
ओम आचार्य
ओम आचार्य
पन्ध्रौं महाअधिवेशनमा वर्तमान सभापति शेरबहादुर देउवाले सभापतिमा विधानत उम्मेदवारी दिन नपाउने भएपछि संस्थापन समूहभित्रनै देउवा कमजोर र निरीह बन्दै जाने अवस्था सिर्जना हुँदै गएको देखिएको छ।
संस्थापन समूहभित्र सात भाईको दवाब र प्रभाव सभापति देउवामा भारी पर्न थालेको छ। सात भाईको निर्णयभन्दा फरक निर्णय देउवाले गर्न नसक्ने परिस्थिति सात भाईले गरेका छन्। देउवाको रुचि आफूपछिको उत्तराधिकारीमा छनौट गर्दा सात भाईको निर्णय र रुचि भन्दा फरक हुने कारणले नै सात भाई यस विषयमा एक मत भएका हुन।
विगत दश वर्षभन्दा अघिदेखि देउवा निकट रहेर देउवा कै छायाँ भएर राजनीतिक सहयोग गर्दै देउवालाई पार्टीभित्र ‘एक्का’ बनाएका समूहभित्र कै सात भाईको घेराबन्दीमा देउवा पर्दै गएका छन्। सात भाईको निर्णय र इच्छित पात्र विपरित देउवाको इच्छित पात्र भोलिको उत्तराधिकारी घोषित भएमा कांग्रेसको राजनीति देउवाकै पकडमा रहिरहने र सात भाईको निष्कर्ष पुनः देउवाकै वरिपरी घुमिरहनु पर्ने दृष्य सात भाईले देख्न थालेका छन्।
यही दृष्यबाट मुक्त हुन सात भाईले गुप्त र मौन विद्रोह गरे र हाम्रो निर्णय देउवाले स्वीकार्नु पर्छ भन्नु हो। सात भाईले यस विषयमा पटक-पटक दवाब र प्रभाव पार्न थालेका छन्। संस्थापन समूहभित्र सात भाई मात्र छैन त्यो समूह बाहिर पनि देउवाका सहयोगी र विस्वास पात्र छन्। अहिले कांग्रेसभित्र कांग्रेसको संगठनलाई कमजोर र निरिह बनाउन नचाहे पनि नगरे पनि संस्थापन समूहको त्यो द्वन्द्वले गुप्त काम गरेकै छ र कालान्तरमा त्यो उदघाटित हुनेछ।
अहिले कांग्रेस तेह्रौं, चौंधौ महाअधिवेशन पूर्वको अवस्थामा छैन। अहिले कांग्रेसको इतिहासमै संगठन सबैभन्दा खराब र जर्जर अवस्थामा छ। कांग्रेसको कुनै पनि भातृसंघ संगठन दुरुस्त, चलायमान र उर्जाशील छैन। क्रियाशिल सदस्यता हाल सम्म नविकरण हुन नसक्नु, भातृ संघ संगठन को अधिवेशन हुन नसक्नु, जनतामा कांग्रेस जान र नजिक हुन नसक्नु कांग्रेस कमजोर हुनु आन्तरिक सांगठनिक कारण हो भने राष्ट्रिय र बाह्य कारण गणतन्र आएपछि सरकार संचालनमा कांग्रेस कम्युनिष्टदल संग गठबन्धन गर्दै सरकारमा बस्नु या सरकारको नेतृत्व गर्नु पनि कांग्रेसको राजनीति विचार आदर्श निष्ठा स्खलन हुँदै गएको हो।
गठबन्धनमा कांग्रेस पसेपछि कांग्रेसले गठबन्धनको औचित्य र आवश्यक्ता देखाउँदै सहमति बमोजिम कार्यसम्पादन गर्ने वचनवध्दतामा गरे अनुसार गर्न नसक्नु जन विस्वास बढाउन नसक्नु नै हो। अझ अहिले गरेको गठबन्धन त संविधान संशोधन भन्दै सात बुँदे सहमति गर्नु र सहमतति अनुसार केही हुँदै नहुनु कांग्रेस सांगठिक रुपमा कमजोर देखिनु बाह्य कारण हो। यसले कांग्रेसको राजनीति, आदर्श, सिद्धान्त र विचार धुमिल हुँदै गएको छ।
०१७ भन्दा पूर्व र राणाकालीन समयमा नेपाली कांग्रेसको सांगठनिक अवस्था अहिलेको जस्तो थिएन। लुकीछिपी संगठन चलाउनु पर्दथ्यो। २०१७ पछि पनि कांग्रेस प्रतिवन्धित अवस्थामै थियो। त्यतिखेर संगठन कमजोर भएपनि कांग्रेसको सिद्धान्त विचार र निष्ठा बलवान थियो। बीपीको विचारमा कार्यकर्ता समाहित थिए। बीपीको निर्देशनमा आफ्नो ज्यान दिन तयार थिए।
बीपीकै विचारमा कांग्रेस जीवित र बलियो थियो र कार्यकर्ताहरूमा गर्व थियो। धेरै प्रतिगामीहरूको अगाडि एक कांग्रेसी नै भारी पर्थ्यो। अहिले बीपीले लिएको सिद्धान्त विचार र निष्ठा कांग्रेसले बोकिरहेको छैन। कांग्रेसमा सुकिला मुकिलाहरूको दब्दबा भएर सबै लोभीपापी देखिएका कारणले नै कांग्रेसको संगठन कमजोर हुँदै गएको छ। संगठनको लागि झुन्ड र भिड बोकेर हिडनुभन्दा सिद्धान्त, विचार र निष्ठा बोक्नुपर्ने बीपीको सन्देश अहिले कांग्रेसले बिर्सिएको छ र संगठन कमजोर भएको छ।
राजनीतिक दलभित्र संस्थापन र संस्थापन इतर हुनु स्वभाविक
अहिले सबै दलहरूमा संस्थापन र संस्थापन इतर छन्।अन्य दलको तुलनामा अपेक्षाकृत बढी नेपाली कांग्रेसमा छ। कांग्रेस प्रजातान्त्रिक पार्टी भएकै कारण यस्तो हुनु स्वभाविक हो। यसले पार्टीमा रहेको विसंगती र कमिकमजोरीलाई मात्रै इंगित गर्दैन, नेतृत्व तहमा बसेका विरुद्ध पनि खबरदारी गर्छ। गुण र अवगुण दुवैको पार्टीमा बहस र छलफल गर्दै सच्चिन र सुधार गर्न नेतृत्व तहलाई ध्यानाकर्षण गराउँछ।
कांग्रेस बाहेकका दलहरू अझ विशेष वामपन्थी दलहरूमा संस्थापन इतर हुनु राम्रो मान्दैन ती दलहरूमा लोकतान्त्रिक संस्कारभन्दा दलभित्र नेतृत्व तहको तानाशाह प्रवृती अधिनायक प्रवृति हुन्छ।
भर्खरै गोदावरीमा भएको एमालेको विधान अधिवेशनमा पनि संस्थापन इतरलाई फरक मत राख्न बन्दज गर्दै लोकतन्त्रको अभ्यासमा संकुचन नियन्त्रण गरेको छ। संस्थापनको यहि गुण, राजनितिक सस्कार, विशेषता र प्रवृतिका कारण अन्य दलको तुलनामा कम्युनिष्ट दलमा धेरै विभाजन आएको देखिन्छ।
कांग्रेसको संस्थापन इतर
अहिले कांग्रेसको संस्थापन इतरको नेतृत्व डा. शेखर कोइरालाले गरेका छन्। डा. शेखर अहिले कांग्रेसभित्र ठूलो चुनौतीको सामना गर्दै छन्। उनको चुनौती प्रथम त संस्थापन इतरको नेतृत्व गर्नु हो भने अर्को चुनौती भनेको अहिलेको कांग्रेसको वर्तमान सांगठनिक अवस्थाको सुधार गर्नु र बीपीपथमा अग्रसर गराउनु हो। अर्को कांग्रेसले गरेको वर्तमान गठबन्धनको सरकार।
जस्तोकी अहिले भर्खरै कांग्रेस एमालेको गठबन्धनको सरकार भएपनि कम्युनिष्ट दलको सभापतिको नेतृत्वको सरकारले सामाजिक संन्जालमा रोक लगाएर विचार र अभिव्यक्तिको स्वतन्त्रतामा जुन अंकुस लगाएको छ जुन प्रतिवन्ध लगाएको छ त्यो आश्चर्य हैन।
विचार र अभिव्यक्ति स्वतन्त्रता पहिलो शर्त मान्ने कांग्रेस वर्तमान गठबन्धन सरकारमा रहेर यस्तो निर्णय आउनु चै आश्चर्य हो। कांग्रेसको विचार र सिद्धान्तको प्रतिवद्धता विरुद्ध पनि हो। यसले कांग्रेसको छवि र संगठनमा प्रतिकुल असर पारेको छ।
संस्थापन अहिलेको गठबन्धन जसरि पनि जिवित राख्न चाहान्छ। संस्थापनले गठबन्धन जीवित राख्ने निर्णय गर्दै गर्दा कांग्रेस को संगठनमा कांग्रेसको छविमा परेको नकरात्मक प्रभाव देखिरहेको छैन।
त्यो डा. शेखरले देखे र सार्वजनिक मंचबाटै भन्न थाले- ‘सत्य बोल्नुस् तपाईंहरू सत्य बोल्नुस् तपाईंहरूको सुरक्षाको जिम्मेवारी म लिन्छु। अहिले कांग्रेसको दलभित्रको र सरकारको गलत निर्णय र क्रियाकलापको विरोध मात्रै गरेका छैनन् त्यसको सामना गर्ने विधि त्यसको उपचार गर्ने पद्धती समेत राख्दै आएका छन्।
यही कारणबाट डा. शेखरमाथि एक साथ सरकार र संस्थापन कमजोर वनाउन लागेको छ। यसको ज्वलन्त उदाहरण केही समयपूर्व उनका नजिक रहेका केही कारबाही पर्नु। अहिले संस्थापनको ध्यान संगठनमा भन्दापनि सरकारमा केन्द्रीत छ। र शेखरको ध्यान संगठनमा छ। यस्तो हुनु पनि पन्ध्रौं महाधिवेशनमा शेखर कोइरालाको सभापतिको उम्मेदवारी हो भने संस्थापनबाट सभापति देउवाले पुनः सभापतिमा विधानत हुन नपाउनु पनिले पनि संस्थापनको ध्यान सरकारमा केन्द्रीत भएको हुन सक्छ।
अहिले कांग्रेसको लागि सरकार गौण र संगठन प्रमुख हुनु पर्ने तर त्यस्तो भइरहेको छैन। प्रधानमन्त्री केपी ओलीले सरकार पुर्नगठन गर्ने कुरा गरिरहदा कांग्रेस सहमत नहुनु पनि सरकारको स्थाइत्वमा सन्देह देखेर हुन सक्छ या प्रस्न लाग्न सक्छ प्रस्न आउन सक्छ। कांग्रेसभित्रनै या कांग्रेस बाहिरबाटै पनि नयाँ समीकरण बन्नसक्ने सम्भावना देखेर नै कांग्रेस पछाडि परेको पनि हुनसक्छ। यदी यस्तो हो भने यसले कांग्रेसको संगठन नै पछाडि पार्न सक्छ।
यो कांग्रेसको लागि संगठनको लागि शुभ हैन।
डा. शेखरको अर्को चुनौती
कोइराला परिवारको विरासत बोकेर राजनीति गर्दै आएका तीन कोइराला तीनतिर छन्।
डा. शशांक संस्थापनभित्र रहेर आफ्नो राजनीति पहिचान बनाउन र शिखरमा पुर्याउन चाहन्छन भने सुजाता पछिल्लो समय डा. शेखर नजिक देखिएकी छन्। डा. शशांकबाट संगठनको नेतृत्व लिन सक्ने अवस्था कांग्रेसले नै देखिरहेको नभए पनि बीपीपुत्र कै लिगेसीले आफ्नो बायोडाटा वनाएका र डा. शशांक कांग्रेसको राजनीतिमा चलयमान देखिरहेका छन्। डा. शेखर र डा. शशांक दुवै आगामी पन्ध्रौं महाअधिवेशनमा सभापतिको लागि दावेदारी प्रस्तुत गरीसकेछन्। यस्तो परिस्थिति डा. शेखरको लागि सभापति हुन चुनौतीपूर्ण देखिएको छ।
डा. शेखरले यी दुई कोइरालालाई मिलाएर लान सक्नुभयो भने संस्थापनभित्र जतिसुकै एकता भएपनि डा. शेखरलाई सभापति बन्न कसैलै कतैबाट पनि रोक्न र निषेध गर्न सक्ने छैन। यो चुनौती भेदन गर्न यसलाई छिन्न भिन्न गर्न उनको राजनीतिक कौशलतामा निर्भर हुनेछ।
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको अन्तराष्ट्रिय दिवसः न्यायको आशा न भरोसा!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया