आइतबार, २६ अप्रिल २०२६

रक्सीको नशामा पछाडिबाट टाउकोमा हानिन् दाउ, मृत श्रीमानसँगै सुतिन् रातभर…!

अर्घाखाँचीको छत्रदेव गाउँपालिका-३ शिख्रे गाउँमा २७ वर्षीया मेखमाया कुमालले आफ्नै श्रीमानको हत्या गरेकी छन्। बिहे गरेको ३ महिनामै उनले श्रीमानसँग मनमुटाव भएपछि धारिलो हतियार (दाउ)ले टाउकामा हाने ३८ वर्षीय पति रामुको हत्या गरेकी हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रास्वपालाई माओवादीको सुझावः तपाईंहरूसँग अनुभवको कमी छ, संसदीय अभ्यास हामीबाट सिक्नुस्

नेकपा माओवादी केन्द्रका सांसद वर्षमान पुनले रास्वपालाई माओवादीबाट संसदीय अभ्यास सिक्न सुझाव दिएका छन्। आइतबारको प्रतिनिधि सभामा बोल्दै सांसद पुनले भिजिट भीसा प्रकरणमा छानबिनका लागि सरकार तयार भइसकेको दाबी गर्दै प्रतिपक्षका माग ‘एक ढंगले सम्बोधन भइसकेको’ले रास्वपाका सांसदहरूलाई पनि संसदीय प्रक्रियामा भाग लिन आग्रह गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

तीन घण्टादेखि रास्वपाको नाराबाजी जारी, संसद चलेको चल्यै…

संसदको चौथो र पाँचौ ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाको अवरोधका बीच प्रतिनिधिसभाको बैठक चलिरहेको छ। सभामुख देवराज घिमिरेले बैठक शुरु गर्न लागेपछि रास्वपा र राप्रपाका सांसदले उठेर विरोध जनाएका थिए। सभामुखले आकस्मिक समयमा बोल्न दलगत सांसदलाई समय दिन्छु भन्दै कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेलाई समय दिएपछि रास्वपाले आपत्ति जनाएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राप्रपाद्वारा संसद बैठक बहिष्कार, रास्वपाको नाराबाजी जारी…

राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधि सभा बैठक बहिष्कार गर्दै सदनबाट बाहिरिएको छ। रास्वपा र राप्रपाको अवरोधका बीच सभामुख देवराज घिमिरेले पेलेरै संसद बैठक अघि बढाएपछि आक्रोशित राप्रपा सांसदहरू बैठक नै बहिष्कार गर्दै बाहिरिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सरकारको सफलता कर्मचारीतन्त्रमा निर्भर छः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको कार्य सफलता कर्मचारीतन्त्रमा धेरै हदसम्म निर्भर रहने बताएका छन्। आइतबार काठमाडौंमा आयोजित लोक सेवा आयोगको ७५औं वार्षिकोत्सव समारोहमा उनले मुलुक सञ्चालनका लागि छनोट हुने कर्मचारी योग्य, दक्ष हुनुको साथै स्वच्छ हुनुपर्ने भन्दै राज्यको कार्य सफलता कर्मचारीतन्त्रमा निर्भर रहने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रतिपक्षको विरोधकोबीच संसद चलाउनु ‘दादागिरी’ होः ज्ञानेन्द्र शाही

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले प्रतिपक्षी दलको विरोधकाबीच संसद चलाएर ‘दादागिरी’ गरिएको भन्दै आपत्ति जनाएका छन्।  आइतबार बसेको प्रतिनिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै उनले प्रतिपक्षी दलको विरोधकोबीच संसद चलाउनु संसदीय अभ्यास नभएकोले दादागिरी बन्द गर्न भन्दै आक्रोश पोखे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रास्वपालाई कांग्रेसको प्रश्नः ‘रवि लामिछानेलाई सभापतिको पदमा राख्न कुन नैतिकताले दिन्छ?’

नेपाली कांग्रेसका सांसद श्याम घिमिरेले रास्वपालाई पाँचवटा अदालतमा सहकारी ठगी, सम्पत्ति सुद्धीकरण संगठित अपराधको मुद्दा खेपिरहेका रवि लामिछानेलाई ‘आफ्नो पार्टीको सभापतिको पदमा विराजमान गराएर राख्न कुन नैतिकताले दियो?’ भन्दै प्रश्न गरेका छन्। आइतबार रास्वपा र राप्रपाको विरोधकाबीच नै सुरु भएको प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै रास्वपालाई प्रश्न सोधेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

माओवादीको साथ पाएपछि पेलेरै अघि बढ्यो सत्तापक्ष, रास्वपा र राप्रपाको नाराबाजी

प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाको अवरोधका बीच प्रतिनिधिसभाको बैठक अघि बढेको छ। आइतबार बसेको बैठक सुरु हुनेवित्तिकै रास्वपा र राप्रपाले उठेर नाराबाजी लगाएर बिरोध गरिरहेका छन्। यसैबीच सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको कारवाही अगाडि बढाएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

हेवा खोलाको ‘बेलिब्रिज’ भाँचिएको घटनाबार छानबिन गर्न समिति गठन

मेची राजमार्गको फिदिम-ताप्लेजुङ सडक खण्डमा पर्ने फिदिम-४ र हिलिहाङ्-७ जोड्ने हेवा खोलामा निर्माणाधिन पुल भाँचिएको घटनाबारे छानविनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले समिति गठन गरेको छ। मन्त्री देवेन्द्र दाहालले मन्त्रीस्तरीय निर्णय गरी पाँच सदस्यीय अध्ययन तथा छानविन समिति गठन गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बजारबाट ४० अर्ब तान्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले आज बजारबाट ४० अर्ब रुपैयाँ तरलता झिक्ने भएको छ। बैंकिङ प्रणालीमा बढ्दो निक्षेपको तुलनामा कर्जा लगानी बढ्न नसक्दा केन्द्रीय बैंकले निरन्तर रुपमा बजारबाट तरलता झिक्ने गरेको छ। केन्द्रीय बैंकले आज (आइतबार) निक्षेप संकलन उपकरणका माध्यमबाट ४० अर्ब रुपैयाँ तरलता झिक्न लागेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

माओवादी ‘ब्याक’ भएपनि रास्वपा र राप्रपा पछि नहट्ने

प्रमुख प्रतिपक्षी माओवादी ब्याक भएपनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधिसभा बैठकमा अवरोध कायमै राख्ने भएका छन्। भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन गर्न संसदीय छानबिन समिति गठनको माग गर्दै निरन्तर संसद अवरोध गर्दै आएका रास्वपा र राप्रपाले बैठकमा अवरोध कायम राख्ने भएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

इजरायल-इरान युद्ध :  तेलको बाटो छेकिने डर

विश्वको करिव छैठौं स्तरको तेला निर्यातको यो मार्ग इरान र इजरायलबीचको लडाईका कारण प्रभावित छ। यो मार्ग भएर प्रतिदिन १ करोड ७२ लाख व्यारेल पेट्रोलियम पदार्थ ओसारपसार हुन्छ। ओमान र इराकबीचका यो मार्गले साउदी अरेबिया, इरान, युएईलगायतका देशहरूलाई अरब सग र त्यसबाहिरको सामुद्रिक बाटोलाई जोड्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

इजरायल- इरान युद्ध : ‘शक्ति राष्ट्र’हरूको ध्रुबिकरण

त्यसलगत्तै इरानले पनि इजरायलमाथि आक्रमण जारी राखेको छ। शुक्रबारदेखि उसले तेल अभिव र जेरुसेलममा सयौं क्षेप्यास्त्रहरू प्रहार गरेको छ। शनिबार राति भएको आक्रमणमा इजरायलमा केही बालबालिकासहित कम्तीमा ८ जना मारिएका छन्। भने सयौं घाइते भएका छन्। इरानका सरकारी टेलिभिजनहरूले तेलअभिवका सैन्य अड्डा र वरिपरिका वस्तीहरू ध्वस्त पारिएको भिडिओहरू सार्वजनिक गरिरहेका छन्। जेरुसेलमपछि तेलअभिव इजरायलको सबैभन्दा ठूलो र धेरै जनसंख्या भएको सहर हो। इजरायलका लागि यी रणनीतिक सहर पनि हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नागढुंगामा हायस दुर्घटना, २० घाइते, २ जनाको अवस्था गम्भीर

काठमाडौंबाट चितवन जाँदै गरेको हाइस नागढुङ्गामा दुर्घटना हुँदा २० यात्रु घाइते भएका छन्। शनिबार दिउँसो बा३ख ८३२९ नम्बरको हाइस नागढुङ्गा नजिकैको घुमाउने पसल अगाडि दुर्घटनामा परेको हो। हाइस सडकबाट करिब ८० मिटर तल खसेको प्रहरीले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सत्ता चलाउनेहरू जनविरोधी हुन् भन्ने ‘भिजिट भिसा’ काण्डले प्रमाणित भयोः रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले नेपाली राज्य र सत्ता चलाउनेहरू कुन हदसम्म जनविरोधी छन् भन्ने कुरा भिजिट भिसा काण्डले प्रमाणित गरेको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित छलफल तथा अन्तर्क्रिया कार्यक्रममा उनले जनताको सुविधाको लागि राज्य बनाए पनि नेपालको राज्य नागरिकलाई दुःख दिने खालको भएको भन्दै यसकारण सदनमा सहमति नगरेर आन्दोलन जारी राखेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भोलिबाट बंगलादेशमा ४० मेगावाट बिजुली निर्यात हुँदै, कस्तो छ प्राधिकरणको तयारी?

भारतको बाटो हुँदै बंगलादेशलाई ४० मेगावाट बिजुली बेच्न नेपाल, भारत र बंगलादेश बीच भएको त्रिपक्षीय सम्झौता अनुसार नेपालले भोली (जुन १५ अर्थात असार १) देखि बंगलादेशमा बिजुली पठाउनु पर्नेछ। गत वर्ष असोज १७ मा तीनओटै देशका उच्च पदस्थ अधिकारीहरूको उपस्थितिमा भएको सम्झौता पश्चात नेपालले १२ घण्टाका लागि मात्रै बंगलादेशमा बिजुली बेचेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

झापा पुगेर प्रचण्डले भनेः सरकारलाई छानबिन समिति बनाउन बाध्य पार्यौं र संसद खोलियो

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको राजनीतिक संघर्ष यथास्थितिवाद, दलाल पुँजीवाद र गणतन्त्रविरोधी शक्तिहरू विरुद्ध लड्नुपर्ने अवस्था आएको बताएका छन्। झापाको दमकमा आयोजित कोच, धिमाल, मेचे, सन्थाल, झाँगड र उराऊसहित पाँचवटा मोर्चाको संयुक्त सम्मेलनको उदघाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताए।

बिएल संवाददाता

बिएल संवाददाता - झापा

०८४ को निर्वाचनमा स्पष्ट ‘बहुमत’ ल्याउने प्रचण्डको ठोकुवा

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादीप्रति देश तथा विदेशमा जनताको आकर्षण तीव्र गतिमा बढिरहेको दाबी गरेका छन्। शनिबार मोरङको उर्लाबारीमा नेकपा माओवादी केन्द्र उर्लाबारीद्वारा आयोजित पार्टी प्रवेश समारोहमा बोल्दै उनले आगामी ०८४ सालको आमनिर्वाचनमा माओवादीले स्पष्ट बहुमत ल्याउने ठोकुवा गरे।

बिएल संवाददाता

बिएल संवाददाता - मोरङ

माओवादीप्रति जनलहर बढेपछि ‘घेराबन्दी’ र ‘बदनाम’ गर्ने काम भएको प्रचण्डको गुनासो

मोरङमा विभिन्न राजनीतिक दल परित्याग गरी पार्टी प्रवेश गरेकाहरूलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वागत गरेका छन्। विभिन्न पार्टी परित्याग गरी माओवादी प्रवेश गरेका सन्देश घिमिरे, सुवास लामा, कर्म लिम्बुसहित ३७० जना नेता तथा कार्यकर्ता नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - उर्लाबारी

गगनको जिकिरः कांग्रेसको कोही सदस्य भ्रष्टाचारमा मुछिए त्यसको भारी पार्टीले बोक्दैन

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीका कुनै सदस्य भ्रष्टाचारमा संलग्न देखिएमा त्यसको भारी सिंगो पार्टीले नबोक्ने बताएका छन्। शनिबार काठमाडौंमा आयोजित तेस्रो प्रदेश सभा क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै उनले कुनै व्यक्ति चुकेको अवस्थामा कांग्रेसले कोहीसँग सम्झौता गर्न नसक्ने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं