कांग्रेसको नेतृत्व गर्न सक्षम छु, पार्टीलाई मजबुत बनाउँछु: प्रकाशमान सिंह
पार्टीको आन्तरिक संरचना मजबुत बनाउन आवश्यक रहेको उल्लेख गर्दै मन्त्री सिंहले आफू अहिले रहेको पदबाट कुनै पनि हालतमा पछाडि नहट्ने संकल्प गरे। उनले भने, ‘नेतृत्व परिवर्तन पार्टी विधानअनुसार नै हुन्छ। यसमा कसैले व्यक्तिगत स्वार्थ पूरा गर्नेभन्दा संस्थागत विकासलाई प्राथमिकता दिनुपर्छ। तर, जुन पदमा म छु, त्योभन्दा तल जान म तयार छैन।’ उनले विद्यार्थीकालदेखि सुरु भएको आफ्नो राजनीतिक यात्रा स्थानीय तह हुँदै पार्टी नेतृत्वमा अपुग्दासम्म अनुभवले थप जिम्मेवारी सम्हाल्न सक्षम भएको दाबी गरे।
बिएल संवाददाता - काठमाडौं