पूरा गर्नमा मात्र ध्यान केन्द्रित गर्न चाहन्छु।"
उनले यस विषयमा अर्को साता राष्ट्रका नाममा सम्बोधन गर्ने आफ्नो वक्तव्यमा बताएका छन् ।
राष्ट्रपति बाइडेनले आफ्ना उपराष्ट्रपति कमला ह्यारिसलाई धन्यवाद दिँदै उनी एक "असाधारण साझेदार" भएको बताए।

शारीरिक रूपले अशक्त हुँदै गएका बाइडेनमा केही समययता बिर्सने रोगको संकेत देखिएको थियो । उनले पछिल्लोसमय  युक्रेनका राष्ट्रपति जिलेन्स्वेकीलाई पुटिन भनेका थिए । 

ट्रम्पसँगको पिहलो राष्ट्रपति बहसमा कमजोर लेदिएपछि उनीमाथि उम्मेद्वारी छोड्ने ठूलो दबाब सिर्जना भएको थियो । केही सिनेटर र ४५ जना डेमोक्रेटिक कंग्रेसमेनले नै उनलाई उम्मेद्वारी छोड्न सार्वजनिक रूपमै आग्रह गरेका थिए ।

 

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?