बिएल संवाददाता
नेकपा एमालेका सचिव लेखराज भट्टले देश र जनताको लागि जेसुकै बलिदान गर्न पनि तयार रहेको बताएका छन्।
एमाले कैलालीले शनिबार धनगढीमा आयोजना गरेको जनसभाई सम्बोधन गर्दै पार्टीका सुदूरपश्चिम इन्चार्ज समेत रहेका नेता भट्टले मुलुकको राष्ट्रियता, सार्वभौगिकता र राष्ट्रिय अखण्डताका निमित्त एमाले फेरि पनि संघर्ष गर्न तयार रहेको बताएका हुन्।
‘एमाले देश र जनताको लागि जेसुकै बलिदान गर्न पनि तयार छ। एउटा हिन्दी फिल्ममा छ, टाइगर अभि जिन्दा हे। एमाले अझै जिउँदो छ। राष्ट्रियताका निमित्त, सार्वभौगिकताका निमित्त, अखण्डताका निमित्त फेरि पनि बलिदान गर्न तयार छ। तयार हुनु पनि पर्छ। देशलाई बचाउनुपर्छ। तब मात्र विकास र समृद्धि आउँछ।’
भट्टले एमालेले संविधानलाई जिउँदो बनाउनका निमित्त विघटित प्रतिनिधि सभा पुन: स्थापना माग गरिरहेको दाबी गरे। उनले नेपाली जनताले ठूलो बलिदानबाट बनाएको संविधान कुनै गजेडी, नसेडीले ‘फाल्ने कि राख्ने’ भनिरहेको भन्दै आक्रोश व्यक्त गरे।
‘यो संविधान राख्ने कि फाल्ने म अकर्मण्यतामा छु। निर्णय गर्न सकेको छैन्। एउटा ड्रगिस्ट गजेडीले जनताले बनाएको संविधान मैले के गर्ने भन्छ?,’ उनले भने, ‘यो संविधानलाई के गर्ने भन्ने अधिकार नेपाली जनतालाई मात्र छ। संशोधन गर्ने कि फाल्ने? यो अधिकार कुनै नसेडीलाई होइन। जनतालाई छ।’
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया