बिएल संवाददाता
दुर्गा प्रसाईंको समर्थनमा नागरिक बचाउ दलले दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ।
‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ चलाउँदै आएका प्रसाईंले अभियानसँग मिल्दो नाममा दल बनाएका हुन्।
दलको अध्यक्षमा प्रसाईं आफैं भने हुनेछैनन्। निर्वाचन आयोगमा दिएको निवेदन अनुसार, पार्टीको नेतृत्वमा उनले आफ्ना प्रमुख स्वकीय सचिव माधव खतिवडालाई राखेका छन्।
‘नागरिक बचाउ दल’ नाममा दल दर्ताका लागि गत कात्तिक २३ गते निवेदन परेको हो। चुनाव चिह्न ‘दुई पाइला’ प्रस्ताव गरिएको छ।
पार्टीको केन्द्रीय कमिटीमा प्रस्तावितहरू आइतबार सनाखतका लागि निर्वाचन आयोगमा उपस्थित भएका छन्।
आज दल दर्ताको अन्तिम दिन छ। मंसिर १ गतेबाट निर्वाचनका लागि दल दर्ताको सुरु हुने आयोगले बताएको छ।
मंसिर १० गतेसम्म दल दर्ताको समय राखिएको र सो समयसम्म दल दर्ताको प्रमाणपत्र पाएका दलहरू मात्र निर्वाचनमा भाग लिन योग्य हुनेछन्।
प्रसाईंले विभिन्न मागहरू राख्दै आन्दोनलका कार्यक्रमहरू घोषणा गरेका छन्।
केही समयअघि प्रधानमन्त्री सुशीला कार्कीले सम्पादकहरूसँगको छलफलमा झापामा पूराना नेताहरू कमजोर भएकाले प्रसाईंले जित्न सक्ने सम्भावना रहेकाले चुनाव जितेर आफ्नो माग पूरा गर्नुपर्ने भनेकी थिइन्।
कार्कीको उक्त संकेतपछि प्रसाईंले आफ्नो समर्थन रहने गरी नागरिक बनाउ दल दर्ताको लागि निवेदन दिएका हुन्।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया