बिएल संवाददाता
जनकपुरधामका युवाहरूको एक समूहले मधेश प्रदेश सभा विघटन गरी प्रदेश प्रमुख शासन लागू गर्न माग गरेका छन्।
स्वतन्त्र युवा समाजका अगुवाहरूले आइतबार प्रदेश प्रमुख डा. सुरेन्द्र लाभलाई प्रदेश राजनीतिक किचलोको सिकार भइरहेको भन्दै निकासका लागि प्रदेश सभा विघटन गर्न मागसहितको पत्र बुझाएका हुन्।
युवाहरूले उक्त पत्र राष्ट्रपति कार्यालयमा बुझाइदिन प्रदेश प्रमुख डा. लाभलाई आग्रह गरेका छन्।
मधेश प्रदेश सभाका सांसदहरूको लुछाचुडीका कारण प्रदेशको सम्पूर्ण मन्त्रालय, कार्यालयहरू अस्तव्यस्त भइसकेकोले देशको सार्वभौम सत्ता, राष्ट्रियतामा गम्भीर असर परेको पत्रमा उल्लेख रहेको छ।
सोही कुराहरूलाई मध्यनजर गर्दै नेपालको संविधानको धारा २३२ को उपधारा ३ बमोजिम प्रदेश मन्त्रिपरिषद् र प्रदेश सभालाई कम्तिमा ६ महिनाका लागि निलम्बन गरी वा विघटन गरी स्वतन्त्र नागरिक सरकार गठन गरी मधेश प्रदेशमा संघीयता संस्थागत, सुशासन कायम गर्न युवाहरूले आग्रह गरेका छन्।
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
‘लकीरका फकीर’ होईन, मार्क्सवाद
प्रभु बैंकमा बद्मासी- सेटिङ गर्न पन्तले निकालिन् कर्मचारीको नाममा लाखौं पेश्की
रवि लामिछाने: जेलको चिसो कोठाबाट उठिरहेको नयाँ राजनीतिक ताप
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया