बिएल संवाददाता
पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा पहिलो जित हात पारेको छ।
ब्याटिङमा सुमित वर्मा र बलिङमा स्पीनर विपिन खत्री चम्किएपछि पोखराले साविक विजेता जनकपुर बोल्टसलाई २५ रनले पराजित गरेको हो। यो जनकपुरको लगातार तेस्रो हार हो। पोखराले ३ खेलमा पहिलो जित निकाल्दै २ अंक जोडेको छ।
पोखराले दिएको १५६ रनको लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३० रन मात्र बनाउन सक्यो।
बोल्ट्सका लागि वायने पार्नेलले अर्धशतक प्रहार गरेपनि जित दिलाउन सकेनन्।
बलिङमा पोखराका विपिन खत्रीले ४ ओभरमा १५ रन मात्र खर्चेर ४ विकेट लिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको पोखराले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५५ रन बनाएको थियो।
पोखरा यस सिजन टस जितेर ब्याटिङ गर्ने पहिलो टिम समेत हो।
पोखराका लागि सुमित वर्माले २९ बल खेल्दै २ चौका र ४ छक्का मद्दतमा सर्वाधिक ५० रन बनाए।
बलिङमा साविक विजेता जनकपुरका लागि सञ्जय कृष्णमूर्तिले ४ ओभरमा २१ रन खर्चेर ३ विकेट लिए।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया