आइतबार, २६ अप्रिल २०२६

सुरक्षित र मर्यादित आप्रवासन सरकारको साझा प्रतिबद्धता हो– श्रममन्त्री भण्डारी

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले सुरक्षित र मर्यादित आप्रवासन सरकारको साझा प्रतिबद्धता भएको बताएका छन्।  बुधबार सुरक्षित, मर्यादित र व्यवस्थित आप्रवासनका लागि आयोजित एशिया गल्फ कोअपरेसन कन्ट्री र एसिया (जीसीसी) संवादको उद्घाटन सत्रमा बोल्दै मन्त्री भण्डारीले सुरक्षित, व्यवस्थित र नियमित आप्रवासनको कार्यान्वयनमा सबै साझेदार राष्ट्रहरूलाई सहयोग र सहकार्यको लागि आव्हान गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

विशेष अदालतमा बयान दिँदै माधव नेपाल, थुनछेक बहस पनि आजै

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत जेठ २२ गते नेपालसहित पतञ्जली जग्गा हिनामिना प्रकरणमा जोडिएका प्रतिवादीहरूविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेसँगै उनको सांसद पद स्वतः निलम्बन भइसकेको छ। अख्तियारले नेपालसहित ९३ जनालाई उक्त जग्गा प्रकरणमा दोषी रहेको भन्दै मुद्दा दायर गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पचासभन्दा धेरै वकिल लगेर विशेष अदालत जाँदै माधव नेपाल

एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधव नेपाल आज विशेष अदालतलमा उपस्थित हुँदैछन्। पचासजनाभन्दा धेरै वकिलहरूसहित अदालत जान लागेका नेपालका हकमा आजै थुनछेक बहस हुने पनि बताइएको ५। यद्यपि उनीविरुद्ध दायर भएको भ्रष्टाचार मुद्दा विशेष अदालतले तामेली गरिसकेको छैन।  तर उनका वकिलहरूले त्यसअघि नै अदालतमा उपस्थित हुन पाउँ भनेर निवेदन दिएका थिए। र अदालतले अनुमति दिएको थियो।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले केही दिनअघि नेपालसहित पतञ्जली जग्गा हिनामिना प्रकरणमा जोडिएका प्रतिवादीहरूविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेसँगै उनको सांसद पद स्वतः निलम्बन भइसकेको छ। अख्तियारले नेपालसहित ९३ जनालाई उक्त जग्गा प्रकरणमा दोषी रहेको भन्दै मुद्दा दायर गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अमेरिकी आक्रमणबाट इरानको परमाणु परियोजनामा क्षति नभएको ‘गोप्य’ रिपोर्ट

पेन्टागनले अमेरिकाले आक्रमण गरे पनि त्यहाँका संरचना र उत्पादनहरू नष्ट नगर्न नसकिएको भनेको छ। उक्त गुप्त रिपोर्टका अनुसार फोर्दोको भूमिगत प्रशोधन केन्द्र इरानले पहिला नै खाली गरिसकेको थियो र नतान्ज अनि इस्फहानजस्ता प्रशोधन केन्द्रहरू बलियोगरी बन्द गरिएका थिए। जसका कारण कुनै सामग्री नष्ट भएको छैन। अमेरिकी बमहरू तिनका भित्तामा मात्रै बज्रिएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘टेक एन्ड पे’ राम्रो गर्न ल्याइएको थियो, नराम्रो गर्ला जस्तो लागेर हटाइयो’- ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘टेक एण्ड पे’ राम्रो गर्नको लागि ल्याइएको तर नराम्रो गर्ला जस्तो लागेर हटाइएको बताएका छन्। मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा उठेको प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।  उनले भने, ‘टेक एण्ड पे’ राम्रो गर्नको लागि ल्याइएको थियो, नराम्रो गर्ला कि जस्तो लाग्यो, हटाइयो।’ सोमबार सत्ता पक्षका शीर्ष नेताहरूबीचको छलफलबाट ‘टेक एण्ड पे’ हटाउने निर्णय भएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रतिनिधिसभाबाट ‘विनियोजन विधेयक’ बहुमतले पारित

प्रतिनिधिसभाबाट विनियोजन विधेयक पारित भएको छ। मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री विष्णु पौडेलले ‘विनियोजन विधेयक २०८२ लाई पारित गरियोस्’ भनि प्रस्तुत गरेको प्रस्तावलाई बहुमतले पारित गरेको हो। त्यस्तै, प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८२ मा विभिन्न मन्त्रालयका विभिन्न शीर्षकमा सांसदहरूले राखेका खर्च कटौतीका सबै प्रस्ताव अस्वीकृत भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्रीको दाबीः आलोचना र टिप्पणी जे गरेपनि बजेट सन्तुलित छ

प्रधानमन्त्री केपी शर्मा ओलीले आलोचना र टिप्पणी  जसो गरे पनि बजेट सन्तुलित विकास हुने गरी ल्याइएको दाबी गरेका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री कार्यालय, राष्ट्रपति, उपराष्ट्रपति कार्यलयगायत बजेटबारे उठेका प्रश्नको जवाफ दिँदै उनले प्रस्तुत बजेट तुलनात्मक रूपमा सन्तुलित, समन्यायिक र नतिजामूलक रहेको दाबी गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रास्वपा र रवि लामिछानेलाई अन्याय नहोस् भनेर अहिलेपनि लागिरहेको छुः प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रास्वपा र रवि लामिछानेलाई अन्याय नहोस् भनेर आफू लागिरहेको बताएका छन्। मंगलबार सिंहदरबारमा नेकपा एसका अध्यक्ष माधव नेपालसँगको भेटपछि सञ्चारकर्मीसँग छोटो प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सिंहदरबारमा प्रचण्ड–माधवबीच भेटवार्ता

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच भेटवार्ता भएको छ। मंगलबार सिंहदरबारमा उनीहरूबीच भेटवार्ता भएको हो। उनीहरूबीच समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको बताइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

संविधान संशोधन स्टन्डका लागि प्रयाेग गरियाे– उपेन्द्र यादव

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सरकारले संविधान संशोधनको कुरा स्टन्डको लागि मात्रै प्रयोग गरेको आरोप लगाएका छन्। मंगलबार भक्तपुरमा रफत सञ्चारले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले आर्थिक, राजनीतिक या अन्य जनतालाई सेवा सुविधा प्रदान गर्ने क्षेत्रमा सरकार पूर्ण असफल भएको भन्दै मानव तस्करीको धन्दामा समेत सरकार लागेको आरोप लगाएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

विराटनगर महानगरको बजेट चार अर्ब ४० करोड

कोशी प्रदेशको एकमात्रै महानगरपालिकला विराटनगरले आगामी आर्थिक वर्ष २०८२–८३ का लागि चार अर्ब ४० करोड बराबरको बजेट सार्वजनिक गरेको छ। मंगलबार बसेको १६ औं नगर सभामा उपप्रमुख शिल्पा निराला कार्कीले बजेट प्रस्तुत गरेकी हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - विराटनगर

चार भुटानी शरणार्थीलाई ५ हजार जरिवाना तिराएर नेपालबाट डिपोर्ट गर्ने निर्णय

अमेरिकाले डिपोर्ट गरेका चार जना भुटानी शरणार्थीलाई जनही ५ हजार जरिवाना तिराउँदै नेपालबाट डिपोर्ट गर्ने निर्णय भएको छ। अध्यागमन विभागले डिपोर्ट भएका आशिष सुवेदी, रोशन तामाङ, सन्तोष दर्जी र अशोक गुरूङलाई सके अमेरिका नभए भुटानतिरै डिपोर्ट गर्ने निर्णय गरेको हो। उनीहरूलाई ५(५ हजार जरिवानाका अलावा भिसा शुल्क र बिलम्ब शुल्कबापत दैनिक ८ डलर तिराउने पनि निर्णय भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

रेडियोग्राफी पेशाको पक्षमा ल्याइएको नीतिविरुद्ध प्रदर्शन

सरकारले ल्याएको नीतिविरुद्ध नेपाल रेडियोलोजिकल सोसाइटीले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ। विभिन्न स्वास्थ्य संस्थाहरूमा रेडियोग्राफी र रेडियोलोजी विभागलाई छुट्टाछुट्टै बनाउनुपर्ने माग राख्दै मंगलबार उनीहरुले विरोध गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

श्रमिक र उत्पीडित वर्गको जीवन व्यवहारमा परिवर्तन जरुरी छ– प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले श्रमिक र उत्पीडित वर्गको जीवन व्यवहारमा परिवर्तन ल्याउन नसकेसम्म जनताको पक्षमा पार्टीले सञ्चालन गरेको अभियान नरोकिने बताएका छन्।  ललितपुरमा आयोजित ‘बेतलबी र घरेलु हेरचाह कार्यसम्बन्धी संवाद कार्यक्रम’ लाई सम्बोधन गर्दै उनले संविधानले सुनिश्चित गरेका श्रमिकका हक–अधिकार व्यवहारमा प्रभावकारी रूपमा कार्यान्वयन गर्नु आजको आवश्यकता भएको स्पष्ट पारेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सरकारले बनाएको समिति गृहमन्त्रीलाई उन्मुक्ति दिने प्रपोगाण्डा हो– ज्ञानेन्द्र शाही

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले ‘पहेंलो हो भन्दैमा पित्तललाई सुन भन्न नसकिने’ जस्तै कर्मचारीको उच्च स्तरीय छानबिन समिति हो भन्दैमा छानबिन समिति हुन नसक्ने बताएका छन्। मंगलबार प्रतिनिधि सभाको बैठकमा उनले समिति भिजिट भिसा प्रकरणमा संलग्न भएका १४ जना गृहमन्त्रीहरूलाई कसरी उन्मुक्ति दिने भनेर ल्याएको यो नयाँ प्रपोगाण्डा भएको भन्दै यसकाविरुद्धमा राप्रपा सडक र सदनमा उभिने बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

वैरागी नेतृत्वको छानबिन समिति स्वार्थको द्वन्द्वमा जेलिएको छ– स्वर्णिम वाग्ले

राष्ट्रिय स्वतन्त्र पार्टी का उपसभापति डा.स्वर्णिम वाग्लेले सरकारले शंकरदास वैरागीको नेतृत्वमा गठन गरेको छानबिन समितिलाई अस्वीकार गरेका छन्। मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले सरकारले अध्यागमन र भिजिट भिसा प्रकरणमा छानबिन गर्न गठन गरेको समितिमा नै  स्वार्थको द्वन्द्वबाट जेलिएका पात्रहरु रहेको बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

भिजिट भिसा प्रकरण : सरकारले बनाएको छानबिन समिति प्रतिपक्षलाई ‘अमान्य’

सोमबार बसेको मन्त्रिपरिषद बैठकले पूर्वमुख्य सचिव शंकरदास वैरागीको नेतृत्वमा छानबिन समिति बनाउने निर्णय गरेको थियो। उक्त निर्णयबारे मंगलबार प्रतिनिधिसभा बैठकमा गृहमन्त्री रमेश लेखकले जानकारी गराएका थिए।  संसदको बैठकमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले ‘पहेंलो हो भन्दैमा पित्तललाई सुन भन्न नसकिने’ जस्तै कर्मचारीको उच्च स्तरीय छानबिन समिति हो भन्दैमा छानबिन समिति हुन नसक्ने बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विपद् व्यवस्थापनमा पत्रकारको भूमिका अग्र स्थानमा छ– गृहमन्त्री

गृहमन्त्री रमेश लेखकले विपद व्यवस्थापनमा पत्रकारको भूमिका सबैभन्दा अग्र स्थानमा रहने बताएका छन्। उनले अहिले पत्रकारिता क्षेत्र धेरै व्यवसायिकता हुनकासाथै अत्यन्तै उन्नत र असल ढंगले अगाडि बढिराखेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

इरानसँग अमेरिका झुक्यो कि, इजरायल थाक्यो?

‘इजरायल र इरान दुबै लगभग एकैसाथ मकहाँ आएर शान्तिका लागि अपिल गरे। मलाई थाहा थियो कि अब शान्तिको समय आइसकेको छ। दुनियाँ अनि मध्यपूर्व नै असली बिजेता हुन्’ ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन् ‘दुबै देशले भविष्यमा प्रेम, सद्भाव, शान्ति र समृद्धि देख्न पाउनेछन्। उनीहरूलाई अझ धेरै कुराहरू हासिल गर्नुछ। तर उनीहरू यो सत्यको बाटोबाट भड्किन खोजे भने उनीहरूले त्यो भन्दा पनि अझ धेरै गुमाउनुपर्ने हुन्छ।’   यद्यपि ट्रम्पको यो भाषालाई भने इरानले अस्वीकार गरेको छ र अमेरिकी बेसक्याम्पहरूमा आक्रमण गरेपछि ट्रम्पले इरानसँग ‘बिन्ती’ गरेको उल्लेख गरेको छ। इरान सरकारको एउटा बक्तब्य सार्वजनिक गर्दै इरानको सरकारी टेलिभिजनले अमेरिकी सैन्य बेस क्याम्पहरूमाथि आक्रमण सफल भएको दाबी पनि गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

युद्धबिराम भएको ट्रम्पको घोषणा तर इरानले ‘नमान्ने’

इजरायल र इरानको युद्ध समाप्तीको घोषणा गरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरानले भने उल्टो जवाफ दिएको छ। ट्रम्पले दुबैबीच युद्धबिरामका लागि सहमति भएको भन्दै नेपाली समयअनुसार रात पौने ३ बजे सामाजिक सञ्जालमा लेखेका थिए। र, आगामी २४ घण्टाभित्रमा पूर्णरुपमा ‘युद्ध समाप्त’ हुने घोषणा गरेका थिए। त्यो बेला इजरायल र इरान दुबैले एकअर्कामाथि मिसाइल हानिरहेका थिए।  इरानका विदेशमन्त्री अब्बास अरागचीले सैन्य कारबाही रोक्नेबारे कुनै सहमति नभएको बताएका छन्। उनले यदि इजरायलले सैन्य कारबाही रोकेमा आफूहरूले आक्रमण नगर्ने पनि प्रस्ट पारेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं