बिएल संवाददाता
बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले मानवताविरुद्धको अपराधमा दोषी ठहर गरेको छ।
गत वर्षको विद्रोहमा १४ सय मानिसको हत्या गरेको अभियोगमा हसिनालाई दोषी ठहर गरेको रोयटर्सलाई उद्यृत गर्दै अलजजिराले भनेको छ।
संयुक्त राष्ट्रसङ्घको रिपोर्टअनुसार घटनामा १४ जनासम्मको मृत्यु भएको उल्लेख छ भए पनि अन्तरिम सरकारले आठ सयभन्दा बढी व्यक्तिको मृत्यु र झण्डै १४ हजार घाइते भएको पुष्टि गरेको छ।
अभियोजनकर्ताहरूले हसिना तथा पूर्व गृहमन्त्री असदुज्जमान खानलाई मृत्युदण्डको माग गरेका थिए। तेस्रो अभियुक्त पूर्व प्रहरी प्रमुख राज्यको साक्षी मात्र रहेकाले उनलाई सोही बराबर सजाय मात्र माग गरिएको छ। उनीविरुद्ध मृत्युदण्ड नमागिएको बंगलादेशी मिडियाले भनेका छन्।
हसिनालाई मानवताविरुद्धको अपराधमा फाँसीको सजाय हुनसक्ने अडकलहरू काटिएका छन्। अमेरिका बस्दै आएका हसिनाका छोरा साजिब वाजेदले आफ्नी आमालाई मृत्युदण्डको फैसला हुन सक्ने बताएका छन्।
सत्ताच्युतपछि हसिना भारतमा निर्वासित जीवन बिताइरहेकी छन्। हसिनाको पार्टी अवामी लिगले मुद्धाको फैसला सुनाइरहेको विशेष न्यायाधिकरणलाई ‘कङ्गारू अदालत’ भन्दै देशव्यापी आन्दोलन र बन्द आह्वान गरेको छ।
ठाउँठाउँमा आगजनी, तोडफोड र बम विस्फोटका घटनाहरू सार्वजनिक भएका छन्। सरकारले ढाका तथा अन्य ठाँउमा अर्धसैनिक सीमा रक्षक तथा प्रहरी बल तैनाथ गरेको छ।
ढाकाका प्रहरी प्रमुख शेख मोहम्मद सज्जत अलीले हिंसा नियन्त्रणका लागि भन्दै आगजनी र बम प्रहार गर्नेहरूलाई ठाउँको ठाउँ गोली हान्न आदेश दिएका छन्।
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया