बिएल संवाददाता
नेकपा एमालेको ११ औं महाधिवेशन प्रतिनिधि छनोटका क्रममा विवाद हुँदा विराटनगरमा ओलीपक्षका नेता पर्शुराम बस्नेत विद्या पक्षका नेताबाट कुटिएका छन्।
मोरङ क्षेत्र नम्बर ६ को प्रतिनिधि चयनमा विवाद हुँदा दुई समूहबीच हात हालाहाल भएको हो।
त्यहाँ संस्थापन र इतर समूहबीच प्यानल नै बनाएर भिडन्त छ। सर्वसहमतिमा प्रतिनिधि छनोट हुन नसकेपछि मतदान गरिएको थियो। डबल मत हालेको भन्दै विवाद भएपछि केहीबेर मतदानसमेत स्थगित गरिएको थियो।
वडा नम्बर १२ का एमाले वडाध्यक्ष भानुभक्त पाठकले एकजना व्यक्तिलाई मतदानका लागि लैजाने क्रममा संस्थापन पक्षले पटक–पटक एकै व्यक्ति किन गएको भन्दै प्रश्न उठाएका थिए।
विवाद बढेपछि विनोद ढकाल समूहका कार्यकर्ताले ओली समूहका नेता बस्नेतमाथि हातपात गरेका हुन्।
विवाद भएपछि केही समय रोकिएको मतदान पुनः सुरु भएको छ।
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया