आइतबार, २६ अप्रिल २०२६

पाइलटको त्यो अन्तिम कलः ‘मैले थ्रस्ट पाइरहेको छैन, पावर घट्दैछ, हामी बाँच्दैनौं होला…’

भारतको अहमदाबादमा एअर इन्डियाको विमान दुर्घटनामा पाइलट सुमित सभरवालले एटीसीलाई पठाएको अन्तिम कल बाहिरिएको छ। भारतीय सञ्चार माध्यमका अनुसार दुर्घटनाको अन्तिम समयमा पाइलटले एयर ट्राफिक कन्ट्रोलर (एटीसी)लाई पठाएको ४-५ सेकेन्डको सन्देशमा विमानले थ्रस्ट नपाइरहेको र विमान उठ्न नसकेको जानकारी गराउँदै अब आफूहरू नबाँच्ने संकेत गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - अहमदावाद

कानुन सांसदले बनाउने हो, शिक्षक महासंघको हस्तक्षेप स्वीकार्य छैन: सुमना श्रेष्ठ

रास्वपा सांसद तथा पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले विद्यालय शिक्षा विधेयक बनाउने जिम्मेवारी संसदको भएको बताउँदै बाह्य प्रेसर सह्य नहुने बताएकी छन्। प्रतिनिधि सभाको शिक्षा समिति बैठकमा विद्यालय शिक्षा विधेयकमाथि छलफलमा आफ्नो धारणा राख्दै सुमनाले सरकार नेपाल शिक्षक महासंघ, प्याब्सन, एनप्याब्सन, हिसान जस्ता संघसंस्थाको दबाबमा परेको दाबी गर्दै ऐन बनाउँने विषयमा बाह्य हस्तक्षेप सह्य नहुने बताइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘माओवाद’ का नाममा ठगी धन्दा मौलायोः बाबुराम

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले माओवादी भन्ने पार्टीको नाम प्रयोग गरेर ठगी धन्दा भएको बताएका छन्। शुक्रबार नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को पार्टी स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले माओवादी आन्दोलनका शीर्षपंक्तीमा बस्ने मान्छेहरूले हिजोको जनयुद्धमाथि न्याय नगरेको भन्दै माओवादको नाममा ठगी धन्दा चलाएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्री र विश्व बैंकका प्रमुख प्रशासकीय अधिकृतबीच शिष्टाचार भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओलीसँग विश्व बैंक समूहका प्रबन्ध निर्देशक तथा प्रमुख प्रशासकीय अधिकृत डेभिड सिस्लेनले शुक्रबार शिष्टाचार भेट गरेका छन्।  प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा नेपालमा लगानी वृद्धि र रोजगारी सृजनाका माध्यमबाट विकासका लक्ष्य हासिल गर्न आपसी सहकार्य बढाउने विषयमा छलफल भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अग्नीप्रसादको मुद्दासँग गृहमन्त्रीको राजीनामा साटेका होइनौं- प्रचण्ड

उनले पार्टी अध्यक्ष अग्नी सापकोटाको मुद्दासँग गृहमन्त्रीको राजीनामा साटेको भन्ने प्रतिपक्षको आरोपलाई पनि खण्डण गरे।  ‘यस्ता वाहियात कुराहरूलाई मानिसले प्रचार गरिरहेका छन्। त्यस्तो केही पनि होइन। भिजिट भिसा प्रकरण र अग्नी सापकोटाको मुद्दामा कुनै साइनो सम्बन्ध नै छैन’ प्रचण्डले भने ‘सदन खोल्ने सहमतिलाई सत्तामा जान लागेको हो कि भन्ने पनि छ। तर अहिले माओवादीको ध्यान सत्तातिर छैन।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

इरानले पनि थाल्यो इजरायलमाथि ‘जवाफी आक्रमण’

इजरेली सेनाले इरानमा आक्रमण गर्दै त्यहाँको नतान्जस्थित मुख्य युरेनिअम प्रशोधन केन्द्र र तब्रिजको विमानस्थलमा हमला गरेको छ। इरानले पनि इजरायलविरुद्ध जवाफी कारबाही सुरु गरेको छ। शुक्रबार रातिदेखि इजरायलले इरानमाथि ‘निर्णायक आक्रमण’ सुरु गरेको घोषणा गरेको थियो। ब्लास्टिक मिसाइलहरूबाट इजरायली फौंजले इरानको सबैभन्दा ठूलो र महत्वपूर्ण मानिने नतान्जस्थित मुख्य युरेनिअम (परमाणु) प्रशोधन केन्द्र र बिमानस्थलमा आक्रमण गरेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रास्वपालाई गृहमन्त्रीको चेतावनीः पार्टी कार्यालयमा ‘नक्कली पीडित’ खडा गर्न बन्द गर्नुस्

गृहमन्त्री रमेश लेखकले राष्ट्रिय स्वतन्त्र पार्टीले भिजिट भिसा प्रकरणमा नक्कली पीडित खडा गरेर आफूविरुद्ध जालसाँझ गर्ने प्रयत्न गरिरहेको आरोप लगाएका छन्। शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले पार्टी कार्यालयमा नक्कली पीडितहरूलाई बोलाएर जाहेरी लेखेर आफ्नोविरुद्ध दर्ता गर्ने प्रयत्न गरेको आरोप लगाउँदै यस्ता अपमानजनक र जालछाँट गरेर नक्कली पीडित खडा गर्नेहरूको पत्ता लगाएर कारबाही गरिने चेतावनी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मेराविरुद्ध नियोजित ढंगले राजनीतिक आक्रमण गर्ने प्रयत्न भयोः रमेश लेखक

गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफूलाई जोडेर आएका समाचारहरूमा कुनै सत्यता नभएको दाबी गरेका छन्। शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले आफ्ना विरुद्धमा नियोजित, षड्यन्त्रपूर्वक ढंगले र राजनीतिक रुपले आक्रमण गर्ने प्रयत्न भएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

माधव नेपालको दाबीः मैले कसैसँग ‘घुस लियो’ भन्नसक्ने मान्छे धर्तीमै छैनन्

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले ‘माधव नेपाल’ले पैसा घुस कसैसँग लिएको भनेर भन्नसक्ने मान्छे धर्तीमै नभएको बताएका छन्। शुक्रबार काठमाडौंमा आयोजित नेकपा एस सुदूरपश्चिम प्रदेश सम्पर्क कमिटीद्वारा आयोजित कार्यकर्ता भेला कार्यक्रममा उनले खाएको विष लाग्ने हो नखाएको विष लाग्दैन भन्दै नेपालले घुस खाएको कुरा पुष्टि गर्न चुनौती दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रतिपक्षी गठबन्धनमा फुट, एमालेसँग सहमति गरेको माओवादीलाई रास्वपा राप्रपाको अवरोध

सत्तापक्ष र प्रमुख प्रतिपक्षबिच संसद् अवरोध खुलाउन २ बुँदे सहमति भएपछि बसेको प्रतिनिधि सभा बैठकमा पनि रास्वपा र राप्रपाले अवरोध जारी राखेका छन्। सभामुख देवराज घिमिरेले माओवादी प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्न समय दिएपछि राप्रपा र रास्वपा सांसदहरूले टेबल ठटाउँदै बोल्न अवरोध गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

यस्तो छ एमाले-माओवादी २ बुँदे सहमति (पत्रसहित)

सत्तापक्ष र प्रमुख प्रतिपक्षबिच संसद् अवरोध खुलाउन २ बुँदे सहमति भएको छ। शुक्रबार सत्तापक्षका तर्फबाट मुख्य सचेतक महेश बर्तौला र विपक्षका तर्फबाट माओवादी प्रमुख सचेतक हितराज पाण्डेले दुई बुँदे सहमति सहमति पत्रमा हस्ताक्षर गरेका छन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहमतिपछि १३ गतेदेखि अवरुद्ध बैठक आजैदेखि खुल्ने जानकारी गराए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सत्तारुढ दल र माओवादीबीच दुई बुँदे सहमतिमा हस्ताक्षर, एक्लियो रास्वपा…

प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले संसदको अवरोध हटाउने विषयमा सत्ता गठबन्धनसँग दुई बुँदे सहमति गरेको छ। भिजिट भिसा प्रकरणलाई लिएर २ सातादेखि जारी संसदको अवरोध हटाउन गर्न कांग्रेस-एमाले र प्रमुख प्रतिपक्षी माओवादीबीच २ बुँदे सहमति भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपाल अब रोजगार खोज्ने होइन, रोजगारी दिनेगरी सक्षम बन्नुपर्छः ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले अध्ययन कहिल्यै पूरा नहुने भएकाले आफूूले पाएको ज्ञानलाई व्यवहारमा उतार्दै आइपरेका नयाँ-नयाँ चुनौतीको मौलिक ढङ्गले समाधान गर्दै अगाडि बढ्न दीक्षित विद्यार्थीलाई आग्रह गरेका छन्। धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयको ३०औं दीक्षान्त समारोह (दोस्रो चरण) लाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अब नेपालको परिचय ‘बहादुर’ मात्र नभइ ‘इमान्दार, मेहनती र शालिन व्यक्तिको देश’ भनी स्थापित गराउनुपर्नेमा जोड दिँदै सीपयुक्त जनशक्तिले अनुसन्धान र नवप्रवर्तनमा लागेर देशको सेवा गर्नुपर्ने आग्रह गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

उर्जामन्त्रीकै अघि शेखरको प्रश्नः व्यापारीले विद्युतको बक्यौता नतिर्ने भए जनताले चैं किन तिर्ने?

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले व्यापारीबाट विद्युत प्राधिकरणको बक्यौता नउठाएको भन्दै उर्जामन्त्रीकै सामू असन्तुष्टि पोखेका छन्। पार्टी निकट विद्युत प्राधिकरण संघको महाधिवेशनलाई सम्बोधन गर्दै कोइरालाले व्यापारीबाट उठाउनुपर्ने पैसा नउठाएर प्राधिकरण खस्कियो भन्दै हल्ला गर्नु गलत भएको जिकिर गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रविन्द्र र धवलशमशेरविरुद्ध फेरि पक्राउ पूर्जी जारी हुँदै!

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र सांसद धवलशमशेर राणाविरुद्ध फेरि पक्राउ पूर्जी जारी हुने भएको छ। अदालतमा बयानका लागि अनुपस्थित रहेका उनीहरूविरुद्ध फरार अरोपीको रूपमा पक्राउ पुर्जी जारी हुने भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

चार उच्च अदालतका मुख्य न्यायाधीश नियुक्त

न्याय परिषदले चारवटा उच्च अदालतका मुख्य न्यायाधीशहरूको नियुक्ति तथा पदस्थापन सिफारिस गरेको छ। शुक्रबार बसेको परिषदको बैठकले उच्च अदालतका मुख्य न्यायाधीशहरूको नियुक्ति तथा पदस्थापन सिफारिस गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

इरानमाथि अमेरिकाको त्यो असफल अपरेसन

सन् २०२० को सुरुवात जनवरी २ र ३ मा अमेरिकाले गरेको एयर स्ट्रइकमा इरानका एकजना लोकप्रिय मेजर जनरल कासिम सुलेमानीसँगै केही सैनिकको हत्या भएको थियो। त्यो घट्नाले विश्व राजनीति तरङ्गित भयो। उतिबेला पनि अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्प थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

उद्योग समितिमा चर्काचर्की, टेबुल ठोकाठोकमा उत्रिए सांसद…

शुक्रबार बिहान सिंहदरबारमा बसेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा सांसदहरूबीच चर्काचर्की र टेबुल ठोकाठोक भएको छ।  समिति बैंठकमा श्रममन्त्री शरदसिंह भण्डारी र गृहमन्त्री रमेश लेखक अनुपस्थित भएको साथै दुई मन्त्रीका विषयमा छानविन हुनुपर्ने विषयमा चर्काचर्की भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

फोन संवादलाई ‘तोडमोड’ गरी धम्कीको ‘आरोप’ लगाउनु दुःखद: परराष्ट्रमन्त्री राणा

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाल रिपब्लिक मिडियाकी निर्देशक शोभा ज्ञवालीसँगको टेलिफोन संवादलाई ‘धम्कीपूर्ण’ भन्दै प्रकाशित गरिएको समाचारप्रति कडा आपत्ति जनाएकी छन्। नागरिक दैनिकमा प्रकाशित समाचार ‘पूर्णरूपमा तोडमोड गरिएको र भ्रामक’ रहेको उनको दाबी छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भिजिट भिसा प्रकरण: छानिबिनका लागि सत्ता प्रतिपक्ष ‘सहमति नजिक’

बिहीबार दिनभरि पनि सत्ता र प्रतिपक्षहरू श्रृङ्खलावद्ध बैठकमा थिए। ती बैठकहरूबाट लगभग सहमति नजिक पुगिएको प्रचण्डले बताएका छन्। भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छनबिन हुनुपर्ने र उनले राजीनामा दिनुपर्ने माग प्रतिपक्षको थियो। तर माओवादीले भने त्यो माग छोडिसकेको थियो। राष्ट्रिय स्वतन्त्र पार्टी पनि राजीनामाको मागबाट पछि हटेर अब छानबिन समिति बनाउनेमा सहमति खोजिरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं