बिएल संवाददाता
एमाले महाधिवेशन प्रतिनिधि चयनमा संस्थापनले एकलौटी गरेको भन्दै धनकुटामा इतर पक्षले निर्वाचन बहिष्कार गरेको छ।
संस्थापनका राजेन्द्र राई र इतरका इन्द्रमणी पराजुली समूह प्यानल बनाएर भिडेका छन्। राई समूहले मतदातालाई नै थाहा नदिइ एकलौटी निर्वाचन गराएको आरोप लगाउँदै असन्तुष्ट समूहले बुथ तोडफोड गरेका छन्। मतपत्र च्यातिएको छ।
पराजुली पक्षले फर्जी मतसमेत हालेको भेटिएपछि पतपेटिका फ्यालिएको दाबी गरेको छ। असन्तुष्ट पक्षले मतदान केन्द्रमा तालाबन्दीसमेत गरेको छ।
पराजुली पक्षका अनुसार दुई पक्षबीच शुक्रबार राति संस्थापनले ९ जना र इतरले ४ जना प्रतिनिधि पठाउने सहमति गरेको र आफ्नो समूहका ४ जना बाहेकले नाम फिर्ता लिएपछि राई समूहले चुनाव गराएर धोका दिएको आरोप लगाएको छ।
राई पक्षले भने सर्वसम्मत हुन नसकेपछि निर्वाचनमा गएको र हार निश्चित भएको समूहले तोडफोडमा उत्रिएको आरोप लगाएको छ।
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया