बिएल संवाददाता
जनकपुरधामका युवाहरूको एक समूहले मधेश प्रदेश सभा विघटन गरी प्रदेश प्रमुख शासन लागू गर्न माग गरेका छन्।
स्वतन्त्र युवा समाजका अगुवाहरूले आइतबार प्रदेश प्रमुख डा. सुरेन्द्र लाभलाई प्रदेश राजनीतिक किचलोको सिकार भइरहेको भन्दै निकासका लागि प्रदेश सभा विघटन गर्न मागसहितको पत्र बुझाएका हुन्।
युवाहरूले उक्त पत्र राष्ट्रपति कार्यालयमा बुझाइदिन प्रदेश प्रमुख डा. लाभलाई आग्रह गरेका छन्।
मधेश प्रदेश सभाका सांसदहरूको लुछाचुडीका कारण प्रदेशको सम्पूर्ण मन्त्रालय, कार्यालयहरू अस्तव्यस्त भइसकेकोले देशको सार्वभौम सत्ता, राष्ट्रियतामा गम्भीर असर परेको पत्रमा उल्लेख रहेको छ।
सोही कुराहरूलाई मध्यनजर गर्दै नेपालको संविधानको धारा २३२ को उपधारा ३ बमोजिम प्रदेश मन्त्रिपरिषद् र प्रदेश सभालाई कम्तिमा ६ महिनाका लागि निलम्बन गरी वा विघटन गरी स्वतन्त्र नागरिक सरकार गठन गरी मधेश प्रदेशमा संघीयता संस्थागत, सुशासन कायम गर्न युवाहरूले आग्रह गरेका छन्।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया