आइतबार, २६ अप्रिल २०२६

जुनसुकै मन्त्री आएपनि मलको हाहाकार हुन्छ– मन्त्री अधिकारी

कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले जुनसकै मन्त्री आएपनि मलको हाहाकार हुने बताएका छन्।  बिहिबार नेपाल डेरी एशोसियसनले काठमाडौंमा गरेको दही चिउरा प्रवद्र्धन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

मुकुल ढकालको रिटमा सर्वोच्चले असार १७ गते दुवै पक्षलाई बोलायो

सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्री दाबी गर्दै डा. मुकुल ढकालले दिएको रिटमा असार १७ गते दुबै पक्षलाई छलफलमा बोलाएको छ। बिहीबार सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको इजलासले दुबै पक्षलाई बोलाएर छलफल गराउने आदेश दिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

भारतमा उद्धारपछि फर्किएका नेपाली भन्छन्– धेरै यातना सह्यौ

‘पढेलेखेकालाई त्यही अनुसार नपढेकालाई त्यही अनुसार जागिर दिन्छु भनियो। धेरै साथीहरुलाई यस्तै झुटो आशा देखाएर बोलाएको रहेछ। हामीलाई त्यहाँ काम त दिइएन तर अन्य नेपालीहरुलाई पनि फसाउन धमाधम बोलाउने र फसाउने काम भयो। उनीहरुले भनेको मानेन भने कुटपिट गर्ने, मार्ने धम्की दिइयो। कुटपिटमा म लगायत मेरा धेरै साथीहरु परेका थिए। अरु धेरै नेपाली युवाहरु भारतमा गएर फसिरहेका छन्। उनीहरुलाई पनि छिटोभन्दा छिटो निकाल्नु पर्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - महेन्द्रनगर

सर्वोच्चका तीन प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी

संसदीय सुनुवाइ समितिमा सर्वोच्च अदालतका प्रस्तावित तीन न्यायाधीशविरुद्ध ७ उजुरी परेको छ। सिंहदरबारमा बिहीबार बसेको समिति बैठकमा सभापति ईश्वरीदेवी न्यौपानेले प्रस्तावित न्यायाधीशहरूविरुद्ध परेको उजुरीबारे जानकारी दिएकी हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

रास्वपाको महामन्त्री दाबी गर्दै सर्वोच्च अदालत पुगे मुकुल ढकाल

राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्रीमा आफूलाई कायम राख्नुपर्ने माग गर्दै डा. मुकुल ढकालले सर्वोच्च अदालतमा रिट दिएका छन्।  रास्वपाले आफूलाई निष्कासन गरेर गलत गरेकाे भन्दै उनले सर्वाेच्चमा रिट दिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

इरानको परमाणु परियोजना ध्वस्त भयो? पेन्टगन र सिआईएका ‘फरक-फरक’ आंकलन

तर अमेरिकी सञ्चारमाध्यम सिएनएन र न्यूयोर्क टाइम्सलगायतले पेन्टागनको गोप्य प्रतिवेदनका आधारमा ती परमाणु केन्द्रमा अमेरिकी आक्रमणले कुनै क्षति नगरेको भन्दै समाचार प्रकाशित गरेका थिए। ट्रम्पले त्यसलाई झुट भनेका छन् र ती सञ्चारमाध्यमहरूले ‘फेक न्यूज’ दिएको भनेर टिप्पणी गरे। अनि अहिले नेटो सम्मेलनका लागि हेगमा रहेका ट्रम्पले आफ्नो भाषण अनि पत्रकारहरूसँग पनि इरानका सबै परमाणु परियोजनाहरू ध्वस्त बनाइसकेको दाबी दोहोर्‍याइरहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

खराब सडकमा सवारी चले सिडिओलाई कारबाही गर्ने गृहमन्त्रीको चेतावनी

गृह सचिव गोकर्णमणी दुवाडी, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव शर्मा, प्रहरी महानिरीक्षक दिपक थापा, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल लगायत सरोकारवालाहरु सहितको बैठकमा त्यस्तो निर्देशन दिएका हुन्।  त्यस्तै वर्षा हुनसक्ने पूर्वानुमान गरिने वितिकै विपद् व्यवस्थापनसंग सम्बन्धीत राज्यका सबै संयन्त्रहरु चल्नु पर्ने र सडक क्षेत्रमा हुन सक्ने बाढी, पहिरो साथै जोखिमयुक्त सडकहरुमा सवारी आवागमन बन्द गर्न गृह मन्त्री लेखकले निर्देशन दिए।   ‘वर्षा हुने भनेपछि त्यस क्षेत्रमा सवारी चल्न दियो भने त्यहाँको प्रमुख जिल्ला अधिकारी, जिल्लाका प्रहरी प्रमुख, ट्राफिक प्रहरीका प्रमुखलाई कारबाही हुनेछ’ उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अब रुस-युक्रेन युद्ध रोक्ने रणनीतिमा छन् ट्रम्प

ट्रम्प आफूलाई शान्तिवादी नेता भन्दै आएका छन्। अघिल्लो कार्यकालमा उनले अमेरिकालाई कुनै पनि युद्धमा सामेल गराएनन्। यसकारण उनको प्रशंसा भएको थियो। यसपालि पनि चुनावी अभियानका क्रममा आफू राष्ट्रपति भएपछि संसारमा चल्दै आएका युद्धहरू रोक्ने वाचा गरेका थिए।  दोस्रोपटक राष्ट्रपतिको कार्यकाल सम्हालेलगत्तै उनले युद्धहरू रोक्ने प्रयास पनि गरेका थिए। खासगरी रुस-युक्रेन र इजरायल-हमासबीचको लडाईं रोक्न उनले थुप्रै प्रयासहरू गरेका थिए। तर वर्षौंदेखि चल्दै आएका यी युद्ध अझै रोकिएका छैनन्।  पछिल्लोपटक इजरायलले इरानमा आक्रमण गरेपछि भने ट्रम्पले अलकति रणनीति बदले। इरानमाथि आक्रमण गरे अनि उसका परमाणु परियोजनाहरू ध्वस्त पारेको दाबी गरे। यद्यपि यसबारे केही विवादहरू छन्। तर अमेरिकाको त्यो आक्रमण युद्धबिरामको बाटोतिर अघि बढ्यो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

स्पेन जाँदै प्रधानमन्त्री

उनले स्पेनको औपचारिक भ्रमणका क्रममा त्यहाँ यही असार १६ देखि १९ गतेसम्म आयोजना हुने ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन’मा भाग लिनेछन्। भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले आफ्ना समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्नेछन्। त्यस अवसरमा सहयोग र सम्बन्ध विस्तारसम्बन्धी केही महत्त्वपूर्ण विषयमा नेपाल र स्पेनबीच सहमतिपत्रमा हस्ताक्षर हुनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अमेरिकाको भिसा : अब सामाजिक सञ्जालको जाँच नै ‘निर्णायक’

अमेरिकी सरकारले लिएको पछिल्लो रणनीतिअनुसार दूतावासले यस्तो आग्रह गरेको हो। ‘प्रत्येक भिसा निर्णय राष्ट्रिय सुरक्षासँग सम्बन्धित निर्णय हो’ भन्दै दूतावासले ‘एफ’, ‘एम’, ‘जे’ सबै श्रेणीका भिसा आवेदन दिनेहरूले आफ्ना सामाजिक सञ्जालहरूका खाता ‘पब्लिक’ गर्न आह्वान गरेको हो। साथै सामाजिक सञ्जालमा आफ्नै वास्तविक नाम राख्न पनि उसले भनेको छ।  ‘अप्रवासी भिसाका लागि आवेदन दिने सबै व्यक्तिहरूलाई आफ्ना सबै व्यक्तिगत सामाजिक सञ्जाल खाताहरूको गोपनीयता सेटिङलाई ‘सार्वजनिक’ मा परिवर्तन अनुरोध गरिन्छ’ दूतावासले भनेको छ ‘यसले पहिचान र अमेरिका प्रवेशयोग्यता पुष्टि गर्न आवश्यक जाँच प्रक्रियालाई सहज बनाउनेछ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

परमाणु सकियो, इरान अब तेल बेचेर धनी हुन्छ : ट्रम्प

बुधबार नेदरल्याण्ड्समा भएको नेटो शिखर सम्मेलनमा उनले भने इरानले युद्ध पछिको घाटाबाट उठ्न तेल बेच्नु आवश्यक रहेको भन्दै चीनले इरानबाट तेल किन्न चाहन्छ भने आफूहरुलाई कुनै समस्या नरहेको बताएका हुन्।  ‘इरानले इजरायलसँगको युद्धमा बहादुरी देखाएको छ। तिनीहरूले तेलको व्यापार गर्छन्। म चाहे भने यसलाई रोक्न सक्छु, तर म त्यसो गर्न चाहन्न। यदि चीनले इरानबाट तेल किन्न चाहन्छ भने हामीलाई कुनै समस्या छैन। इरान र अमेरिकाबीच अर्को हप्ता वार्ता हुनेछ’ ट्रम्पले भनेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

माधव नेपाललाई ३५ लाख धरौटीमा छोड्न आदेश

विशेष अदालतले पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाललाई ३५ धरौटीमा छोड्न आदेश दिएको छ। आजै उनले विशेष अदालतमा बयान दिएका। त्यसपछि थुनछेक बहस भएको थियो। बहस सकिएपछि विशेष अदालतलले उनलाई धरौटीमा छोड्न भनेको हो।  नेपालको पक्षमा बहस गर्न १०० भन्दा धेरै वकिलहरूले नाम टिपाएका थिए। वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, गोविन्द बन्दी, रमणकुमार श्रेष्ठ, टीकाराम भट्टराई, चन्द्रकान्त ज्ञवालीलगायत १०० भन्दा धेरै वकिलहरूले माधव नेपालको पक्षमा बहस गर्न विशेष अदालत पुगेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विशेष अदालत पुगिन् रामकुमारी झाँक्री, आदेशको पर्खाइ माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई भेट्न नेत्री रामकुमारी झाँक्री विशेष अदालत पुगेकी छिन्। बुधबार साँझ नेपाललाई भेट्न उनी अदालतकाे इजलास कक्षमै पुगेकी हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

माधव नेपालको थुनछेक बहस सकियो, आदेश आजै आउने

पूर्वप्रधानमन्त्री एंव नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको मुद्दामा थुनछेक बहस सकिएको छ। बुधबार विशेष अदालतमा बयान र थुनछेक बहस सकिएको हो।  न्यायाधीशहरूले आजै आदेश जारी गर्ने तयारी गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

बिन्दा पाण्डे र उषाकिरण तिम्सेनाको निलम्बन फुकुवा गर्ने एमालेकाे निर्णय

नेकपा एमालेले बिन्दा पाण्डे र उषाकिरण तिम्सेनालाई लगाएको निलम्बन फुकुवा गरेको छ। बुधबार बसेको एमाले सचिवालय बैठकले उनीहरूमाथि लगाएकाे निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो। नेकपा एमालेको पार्टी कार्यालय बनाउन भाटभटेनीका सञ्चालक मीनबहादु गुरुङबाट दान लिने निर्णयको आलोचना गरेपछि गत पुस १० गते पाण्डे र उषाकिरण तिम्सेनाकाे जिम्मेवारी ६ महिनाकाे लागि खाेसिएकाे थियाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

यी हुन मन्त्रिपरिषद् बैठकका १५ निर्णय

सरकारले उद्योग वाणिज्य प्रवर्धन परिषद् आदेश २०८२ स्वीकृत गरेको छ।  बुधबार मन्त्री परिषद्को बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री मन्त्री तथा प्रवक्ता पृथ्वी सुब्बा गुरुङले उद्योग वाणिज्य प्रवर्धन परिषद् आदेश, २०८२ स्वीकृत गर्ने निर्णय गरेको जानकारी दिएका हुन् ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

क्रिकेटर दीपेन्द्रसिंह ऐरीले दिए प्रहरीबाट राजीनामा

नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान दीपेन्द्र सिंह ऐरीले प्रहरीबाट राजीनामा दिएका छन्।  प्रहरी सहायक हवल्दार पदमा रहेका उनले राजीनमा दिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

माधव नेपालबारे थुनछेक बहस सुरू

विशेष अदालतमा पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालको बयान सकिएको छ। बयानपछि अब उनको थुनछेक बहस सुरु भएको छ।  नेपालको पक्षमा १०० भन्दा धेरै वकिलहरूले बहस गर्दैछन्। वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, गोविन्द बन्दी, रमणकुमार श्रेष्ठ, टीकाराम भट्टराई, चन्द्रकान्त ज्ञवालीलगायत १०० भन्दा धेरै वकिलहरूले माधव नेपालको पक्षमा बहस गर्नेछन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विधेयकमाथि चलखेल र छेडखानी भयाे– प्रचण्डध्यक्ष प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसदीय समितिबाट सर्वसम्मत रूपमा पारित भएका विधेयकहरू प्रतिनिधिसभामा पेश हुँदा चलखेल र छेडखानी हुने प्रवृत्तिप्रति रहेको बताएका छन्। बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले नेपाल प्रहरी सम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमाथिको छलफलमा सहभागी हुँदै उनले यस्तो बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सुरक्षित र मर्यादित आप्रवासन सरकारको साझा प्रतिबद्धता हो– श्रममन्त्री भण्डारी

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले सुरक्षित र मर्यादित आप्रवासन सरकारको साझा प्रतिबद्धता भएको बताएका छन्।  बुधबार सुरक्षित, मर्यादित र व्यवस्थित आप्रवासनका लागि आयोजित एशिया गल्फ कोअपरेसन कन्ट्री र एसिया (जीसीसी) संवादको उद्घाटन सत्रमा बोल्दै मन्त्री भण्डारीले सुरक्षित, व्यवस्थित र नियमित आप्रवासनको कार्यान्वयनमा सबै साझेदार राष्ट्रहरूलाई सहयोग र सहकार्यको लागि आव्हान गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं