आइतबार, १६ नोभेम्बर २०२५

दम्भी भन्नेलाई ओलीको जवाफः देश बनाउने उद्धेश्य हो

News Image
• • •

एमाले अध्यक्ष केपी ओलीले सरकारमा रहेकाहरूले भन्ने गरेको सुशासन नै केपी र रमेश लेखकलाई पक्राउ गर्नु रहेको दाबी गरेका छन्।

आइतबार गुण्डुस्थित निवासमा प्रेस चौतारीका नेताहरूसँग छलफल गर्दै ओलीले सरकारमा रहेकाहरूले नै जेन-जीका नाममा ज्ञापनपत्र मस्यौदा गरेर बुझाउन लगाइरहेको बताए।

ओलीले भने, ‘यो सरकारले सुशासन भनेकै केपी ओली र रमेश लेखकलाई गिरफ्तार गर्ने भन्ने बुझेको छ। त्यसका निम्ति जेनजीहरूलाई संगठित गर्ने, जेनजीहरूका मागपत्र लेखिदिने, उनीहरूलाई बोलाएर मागपत्र पढाउने, हातमा मागपत्र थमाउने, जेन-जीको डेलिगेसन बोलाउने, सञ्चारकर्मीका अगाडि जेनजीले सरकारलाई दबाब दिए ल के गरौं? भनेर सरकार एकदमै दबाबमा परेको छ र भनेर देखाउने काम भइरहेको छ। मलाई थाहा छ त्यो जेन-जीको नाममा मस्यौदा कसले लेखेको हो, कहाँ बोलाएर पढाइयो, त्यसको अर्गनाइजर को हो? सबै थाहा छ। बिना पैसा अहिले यी तमासा हेर्न पाइएको छ।’

ओलीले आफू सत्य कुरा गर्ने र जीवनभर लडिरहने भन्दै कसैले यसलाई दम्भ भने पनि यो घट्नेवाला नरहेको स्पष्ट पारे।

‘कसैले यसलाई दम्भ भन्छ भने यो घट्नेवाला छैन, देश बनाउने उद्धेश्यमा कमी आउने छैन।’

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!