बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा मोरङको पहिलो जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ।
शनिबार सम्पन्न मतगणनाअनुसार भरत कँडेल २८३ मतसहित जिल्ला सभापतिमा निर्वाचित भएका छन्।
सभापति पदका अर्का उम्मेदवार कोषराज खनालले १३४ मत प्राप्त गर्दा सागर फुयालले ५६ मत पाए।
सचिव पदमा दिवस नेपाल १३० मतसहित विजयी भए। उनका निकटतम प्रतिस्पर्धी सुरेश कुमार श्रेष्ठले १२४ मत प्राप्त गरे। बुद्धिनाथ अधिकारीले ११९ र कुमार खुलालले १०३ मत पाए।
यस्तै, सहसचिव पदमा सृजना गिरी आचार्य ३२३ मतसहित निर्वाचित भइन्। उनका प्रतिस्पर्धी सन्तोष सिंह ९जगदीश० ले १४६ मत प्राप्त गरे।
जिल्ला अधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वले संगठन विस्तार, पार्टीको जनआधार सुदृढीकरण तथा स्थानीय तहसम्म पार्टी गतिविधि प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ। अधिवेशनलाई मोरङमा रास्वपाको संगठनात्मक सुदृढीकरणतर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया