बुधबार, २६ अगस्ट २०२६

नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)

बीएल नेपाली सेवासँगको विशेष कुराकानीका क्रममा उनले आफू कुनै पनि सर्वोच्च जिम्मेवारी सकिएपछि व्यक्तिले नागरिकको हैसियतमा राजनीतिक अधिकार प्रयोग गर्न पाउने बताए।

 माधव ढुङ्गेल

माधव ढुङ्गेल - काठमाडौं

एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…

विदेश जानु बाध्यता हो कि गौरव– त्यो कसैलाई मतलब छैन। हाम्रो समाजले सपना बेचेर, निन्द्रा किन्छ र भावना बेचेर भोज किन्छ। छोरो उड्दै छ, भन्दै फोटो खिचिन्छ, तर त्यो छोराको आँखाभित्र भने डर लुकेको हुन्छ, ‘के म फर्केर आउन सकुँला?’ भन्ने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘भाषा, पुस्तक र व्यवहार नै जीवन’ (अन्तर्वार्ता)

अंग्रेजीको अध्यापन र फ्रेन्च भाषा पढाउने काम गरेकी शाहले कागजमा लेखिएको भाषाले मानिसको मन र मस्तिष्कलाई खङ्गाल्ने गरेको बताउँछिन्। शाहको अनुभवमा बोल्ने भाषाले मानिसको व्यवहारलाई पनि दर्शाउँछ।

बसन्त कुमार उपाध्याय

बसन्त कुमार उपाध्याय - काठमाडौं

धमाधम निर्माण हुँदै गरेको सुनकोशी-मरिन डाइभर्सन आयोजनाको खुर्कोट खण्ड

सुनकोशी-मरिन डाइभर्सन बहुप्रतीक्षित राष्ट्रिय गौरवको आयोजना हो। जुन जलस्रोतको उपयोगमार्फत सिन्धुली, धनुषा, महोत्तरी लगायत मधेसका कृषियोग्य जमिनहरूमा सिंचाइ सुविधा पुर्‍याउने उद्देश्यले निर्माण हुँदैछ।

बिएल संवाददाता

बिएल संवाददाता - सिन्धुली

संवैधानिक इजलासबाटै संविधान संशोधन

यसअघि यो स्तम्भका दुई अंकका शीर्षक थिए, ‘ट्रायल–बलुन’मा ५२ भाइको नियुक्ति र ‘लगामबिनाका घोडा हुँदैछन् श्रीमानहरू’। यस अंकको शीर्षक जुरेको छ, संवैधानिक इजलासबाटै संविधान संशोधन। सुन्दा/पढ्दा अचम्म लाग्ला तर यो सत्य हो कि यो संवैधानिक इजलाशले नेपालको संविधानकै दुई महत्वपूर्ण प्रावधान संशोधन गरिदिएको छ। यसबाट  ‘संविधानको रक्षण हैन, भक्षण भएको छ।

प्रदीप भट्टराई

प्रदीप भट्टराई - अमेरिका

नेपाली कांग्रेस: पक्ष, विपक्ष र महाधिवेशनको गाँठो

अर्कातर्फ कांग्रेसका शुभेच्छुक तथा मुख्य भातृ संगठनको अधिवेनको विवाद चरम रुपमा बढेको देखिन्छ। कतिपय संगठनका कार्यकर्ताहरू पार्टी मुख्यालयमा विरोधमा बसेको अवस्था छ। जस्तो कि नेपाल तरुण दल। कांग्रेसको संगठनका विषयमा अर्को महत्वपुर्ण पक्ष भनेको महामन्त्रीहरूको सक्रियता र उनीहरूले प्रस्तुत गर्ने कार्यक्रम पनि हो। तर के त्यो विषयमा कांग्रेसभित्र निर्मम छलफल होला त? वा पार्टीका आगामी कार्यक्रमका विषयमा केही नयाँपन आउने सम्भावनाको अवस्था कसरी अघि बढ्ला भन्ने विषयमा पर्खनुपर्ने देखिन्छ। दुई दिन यता जारी कांग्रेसको केन्द्रीय समिति बैठकमा महाधिवेशनको मिति तोक्न पनि लविङ्ग र दवाबको प्रयास भइरहेका बुझिन्छ।

बसन्त कुमार उपाध्याय

बसन्त कुमार उपाध्याय - काठमाडौं

डोनाल्ड ट्रम्पः अमेरिकाका राष्ट्रपति वा ‘डब्ल्यूडब्ल्यूई’का जनरल म्यानेजर?

ट्रम्पले राजनीति हैन यहाँ त प्रदर्शन र टिभि शोको जस्तो राजनिति गरिरहेका छन्। WWE मा सबै कुरा स्क्रिप्टअनुसार चल्छ। त्यहाँ पात्रहरू ‘फेस’ (नायक) र ‘हिल’ (खलनायक) मा बाँडिन्छन्। ट्रम्पले पनि यही प्रवृत्ति अपनाएका छन् अहिले फेक न्युज मिडिया, विरोधीलाई तल्लोस्तरका टिप्पणी आदी गरेर। ट्रम्पको यो कार्यशैली सायद अमेरीकाको हित वा हित विपरित के हो त्यो आउने समयले देखाउने नै छ। तर कुनै पनि राष्ट्रको राष्ट्राध्यक्ष यस्तो हुनु भनेको त्यो देश मात्र हैन पुरै विश्व नै खतरामा पर्ने संकेत हो भन्न चाहीं १००% सकिन्छ। डोनाल्ड ट्रम्पको राष्ट्रपति कार्यकाल राजनीति नभएर एक Wrestling Show जस्तै बन्दै छ। जहाँ नायकले खलनायकलाई ‘bodyslam’ गरेर विजयी हुने सपना देखिन्छ। त्यस्तै अहिले डोनाल्ड ट्रम्प नायक र बाँकी देशका सबै खलनायक भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

इरानमाथि अमेरिकाको त्यो असफल अपरेसन

सन् २०२० को सुरुवात जनवरी २ र ३ मा अमेरिकाले गरेको एयर स्ट्रइकमा इरानका एकजना लोकप्रिय मेजर जनरल कासिम सुलेमानीसँगै केही सैनिकको हत्या भएको थियो। त्यो घट्नाले विश्व राजनीति तरङ्गित भयो। उतिबेला पनि अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्प थिए।

बसन्त कुमार उपाध्याय

बसन्त कुमार उपाध्याय - काठमाडौं

माधवमाथि ‘अख्तियार’ : सन्काएकै हुन् त ओलीले आँखा ?

नेपालका पाका वामपन्थी नेता माधव नेपालमाथि ‘अख्तियार’ लागेको छ। राजनीतिक जीवनको उत्तरार्द्धमा भ्रष्टाचारको अभियोग; सामान्य कुरा हैन। तर, प्रश्न के पनि हो भने यो अभियोग नेपाललाई तारो बनाइरहेका ओली प्रधानमन्त्री भएको बेला उनले नै भर्ती गरेका आयुक्तहरूले लगाएका छन्। यसले ओली र अख्तियार दुबैलाई शंकाको घेरामा उभ्याएको छ।

प्रदीप भट्टराई

प्रदीप भट्टराई - अमेरिका

ती ज्ञानेन्द्र, यी ज्ञानेन्द्र…, ती ओली, यी ओली

राजावादी आन्दोलनको रमाइलो दृश्यचाहिँ कमल थापालाई झ्याल्टुङ पार्दाको हो । २०६२/६३मा कयौ आन्दोलनकारीलाई झ्याल्टुङ पार्ने तत्कालिन शाही गृहमन्त्री थापाको यो हरिबिजोग दृश्यले ‘सबैको राम्रो/नराम्रो दिन आउँछ, पर्खनु मात्र पर्छ’ भनेको ठीकै रहेछ भन्ने दृष्टान्त मिल्छ ।

प्रदीप भट्टराई

प्रदीप भट्टराई - अमेरिका

अरे! जतिखेर पनि साथी ‘लोडसेडिङ’

अरे जतिखेर पनि साथी लोडसेडिङ दिनमा होश या सधैं राति लोडसेडिङ कि त कैले नआउनु कि त सधैं आउनुनी जनताको के लाग्छ र ताँती लोडसेडिङ अरे जतिखेर पनि साथी लोडसेडिङ

तेजन खड्का

तेजन खड्का - झापा

गणतन्त्रभित्र लुकेको ‘क्रुर’ राजतन्त्र!

नेपालमा संघीय गणतन्त्र घोषणा भएको झण्डै दुई दशक पुग्न लाग्यो। तर यतिका वर्षपछि पनि नेपाली जनताको मनमा एउटा घोचिलो यथार्थ गढेर बसेको छ- यो गणतन्त्र त कतै घाँटीमा अड्किएको गलगाँड जस्तै त हैन? हाम्रो जुन सुन्दर देश थियो, जुन देशले आशा, बलिदान र सपना बोकेको थियो, त्यो देश अहिले गणतन्त्रको आवरणमा कुरुप हुँदै गएको छ। नेपाली जनताले कहिल्यै कल्पना नगरेको  अनुभव गर्न थालेका छन्- शायद ०६२/६३ को जनआन्दोलन एउटा अक्षम्य अकर्मण्यता थियो, जुन आन्दोलनले नयाँ युगको सुरुवात होइन, पुरानै अन्यायको बाढीलाई नयाँ स्वरूपमा स्थापित गर्‍यो भनेर। गणतन्त्र हो कि त्यसमा लुकेको राजतन्त्र? नेपाली जनताले सोचेका थिए अब शासन गर्नेहरू जनताकै छोराछोरी हुनेछन्। तर आजको यथार्थ के छ? के गणतन्त्र साँच्चै नेपाली जनताका छोराछोरीले चलाएको  शासन प्रणाली हो त? यो त गणतन्त्रको आवरणमा त्यस्तो शासन प्रणाली लादिएको छ, जसमा नेता आफैंलाई राजा सम्झन्छन्। जनताको मतमार्फत सत्ता पुगेका उनीहरू, जनताको दु:खप्रति उत्तरदायी बन्नुको साटो फूलमाला, भाषण र विशेषाधिकारको महलमै रमाइरहेका छन्।

अरुण सापकोटा

अरुण सापकोटा - काठमाडौं

नेपालको राजनीतिमा ‘युगान्तकारी’ नेतृत्वको आह्वान

नेपालको राजनीतिक परिदृश्य संकटको गहिरो खाडलमा फसेको छ। प्रमुख दलहरूको भ्रष्टाचार, स्वार्थकेन्द्रित नीति र शासकीय अक्षमताले जनताको विश्वास पूर्णरूपमा गुमेको छ। नयाँ दलहरूले पनि प्रारम्भिक आशालाई कायम राख्न नसकेर विवाद र अस्थिरताको दलदलमा फस्दैछन्। जनताले अब सक्षम, इमानदार र परिणाममुखी नेतृत्वको खोजी गरिरहेका छन्। देशलाई यो अँध्यारो युगबाट मुक्त गर्न बालेन्द्र शाह, सर्वेन्द्र खनाल र कुलमान घिसिङजस्ता असाधारण व्यक्तित्वहरूको नेतृत्व अपरिहार्य छ। नेपालको राजनीतिक संकटले देशलाई पछाडि धकेलिरहेको छ। प्रमुख दलहरूले सत्ताको दुरुपयोग, भ्रष्टाचार र नीतिगत अस्थिरतामार्फत जनआकांक्षालाई कुण्ठित बनाएका छन्। विश्व बैंकका अनुसार नेपालको आर्थिक वृद्धिदर सन् २०२४ मा जम्मा ३.३५ प्रतिशत रहने अनुमान छ, जुन दक्षिण एसियाको औसतभन्दा कम हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भारतको ‘दुश्मन’ पाकिस्तानसँग नेपालको साइनो कस्तो छ?

भारतसँग नेपालको जति साइनो अनि सम्बन्ध छ, पाकिस्तानसँगै त्यत्ति धेरै छैन। भूगोल, समाज, संस्कृती र रहनसहनमा झाँगिएको नेपाल-भारत सम्बन्धमा ‘गोर्खा सैनिक’ त्यही सम्बन्धको अर्को एउटा आयाम हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

तिमी एक्लो छैनौ…

मेरो मस्तिष्कबाट फुटबलको क्रेज डिलिट भएको करिब दश१० वर्ष नाघ्यो। फुटबलप्रति म निकै आकर्षित थिएँ। अतितको परिवेश र रुचिहरूको आकस्मिक मिलन थियो त्यो सायद। फुटबल प्रेमीहरू एककट्ठा हुन्थ्यौँ ठुलठूला म्याच खेलिने रात। म्याच हेर्न कै लागि राति अनिँदो बस्थ्यौँ। कसैको काेठामा होस् वा कुनै मनपर्दो रेस्टुराँमा, साथीभाइहरूको जमघट भइछाडथ्यो। मन मिल्ने साथीहरूको आगमन हुन्थ्यो। अनि उत्साह अझै चुलिन्थ्यो। बियरका बाेतलहरू प्वाट्टप्वाट्ट खोलिन्थे। नशा झम्म चड्थ्यो, उता खेलाडीहरू तँछाडमछाड गर्थे। यता हामी रेफ्रीलाई रातो कार्ड देखाउन दबाव दिन्थ्यौँ। मानौँ उनीहरू हैन हामी स्वयम् मैदानमा छौँ। डेबिड बेक्खमले हैन फ्री-किक मैले लिँदैछु। ओवेनले हैन गोल मैले गर्दैछु।

राहुल भट्टराई

राहुल भट्टराई - बैंकक, थाइल्यान्ड

ओलीमुक्त एमालेका लागि 'त्रुपको पत्ती'

नेपाल यतिबेला राजनीतिक बुमर्याङमा फसेको छ। यसका लागि सबैभन्दा बढी जिम्मेवार कोही छ भने त्कोयो ओली नै हुन्। उनलाई एमाले अध्यक्षबाट विस्थापित नगरी देशले निकास पाउँदैन। त्यसका लागि 'त्रुपको पत्ती' हुन सक्ने भनेको विद्यादेवी मात्रै हुन्।

