संगीता अर्याल
लोकतन्त्रको वास्तविक शक्ति सरकार, संसद वा नेतामा मात्र सीमित हुँदैन। यसको सबैभन्दा ठूलो आधार सचेत नागरिक हुन्।
जनता जिम्मेवार भए लोकतन्त्र बलियो हुन्छ, तर जनता नै अन्धभक्त वा निष्क्रिय भए लोकतन्त्र कमजोर बन्छ।
आजको राजनीतिक र सामाजिक परिवेशमा सबैभन्दा आवश्यक कुरा भनेको नागरिक चेतना हो।
हामीले आफूलाई केवल मतदाता मात्र होइन, जिम्मेवार नागरिकको रूपमा बुझ्न आवश्यक छ। चुनावमा भोट हालेर कर्तव्य सकियो भन्ने सोच लोकतन्त्रका लागि पर्याप्त हुँदैन।
लोकतन्त्र निरन्तर सहभागिता, निगरानी र जिम्मेवारीको अभ्यास हो। त्यसैले हामी जनता हौँ भने जनताजस्तै व्यवहार गर्नुपर्छ।
नेपालको राजनीति बिग्रिएको भनेर नेताहरूलाई मात्र दोष दिने चलन पुरानो भइसकेको छ। वास्तविक प्रश्न भनेको–के नागरिक स्वयं लोकतान्त्रिक रूपमा परिपक्व छन्?
राजनीतिक दलहरू किन सुध्रँदैनन्? किनभने अन्धभक्त समर्थकहरूको अभाव छैन।
जब गलत निर्णयमा पनि ताली बजाइन्छ, तब नेतृत्व सुधारिनुपर्ने दबाब समाप्त हुन्छ। लोकतन्त्रमा खराब नेता आकस्मिक रूपमा जन्मिँदैनन्; उनीहरू कमजोर नागरिक चेतनाको उत्पादन हुन्छन्।
'मेरो नेता सही, तेरो नेता गलत' भन्ने मानसिकताले नीति बहसलाई समाप्त गरेको छ। परिणामस्वरूप राजनीति विचारहीन प्रतिस्पर्धामा सीमित भएको छ।
नागरिकले व्यक्तिपूजा छोडेर नीति, पारदर्शिता र परिणामको आधारमा मूल्यांकन गर्न थाले मात्र राजनीतिक संस्कार बदलिन्छ, त्यसैले झोले मानसिकता होइन, सचेत नागरिकताको अभ्यास आवश्यक छ।
राजनीतिमा समर्थन स्वाभाविक हो, तर अन्धभक्ति खतरनाक हुन्छ। जब नागरिकले आफ्ना नेताका गलत निर्णयलाई पनि बचाउन थाल्छन्, तब लोकतन्त्र कमजोर बन्छ।
नागरिकको भूमिका 'वाच–डग' को जस्तै हुनुपर्छ। राम्रो कामलाई खुलेर समर्थन गर्ने र गलत कामलाई साहसका साथ प्रश्न गर्ने। नेता कस्तो बन्ने भन्ने कुरा अन्ततः जनताकै चेतनाले निर्धारण गर्छ।
हाम्रो समाजमा अझै पनि व्यक्ति केन्द्रित राजनीति हावी छ। 'तेरो नेता' र 'मेरो नेता' भन्दै विभाजन सिर्जना गरिन्छ। तर देश कुनै एक व्यक्ति वा दलको होइन; यो सम्पूर्ण नागरिकको साझा जिम्मेवारी हो। त्यसैले व्यक्तिभन्दा नीति, योजना र कामको आधारमा मूल्यांकन गर्ने संस्कार विकास गर्न आवश्यक छ।
भावनात्मक बहसले होइन, तथ्य र परिणामले निर्णय गर्न सिक्नुपर्छ।नेपाल को अहिलेको अबस्थाको संदर्भमा भ्रष्टाचार लोकतन्त्रको सबैभन्दा ठूलो चुनौती हो।
भ्रष्टाचार देखेर पनि चुप लाग्नु भनेको त्यसलाई स्वीकार गर्नु जस्तै हो। जहाँ अन्याय हुन्छ, त्यहीँ आवाज उठाउनु नागरिक कर्तव्य हो। पारदर्शिता र जवाफदेहिताको माग नागरिकबाटै सुरु हुन्छ।
भ्रष्टाचार केवल सरकारी समस्या मात्र होइन। यो सामाजिक मौनताको परिणाम पनि हो। जहाँ अन्याय हुन्छ, त्यहीँ आवाज उठाउनु नागरिकको कर्तव्य हो। चुप लागेर बस्नु भनेको गलतलाई अप्रत्यक्ष समर्थन गर्नु हो।
पारदर्शिता, जवाफदेहिता र न्यायको माग नागरिकबाटै सुरु हुन्छ।
देश विकास भाषण, नारा वा सामाजिक सञ्जालका बहसले मात्र सम्भव हुँदैन। विकास तब सम्भव हुन्छ जब नागरिक स्वयं जिम्मेवार बन्छन्–नियम पालन गर्छन्, सकारात्मक सोच राख्छन्, सुझाव दिन्छन् र आवश्यक पर्दा खबरदारी पनि गर्छन्। जब जनता सही बाटोमा हिँड्छन्, तब नेताहरू पनि सही बाटोमा हिँड्न बाध्य हुन्छन्।
लोकतन्त्रको सबैभन्दा ठूलो शक्ति संविधान वा संस्था होइन, सचेत जनता हुन्। नागरिक जागरुक भए कुनै पनि प्रणाली बलियो हुन्छ; नागरिक निष्क्रिय भए उत्कृष्ट व्यवस्था पनि कमजोर हुन्छ। त्यसैले देश बनाउने जिम्मा अरू कसैको होइन– हामी सबैको हो।
यदि हामी साँच्चै समृद्ध, न्यायपूर्ण र पारदर्शी देश चाहन्छौँ भने एउटा सरल सिद्धान्त अपनाउनुपर्छ: राम्रोलाई समर्थन गरौँ, नराम्रोलाई खबरदारी गरौँ। व्यक्ति होइन, काम र नीतिको मूल्यांकन गरौँ। अन्धभक्त होइन, जिम्मेवार नागरिक बनौँ।
किनकि बलियो लोकतन्त्रको आधार सत्ता होइन, सचेत जनता नै हुन्।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया