बिएल संवाददाता
भेनेजुएलाको आकाशमाथि पनि प्रतिबन्धको घोषणा गरेपछि यतिबेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको तीब्र आलोचना हुन थालेको छ। यद्यपि ट्रम्पले भने भेनेजुएलामाथि अझ कडा कदम चाल्ने संकेत देखाइरहेका छन्।
शनिबार ट्रम्पले सामाजिक सञ्जालमा एक सन्देश लेख्दै भेनेजुएलाको आकाश तथा त्यसपरिवरिको हवाई क्षेत्र बन्दसहर मान्न चेतावनीपूर्ण आग्रह गरेका थिए।
त्यसमा उनले भनेका थिए ‘सबै एयरलाइन्स कम्पनीहरू, पाइलट, ड्रग डिलर र मानव तस्करहरूले भेनेजुएलाको आकाश र त्यसवरिपरिको सम्पूर्ण हवाइ मार्ग पूर्णरुपमा बन्द गरिएको छ भन्ने सम्झिनुपर्नेछ।’
यसप्रति भेनेजुएलाले कडा प्रतिक्रिया दिएको छ। कुनै देशको आकाशमाथि अर्को कुनै देशले प्रतिबन्ध लगाउन नसक्ने र नपाउने भन्दै भेनेजुएलाको विदेश मन्त्रालयले ट्रम्पको उक्त घोषणालाई आफ्नो एउटा स्वतन्त्र राष्ट्रमाथि ‘औपनिवेशिक खतरा’का रुपमा औंल्याएको छ।
र उसले भनेको छ ‘यो भेनेजुएलाका जनताविरुद्ध अर्को एक असाधरण, गैरकानुनी र अनुचित हमला हो।’
यद्यपि यसअघि नै ट्रम्पले भेनेजुएलामाथि पटक पटक आक्रमणको चेतावनी दिइरहेका छन्। बढ्दो तनावका बीचमा ट्रम्प र भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोबीच कुराकानी भएको थियो। तर कुराकानीको सार कुनै सकारात्मक नभएपछि ट्रम्पले उक्त देशको आकाश नै प्रतिबन्ध भएको घोषणा गरेका हुन्।
ट्रम्पको यो घोषणासँगै भेनेजुएला अनि कोलम्बो र ब्राजिलका आकाशमा समेत कैयौ हवाई उडान प्रभावित देखिएका छन्। मदुरोले ट्रम्पको उक्त घोषणा आफूलाई पदबाट हटाउने अर्को प्रहार भनेका छन्।
अमेरिकी राज्यहरूमा लागुऔषधको तस्करी गरेको आरोप लगाउँदै आएका ट्रम्पले यसअघि नै भेनेजुएलासँग ‘ड्रग्स वार’ सुरु भएको घोषणा गरेका थिए। तर भेनेजुएलालाई समर्थन गर्ने छिमेकी राष्ट्रहरूले भने यसलाई कुनै ड्रग्स वार नभएर राजनीतिक हस्तक्षेपको संज्ञा दिएका छन्।
बढ्दो तनावका बीच अमेरिकाले भेनेजुएलाको ‘कार्टेल डे लस सोल्स’लाई अन्तर्राष्ट्रिय आतंकवादी संगठनको सूचीमा राख्ने घोषणा पनि गरिसकेको छ। यो संगठनको नेतृत्व राष्ट्रपति निकोलस मादुरो र उनका उच्चपदस्थ अधिकारीहरूले गर्दै आएको अमेरिकाको दाबी छ।
विभिन्न आपराधिक तथा खासगरी लागुऔषध (ड्रग्स)को अवैध कारोबारका लागि अमेरिकाले यो संगठनलाई मुख्य गिरोहका रुपमा लिएको छ। जसका कारण अमेरिकामा लागुऔषध भित्रिरहेको अमेरिकाको दाबी छ।
उसैपनि मादुरोलाई ‘तानाशाह’ शासकका रुपमा लिएको अमेरिकाले उनको सरकारलाई मान्यता दिएको छैन। र विपक्षीलाई सघाइरहेको छ।
यसअघि नै भेनेजुएलाभित्र कैयौ आन्तरिक अपरेशन चलाइसकेका ट्रम्पले अब आक्रमण हुँदा अमेरिकालाई केही क्षति हुन्छ वा त्यसले के परिणाम दिनसक्छ भन्ने बारे उच्चस्तरीय सुरक्षा अधिकारीहरूसँग राय लिएका थिए।
महिनादिन अघि नै ट्रम्पले अमेरिकी ‘गुप्तचर’ निकाय (सिआइए) लाई भेनेजुएलामा अपरेसन चलाउन आदेश दिइसकेका थिए। त्योसँगै तनाव बढ्दै जाँदा अमेरिकाले भेनेजुएला नजिकै हजारौं सैनिक र युद्धपोत तैनाथ गरिसकेको छ।
अमेरिकी सैनिकले यसलाई ‘अपरेसन साउथर्न स्पेयर्ड’ भनेर नाम दिएको छ। जसका लागि १५ हजारभन्दा सैनिकहरू अत्याधुनिक युद्धपोत र हतियारका साथ तैनाथ छ। त्यस्मा एकैपटक ९०भन्दा धेरै युद्धक विमानहरूको भार थेग्नसक्ने युद्धपोत, परमाणु तथा लडाकु बिमानहरू पनि तैनाथ गरेको छ। जो संसारकै शक्तिशाली युद्ध हतियार मानिन्छन्।
अहिलेसम्म अमेरिकाले लागु पदार्थ बोकेको आरोप लगाउँदै क्यारेबियन सागरमा देखिएका दुई दर्जनभन्दा धेरै डुङ्गाहरूमा आक्रमण गरिसकेको छ र उक्त कारबाहीमा १०० जनाभन्दा धेरैको मृत्यु भइसकेको छ।
भेनेजुएला क्षेत्रमा अमेरिकाले आफ्नो सैन्य उपस्थिति अझ कडा बनाएको छ।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया