मङ्गलबार, ११ नोभेम्बर २०२५

सूर्यदर्शन सहकारी ठगी प्रकरण: आजदेखि प्रतिवादीहरूको तर्फबाट थुनछेक बहस

आज सुरुमा जाहेरवालाहरूको तर्फबाट बाँकी केही बहस भए उनीहरूले इजलाशमा आफ्नो कुरा राख्ने र त्यसपछि थुनामा रहेका सातजना प्रतिवादीको तर्फबाट क्रमशः उनीहरूका कानुन व्यवसायीले बहस गर्नेछन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भ्रष्टाचारविरुद्ध जसरी जानुपर्ने हो गएका छौँ त? यसकाे जवाफ दिनैपर्छ: प्रचण्ड

जहाँ भ्रष्टाचार भएको छ भन्ने जनताले आशंका गरेका छन् र सदनमा गम्भीर प्रश्न उठेका छन्, त्यहाँ राजनीतिक नेतृत्वको इमान्दारिता जनताले जाँच्न खोजेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भने, ‘म यसका लागि आफ्नो पक्षबाट योगदान गर्न तयार छु।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ठगी आरोप लागेपछि लेखा समिति सभापति पाेखरेलले हटाए स्वकीय सचिव

सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले ठगी आराेप लागेपछि आफ्नाे स्वकीय सचिव अनिलकुमार पोखरेललाई हटाएका छन्। शुक्रबार संघीय संसद् सचिवालयलाई पत्र लेखेर पोखरेलले स्वकीय सचिव अनिलकुमारलाई निष्कासन गरेका जानकारी गराएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

मनै लोभ्याउने ‘सिन्जा उपत्यका’ (फोटो फिचर)

सिन्जा उपत्यका ऐतिहासिक जुम्ला राज्यको राजधानी तथा वर्तमान नेपालको प्रशासनिक संरचनामा कर्णाली प्रदेश तथा जुम्ला जिल्लामा अवस्थित छ। अत्यन्त विकट पहाडी तथा हिमाली क्षेत्रबीच रहेको यो उपत्यका भुगोल अनुपम छ। तिला नदी यो उपत्यकालाई चिर्दै बाहिर निस्केको छ भने मार्सी चामल, स्याउ लगायतका फलफूलको उत्पादनमा यो उपत्यका अग्रणी मानिन्छ।

बिएल संवाददाता

बिएल संवाददाता - सिन्जा

सूर्यदर्शन सहकारी ठगी प्रकरण: आजदेखि प्रतिवादीहरुको तर्फबाट थुनछेक बहस

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा जारी थुनछेक बहसअन्तर्गत शुक्रबारदेखि प्रतिवादीहरूको तर्फबाट बहस हुँदैछ। आज शुरुमा जाहेरवालाहरुको तर्फबाट बाँकी केही बहस भए उनीहरुले इजलाशमा आफ्नो कुरा राख्ने र त्यसपछि थुनामा रहेका सातजना प्रतिवादीको तर्फबाट क्रमशः उनीहरूका कानुन व्यवसायीले बहस गर्नेछन्।

बिएल संवाददाता

बिएल संवाददाता - पाेखरा

फेसबुकमा माया-प्रेम, ह्वाट्सएपमा क्यूआर अनि क्षणभरमै लाखौं ठगी

सुरुमा त उषालाई पत्यार लागेन। तर त्यसपछि फेरि यूकेबाट डा. अन्नाले फकाइफुल्याइ गर्छन् र भन्छन् ‘क्रिसमसमा अरुलाई गिफ्ट पठाउँदा पुण्य हुन्छ…।’ त्यसपछि उषाले पनि आफ्नो सबै व्यक्तिगत विवरणहरू दिन्छिन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

सहकारी ठगीमा धनराज र ऋषिकेश दोषी देखिएपनि सरकारले संरक्षण गर्‍याे: माओवादी

उनले भने, ‘भ्रष्टाचार गर्नेहरुको संरक्षणमा सरकार लागिरहेको छ। राम्रो काम गर्नेलाई हटाउने, आफ्ना मान्छेचाहिँ जोगाउने अनि आफूभन्दा टाढाका मान्छेचाहिँ छानी–छानी कारबाही गर्ने। आफ्नालाई जोगाउने कांग्रेस उपसभापति धनराज गुरुङ सहकारीमा जोडिएको सिँधै छ तर कुनै कारबाही नै छैन। त्यस्तै लेखा सभापति ऋषिकेश पोखरेललाई पनि संरक्षण गरिरहेको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भीम रावलको आरोप प्रचण्डको कपी पेस्ट हाे, गालीगलौजले देश बन्दैन: एमाले

‘२०७७ साल कात्तिकमा लगभग यिनै भाषामा प्रचण्डले १९ पेजको आरोप लगाउनुभएको थियो। एक किसिमले कपी पेष्ट हो। त्यसले उहाँभित्र कति नकारात्मक कुराले भरिएको छ भन्ने प्रष्ट भएको छ’, उनले भने, ‘गालीगलौजले देश बन्ने भए एक जमानामा प्रचण्ड र बाबुराम भट्टराईको डिक्स्नेरीमा भएका शब्द खोजीखोजी गाली गर्नुहुन्थ्यो। रवि लामिछानेजीहरू त्यसैगरी नै उदाउनुभयो। गालीगलौजले देश बन्दैन।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भ्रष्टाचार निवारण ऐन संशोधन विधेयक संसदीय समितिबाट पारित

भ्रष्टाचार निवारण ऐनलाई संशोधन गर्न बनेको विधेयक संसदीय समितिबाट पारित भएको छ।  बिहीबार सिहंदरबारमा बसेको प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकबाट उपसमितिले तयार गरको प्रतिवेदनसहितको संशोधन विधेयक पारित भएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

पेरिसडाँडामा माओवादी स्थायी समिति बैठक, पूर्वउपराष्ट्रपति पनि सहभागी

नेकपा (माओवादी केन्द्र) स्थायी समितिको बैठक सुरू भएकाे छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा केहीबेरअघि बैठक सुरु भएको हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

शेरा दरबारबारे प्रचण्ड- दोषीलाई कारबाही गरियोस्, गृहमन्त्रीले भने- अध्ययन भइरहेकाे छ

‘शेरा दरबारको विषय सुनेपछि मैले दोषीलाई कारबाही गरियोस्, सरकारलाई म सहयोग गर्न तयार छु भनेर भनेको थिएँ। मलाई धेरै भन्नु छैन। जसरी ललिता निवासको कयौँ रोपनी जग्गा फिर्ता ल्याउन सकियो। त्यसरी नै जग्गा फिर्ता ल्याउन सके म सरकारलाई धन्यवाद भन्नेछु’, उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पिंगलास्थानकाे होटलमा एक युवती मृत फेला

पिंगलास्थानकाे बागमती होटलकाे कोठा नम्बर ३०८ मा युवती मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। प्रहरीका अनुसार मृत भेटिनेमा कागेश्वरी मनोहरा नगरपालिका घर भएकी २३ वर्षीया सुस्मिता खड्का रहेकी छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

फोहोरले कुरुप बनेकाे टुकुचा (तस्बिरहरू)

बर्खाको पानीबाहेक टुकुचामा अरू केही बग्छ भने त्यो वरिपरिका बस्तीले हुल्ने ढल र दूषित पानी मात्र हो। ढलको प्वाल थुनिदिने हो भने सायद बर्खाबाहेक अरू याममा यहाँ बग्ने चिज केही हुने छैन।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘पार्टी भित्रैकै मान्छेले मलाई कारबाही गरे, अनि सभापतिमाथि नै प्रहार गरे’

उनले लेखेका छन्, ‘सभापतिलाई महामन्त्रीबाट अलग गराएपछि सभापति कमजोर हुन्छन् भन्ने बुझेकाले नराम्ररी नै खेले। मैले बुझाउने प्रयास गरे, म असफल रहेँ। मलाई कारबाही गरे, अनि सभापतिमाथि नै प्रहार गरे। पार्टी बाहिरबाट खेले। पार्टी भित्रैबाट पनि खेले। मैले त्यतिबेला यो राजनीति भइराछ, जोगिऔँ भने, तर त्यतिबेलासम्म उहाँ उहाँलाई पुर्न बनाइएको खाल्डोमा परिसक्नु भएको थियो। मैले बार बार सम्झाए, बुझाए, तर खाल्डोमा परेको कुरा पत्याउनु भएन। उल्टै मलाई कारबाही गर्नु भयो। अरूका राजनीति नबुझेरै उहाँले मेरो राजनीतिक रूपमा हत्या गर्ने प्रयास गर्नु भयो र म पनि त्यसै अनुसार प्रतिक्रियात्मक हुन पुगे।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एमाले सचिवालय बैठक बस्दै

नेकपा एमालेको सचिवालय बैठक बिहीबार बस्दैछ। बैठक पार्टी कार्यालय च्यासलमा आज दिउँसो  १२ः३० मा बस्न लागेको हो।   आजको बैठकमा केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गरिनेछ। केन्द्रीय कमिटी बैठकको मिति नजिकिँदै गर्दा त्यसका एजेण्डा र राष्ट्रिय राजनीतिबारे छलफल गर्न बैठक बोलाइएको हो। एमालेको केन्द्रीय कमिटी बैठक पुस २१ र २२ गतेका लागि डाकिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आज ६ संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

संघीय संसद अन्तर्गत विभिन्न ६ वटा समितिको बैठक बस्दैछ।  आज अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानून, न्याय तथा मानवअधिकार समिति, राज्य व्यवस्था तथा सुशासन समिति, पूर्वाधार विकास समिति, विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो। सबै समितिका बैठक बिहान ११ देखि दिउँसो ३ को बीचमा सिंहदरबारमा बस्नेछन्। अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आर्थिक वर्ष २०८१–८२ को कार्यक्रम तथा हालसम्मको प्रगतिका बारेमा छलफल हुनेछ। यस्तै राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा छलफल गर्न गठित उपसमितिको प्रतिवेदनमाथि छलफल गर्ने तयारी छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भुमिसम्बन्धी समस्यालाई समाधान गर्न ऐन–कानुन परिमार्जित गर्नुपर्छ: मन्त्री अधिकारी

मन्त्री अधिकारीले विगतका भूमिसम्बन्धी आयोगले गरेका राम्रा कामलाई निरन्तरता दिने स्पष्ट पारे। उनले भूमिसम्बन्धी समस्यालाई पूर्ण रूपमा समाधान गर्न ऐन–कानुन समेत परिमार्जित गर्नुपर्ने बताए।आगामी एक वर्षभित्र करिव एक लाख भूमिहीनलाई लालपूर्जा वितरण गर्ने तयारीका साथ अघि बढेको उनको भनाइ छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

अत्यावश्यक सेवामा हड्ताल गर्न निषेध, माघ १४ मा सम्पत्ति शुद्धीकरण निवारण दिवस मनाइने

सरकारले आवश्यक सेवामा हड्ताल गर्न निषेध गर्ने आदेश जारी गर्ने र सोको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेकाे छ। यसैगरी बैठक प्रत्येक वर्ष माघ १४ गते सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस मनाउन स्वीकृति दिने निर्णय गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एकीकृत समाजवादी र वामदेवबीचको वार्ता सहमति नजिक

उनले भने, ‘टुंगिएको नभनौँ, तर धेरै सकारात्मक कुरा भएको छ। समझदारी विकास गर्ने सहमति भएको छ। अब छिट्टै पार्टी एकता हुनेछ। धेरै समय कुर्नु पर्दैन अब।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

केपी ओलीमाथि भीम रावलकाे प्रश्न वर्षा (पूर्णपाठ)

उनले शान्ति प्रक्रिया, संविधान निर्माणलगायतका जटिल र कठिन कामहरुमा पार्टीले दिएको जिम्मेवारीअनुसार भूमिका पूरा गरेकाे तर आफ्नाे ४९ वर्षको पार्टी सदस्यता खोस्ने र ५१ वर्षको राजनीतिक जीवन समाप्त गर्न खोजेकाे आराेप लगाए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं