बिएल संवाददाता
पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा पहिलो जित हात पारेको छ।
ब्याटिङमा सुमित वर्मा र बलिङमा स्पीनर विपिन खत्री चम्किएपछि पोखराले साविक विजेता जनकपुर बोल्टसलाई २५ रनले पराजित गरेको हो। यो जनकपुरको लगातार तेस्रो हार हो। पोखराले ३ खेलमा पहिलो जित निकाल्दै २ अंक जोडेको छ।
पोखराले दिएको १५६ रनको लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३० रन मात्र बनाउन सक्यो।
बोल्ट्सका लागि वायने पार्नेलले अर्धशतक प्रहार गरेपनि जित दिलाउन सकेनन्।
बलिङमा पोखराका विपिन खत्रीले ४ ओभरमा १५ रन मात्र खर्चेर ४ विकेट लिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको पोखराले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५५ रन बनाएको थियो।
पोखरा यस सिजन टस जितेर ब्याटिङ गर्ने पहिलो टिम समेत हो।
पोखराका लागि सुमित वर्माले २९ बल खेल्दै २ चौका र ४ छक्का मद्दतमा सर्वाधिक ५० रन बनाए।
बलिङमा साविक विजेता जनकपुरका लागि सञ्जय कृष्णमूर्तिले ४ ओभरमा २१ रन खर्चेर ३ विकेट लिए।
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया