बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी कोशी प्रदेशको सभापतिमा चन्द्रबहादुर राई निर्वाचित भएका छन्।
पहिलो प्रदेश अधिवेशनबाट मोरङका राई निकटतम प्रतिष्पर्धी गोमा तामाङ ‘सरिन’लाई हराउँदै सभापतिमा निर्वाचित भएका हुन्।
अन्तिम मतपरिणामअनुसार राईले २८० मत प्राप्त गर्दा तामाङले १४१ मत प्राप्त गरिन्। त्यस्तै अन्य उम्मेदवार चन्द्रकुमार गौली ले २७ र डा. खगेन्द्र कटुवालले ४१ मत प्राप्त गरे।
सभापतिमा निर्वाचित राई रास्वपा बालेन पक्षका मानिन्छन्। राई रास्वपामा स्थापनादेखि नै आवद्ध थिए। यद्यपि कोशी अधिवेशनमा उनलाई जिताउन बालेन समूहका केन्द्रीय पदाधिकारीहरू तथा नेता र सांसदहरूले प्यानल नै बनाएर प्रचार गरेका थिए।
प्यानल बनाएर लिस्ट बाँडेपछि सभापतिकी उम्मेदवार सभापतिको उम्मेदवार तामाङले नै विरोध जनाएकी थिइन्।
निर्वाचनमा पराजित भएसँगै रास्वपा कोशीकी कार्यवाहक सभापतिसमेत रहेकी तामाङले पार्टी परित्याग गरेको घोषणा गरेकी छन्।
राजनीतिबाट बिदा भएको घोषणा गर्दै तामाङले भनेकी छन्, ‘आखिर माथिको ह्विप भन्दै हराएरै छाड्यौ माननीय तृतीयज्यू र केन्द्रिय सदस्यज्यू, धन्यवाद तपाईं चौथाज्यूहरूलाई। सायद अनेक सेटिङ प्यानल बनाउन जानिन मैले, यो कारण गुटबन्दीको घाउले पिरोल्छ कोशीलाई भनेर, तर यो मेरो सोझो सिधापन आज दुखाइ भो सबैलाई। हजुरीको राजनीतिक गर्नै जानिनँ कमजोरी भो मेरो।’
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया