बिएल संवाददाता
एमाले उपाध्यक्ष रामबहादुर थापा बादलले फागुन २१ मा गर्ने भनिएको निर्वाचन भदौ २३ र २४ गते देश र जनता विरूद्व रचिएको षड्यन्त्रलाई वैधता दिन रचिएको ‘हनी ट्र्यापिङ’ भएको टिप्पणी गरेका छन्।
एमाले चितवनले शनिबार नारायणगढमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै बादलले यस्तो ट्र्यापिङमा ठूला दलहरू पर्न नहुने बताए।
सुशीला कार्की सरकाले ठूला दलका नेताहरूलाई फसाएर मात्रै निर्वाचन गर्ने षड्यन्त्र गरिरहेको बादलको दाबी छ। विदेशीको इशारामा बनेको कार्की सरकारले ठूला दलका नेताहरूलाई नफसाए विदेशी शक्तिले कार्कीलाई नै सरकारबाट हटाइदिने ठोकुवा गरे।
निर्वाचनको भुलभुलैया मात्रै भएको कुरा स्थापित दलहरू यो षड्यन्त्र नबुझेर विभाजित बने देश विदेशीको सैनिक अखडा हुने बादलले चेतावनी दिए।
प्रतिनिधिसभा पुनर्स्थापना गरेर जनताको सार्वभौम संसदबाट बन्ने सरकारले मात्रै निर्वाचन गराउनुपर्ने उनको भनाइ छ।
‘विदेशीले नेपालका स्रोत साधनहरू कब्जा गर्न, चीन र भारत जस्ता देशमा पृथकतावादी आन्दोलन चर्काउन नेपालमा सैनिक अड्डा राखेर प्रयोग गर्न षड्यन्त्र एक कडी भदौ २३ र २४ को कलर रिभोलुसन हो,’ बादलले भने, ‘त्यसका लागि नेपालमा बालेन र रवि जस्ता नाममा कठपुतली जेलेन्स्कीहरू जन्माउन खोजिरहका छन्।’
बादलले प्रचण्ड–माधवको नेकपा निर्वाचनमा अस्तित्व जोगाउन खडा गरिएको १० कोठे टहरो मात्रै भएको जिकिर गर्दै कोर्स करेक्सन गरेर मूल घरमा फर्किन नेकपाका नेता कार्यकर्तालाई आह्वान गरे।
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
‘लकीरका फकीर’ होईन, मार्क्सवाद
प्रभु बैंकमा बद्मासी- सेटिङ गर्न पन्तले निकालिन् कर्मचारीको नाममा लाखौं पेश्की
रवि लामिछाने: जेलको चिसो कोठाबाट उठिरहेको नयाँ राजनीतिक ताप
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया