सोमबार, ०८ जुन २०२६

फेरि गठबन्धन सरकारकै पुनरावृत्ति?

ओम आचार्य

ओम आचार्य

विराटनगर
News Image
• • •

प्रधानमन्त्री वालेन्द्र शाहले ‘नेपालले पनि भारतको जमिन मिचेको छ’ भन्ने अभिव्यक्ति दिएपछि प्रधानमन्त्रीमाथि मात्रै हैन रास्वपा नै संकटमा पर्ने देखिएको छ। जनताले भारी मत दिएर रास्वपालाई  झन्डै दुई तिहाई हुने गरी प्रतिनिधि सभामा पठाएकोमा उनीहरू अहिले आफैंलाईकोस्दै छन्। र तिनै जनता अहिले सडकमा वालेन्द्र शाहको विरोधमा उत्रिएका छन्। 

रास्वपामाथि जुन विश्वास र भरोसा राखेका थिए प्रधानमन्त्रीको अभिव्यक्तिपछि रास्वपाको मात्रै हैन त्यो दलको प्रतिनिधि बनाएर पठाएका प्रधानमन्त्रीका कारण दलका सभापति रवि लामिछानेको उज्यालो राजनीतिक दृष्य देखिरहेकाहरूको आँखा पनि मधुरो हुदै दृष्य धमिलो देख्न थालेका छन्।

झण्डै दुई तिहाइको बलियो र शक्तिशाली सरकार प्रमुखको पछिल्लो राजनीतिक अभिव्यक्तिका कारण अहिलेको शक्तिशाली दलका सभापति रवि लामिछाने आफ्नै दलबाट बनाइएका प्रधानमन्त्रीका कारण आफ्नो कद होचो हुदै खुम्चिनु र परिस्थितिबस् कमजोर हुदै गएको देखिन्छ।

भारतीय सत्तारुढ दलकाको निमन्त्रणामा पाँच दिने भारत भ्रमण गएका सभापति रवि लामिछानेको यो भ्रमणले उनको प्रधानमन्त्री शाहका कारण होचो र खुम्चिएको कद एकाएक उठेको छ। उनको मनोबल एकाएक उर्ध्वगतिमा उठेको छ।

रवि लामिछानेलाई भाजपा र भारतीय सरकारबाट गरिएको सम्मान अदभुत छ। उनलाई नेपालकै प्रधानमन्त्रीको भ्रमण जस्तै उच्च सम्मान र त्यही हैसियतमा स्वागत गरेको दखिन्छ।

भ्रमण समयमा उनले नेपालका तर्फबाट राखेका विचार र उनको विचारमा गरिएको रेस्पोन्स के रविले पार्टी सभापतिका हैसियतले पुरा गर्न सक्छन त? यो प्रश्न स्वयं रवि लामिछाने आफैंले आफैंसंग पनि गरिसकेको हुनुपर्छ। र भारतीय पक्षबाट पनि यसको उत्तरको बाटो खोज्नु पर्नेछ।

भारतमा पाएको सम्मान र इज्जतले दुई पटक गृहमन्त्री भइसकेका रवि लामिछाने राजनीतिक उचाइ आफैंमा खोज्दै छन्। राजनीतिमा गृहमन्त्री हुनु नै राजनीतिक सिद्धी प्राप्त हुदैन राजनीतिक सिद्धी त प्रधानमन्त्री हुनुमा नै मानिन्छ। अब रविमा यो भाव एकाएक जागृत भारत भ्रमणले गरायो।

अबको केही महिनाभित्र अर्थात असार ७ बाट हुने भनिएको महाधिवेशनपछि रविको लागि राजनीति सिध्दीको अवस्था सिर्जना हुने देखिन्छ। त्यही अधिवेशनपछि रवि लामिछाने नेपालको प्रधानमन्त्री बन्ने तयारीमा जाने अड्कल गरिँदै छ। जुन अहिले भारत भ्रमणबाट फर्किँदा पत्रकारले पनि यही प्रश्न गरेका थिए।

प्रधानमन्त्री वालेन्द्र शाहले अहिलेसम्म अन्तर्मनले रास्वपालाई हार्दीकतापूर्ण स्वीकारेको नहुन सक्छ। सरकार प्रमुखको नेतृत्व रास्वपाले फेर्न खोज्दा रविलाई त्यती सहज हुदैन। अन्ततः रास्वपामा विग्रह आउने सम्भावना मात्र हैन यो टडकारो देखिन्छ। यस्तो परिस्थितिमा रास्वपाले एक्लै सरकार निर्माण गर्न सक्ने हैसियतमा नहुन सक्छ। रास्वपामा विग्रह आए रास्वपा संस्थापन र इतर समूहमा पुगेपछि दुवैदलसंग संसदको १३८ संख्या पुग्न सक्दैन र पुनः देशमा गठवन्धनको सरकारकै जुन अभ्यास थियो त्यही अभ्यासको पुनरावृति हुने अवस्था आउछ।

यस्तो राजनीतिक परिदृष्यको निर्माण स्वयं प्रधानमन्त्रीको अहिलेसम्मको राजनीतिक गतिविधिबाट देखिन्छ। जस्तो की रवि लामिछाने र प्रधानमन्त्री बनेपछिका वालेन्द्र शाहबीच सरकार बनेदेखी नै राजनीतिक सौहार्द देखिएको छैन। सरकारमा गृहमन्त्रीको नियुक्तीदेखि उपसभामुख हुदै प्रधानन्यायाधीश बनाउनेमा असहमति हुदाहुदै पनि सहमति दिनु पर्ने बाध्यता रवि लामिछानेमा आएको बताइन्छ।

रवि लामिछाने दिल्लीबाट फर्के लगत्तै सीमा विवाद हल्ला गरेर ढोल पिटेर समस्या समाधान हुदैन भन्दै गर्दा उनको यो अभिव्यक्ति पनि प्रधानमन्त्री वालेन्द्र शाहलक्षित भएको टिप्पणी हुन थालेको छ।

रविमा एकाएक राजनीतिक उत्साह, साहस र महत्वकाक्षा भारत भ्रमण बाट उठेको र त्यो शान्त प्रधानमन्त्री बनेपछि मात्र हुने। र त्यो अवस्था भनेको पुनः गठवन्धन सरकारको बाटो हुन सक्छ?

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!