प्रदीप भट्टराई

प्रदीप भट्टराई - अमेरिका

सिन्धु जल सम्झौता खारेज, पाकिस्तानी कुटनीतिज्ञहरूलाई भारत छोड्न आदेश

पाकिस्तानले सिमापार आतंकवादलाई दिएको समर्थन फिर्ता नभएसम्मका लागि सिन्धु जल सम्झौताको स्थगन लगायत अरु कैयौ निर्णयहरू पनि लागु हुनेछन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

आफ्नै छोरीमाथि पटक पटक बलात्कार, मुख मैथुन र भिडिओ रेकर्ड…

एक त्यस्ती छोरीको कथा हो जसलाई आफ्नै बुवाले घरमै बलात्कार गरिरहे। एकपटक होइन, पटक पटक। धेरै पटक। बलात्कारमात्रै गरेनन्, भिडिओ बनाए। नीलो सिनेमाको स्टाइलमा उनले पोजिशन-पोजिशनमा जबर्जस्ती गरेका भिडिओहरू खिचेर उनले आफ्नै मोबाइलमार्फत गुगल ड्राइभमा सेभ गरे।

डिल्ली पाण्डे

डिल्ली पाण्डे - काठमाडाैँ

कहिल्यै हैकम नचलाएका ‘नमूना हाकिम’

इमानदार भएकै कारण अधिकारीले विभिन्न कालक्रममा धेरै हण्डरहरू खाएको कुरा उनकै पुस्तक ‘ओगिल्जा’ मा र नियमित प्रकाशन भइरहने उनकै लेखहरूबाट प्रष्ट हुन्छ। छट्टुहरूका लागि सरकारी जागिर फलिफाप सिद्ध छ भने इमानदार र कर्तव्यनिष्ठ कर्मचारीको खासै स्थान छैन। उनी २०७५ सालमा कार्यालय नै नभएको ठाउँमा सरुवा गरिए र एकवर्षसम्म तनाव व्यहोरे। त्यस्तै लेखापालहरूका बदमासीका कारण पाउनुपर्ने भत्ताहरूबाट बञ्चित भए। मन्त्रीका स्वकीय सचिवले आफ्नो कुर्सी टेबुल र कार्यकक्ष नै हडपेपछि उनी दुई महिनासम्म बिदा लिएर बसे। बिदा सकिएपछि अनिवार्य अवकाश लिए र निरन्तर रुपमा साहित्य-लेखनमा तल्लिन भए। साथीले उनलाई ‘दुई वर्षको अवधिमा करोड कमाइ हुन्छ, रमाना लिएर जानुस्’ पनि भनेका रहेछन्। तर उनले धनलाई पटक्कै महत्व दिएनन्। सेवाग्राहीले कोटको भित्री खल्तीबाट हजारका नोटको बिटो दिनखोज्दा सो फर्काइदिएको प्रसङ्ग पनि बताउँछन्। प्रलोभन देखाएर काम गराउन खोज्नेहरूलाई पनि उनले बेवास्ता गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

लोकरिझ्याइँको राजनीति

हामी सबैलाई थाहा छः राजनीति मुलुक र जनताको मार्गनिर्देशन गर्ने साधन हो। यथार्थमा हुनुपर्ने नीतिको राज हो। तर, विडम्बना नीतिमाथि राज भइदिँदा यही राजनीतिमा स्वार्थ र धूर्तता मक्किएर विचारधारा बन्धक बनेको छ। जसको परिणाम स्वरुप जनतामा निराशा र वितृष्णा उत्पन्न भएको हो। समृद्धि ल्याउँछौं, शिक्षा, स्वास्थ्य निःशुल्क बनाउँछौं, भ्रष्टाचार अन्त्य गर्छौं भनेको जनताले बर्षौंदेखि सुनेका छन्। तर सत्तामा पुगेपछि चुनावी नारा भुलिन्छन्, बाचा कागजमै सीमित रहन्छन्। जसको परिणाम स्वरुप आज जनता निराशा र वितृष्णाले ग्रस्त भएका छन्। जनतामा फैलिएको यही चरम निराशा र वितृष्णाको फाइदा उठाएर आफ्नो स्वार्थको रोटी सेक्न विभिन्न वर्ग र समूहहरू सलवलाउन थालेका छन्। जो राजनीतिलाई केवल शक्ति हत्याउने औजार ठान्छन्। उनीहरू सँग न कुनै योजना छ, न कुनै दृष्टिकोण छ, न त कुनै विचार छ, न त नेतृत्व दिन सक्ने सामर्थ्य नै छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं