बिएल संवाददाता
फिस्टेल डेरी प्रालि अन्तर्गत उत्पादित ‘नोभा’ ब्राण्डको चकलेट आइसक्रिमको एउटा ब्याचमा गुणस्तरसँग सम्बन्धित समस्या देखिएपछि उत्पादकले ती उत्पादन बजारबाट फिर्ता गर्ने भएको छ।
हालै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागद्वारा गरिएको परीक्षणका क्रममा नोभा चकलेट आइसक्रिमको १००० मिलिलिटर प्याक, ब्याच नम्बर CO2, उत्पादन मिति १९ साउन २०८२ उल्लेख भएको सीमित उत्पादनमा गुणस्तरसँग सम्बन्धित विषय देखिएको जानकारी पाएपछि उत्पादकले उपभोक्ताको स्वास्थ्यप्रति गम्भीर र जिम्मेवार रहेको बताएको हो।
आइसक्रिम तापक्रमप्रति अत्यन्त संवेदनशील उत्पादन भएकाले उत्पादन, ढुवानी, भण्डारण तथा बिक्री प्रक्रियामा उचित ‘कोल्ड चेन’ कायम नरहेमा ब्याक्टेरियाको वृद्धि हुनसक्ने सम्भावना रहने कम्पनीले जनाएको छ। कम्पनीले एकपटक पग्लिएको आइसक्रिम पुनः फ्रिज गर्दा ब्याक्टेरियाको वृद्धि रोकिन सक्छ, तर ब्याक्टेरिया पूर्ण रूपमा नष्ट नहुने वैज्ञानिक तथ्यप्रति सचेत रहेको बताएको छ।
‘उक्त विषयलाई मध्यनजर गर्दै सम्बन्धित ब्याचको उत्पादन बजारबाट फिर्ता गर्ने प्रक्रिया अघि बढाइएको छ। साथै, कम्पनीले आन्तरिक गुणस्तर परीक्षण, उत्पादन प्रक्रिया पुनरावलोकन तथा कोल्ड चेन अनुगमनलाई थप कडाइका साथ लागू गरिरहेको जानकारी गराउन चाहन्छौं,’ कम्पनीले प्रेस विज्ञप्ति जारी गर्दै भनेको छ।
CO2 ब्याच उत्पादन मिति १९ साउन २०८२ भएको बाहेक नोभाका अन्य उत्पादनहरूमा कुनै गुणस्तरीय समस्या नरहेको कम्पनीले जनाएको छ। उपभोक्ताहरूलाई उत्पादन मिति तथा उपभोग अवधि ध्यानपूर्वक जाँच गरी मात्र उत्पादन प्रयोग गर्न कम्पनीले आग्रह गरेको छ।
‘हामी उच्चतम गुणस्तर मापदण्ड पालना गर्न प्रतिवद्ध छौं र सम्पूर्ण खुद्रा विक्रेता तथा वितरण साझेदारहरूलाई तापक्रम संवेदनशील उत्पादनहरूको सुरक्षित भण्डारण तथा उचित कोल्ड चेन कायम राख्न विशेष आग्रह गर्दछौं। उपभोक्ताबाट प्राप्त सुझाव, गुनासा तथा विश्वासलाई हामी उच्च सम्मान गर्दछौं। आगामी दिनमा अझ पारदर्शी, जिम्मेवार तथा उत्तरदायी ढंगले अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछौं,’ कम्पनीले भनेको छ।
स्वदेशी कम्पनी फिस्टेल डेरीले विगत १७ वर्षदेखि गुणस्तरीय, सुरक्षित तथा विश्वसनीय दुग्धजन्य उत्पादन उपभोक्तामाझ पुर्याउने प्रतिबद्धतासहित सञ्चालन हुँदै आएको दाबी गरेको छ।
‘कसैले जित्ने वा हार्ने होइन, न्याय मार्ने काम भइरहेको हेक्का होस्’
यसरी त कसरी चल्ला र देश ?
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया