विमानस्थलबाट १ किलो सुनसहित भारतीय महिला पक्राउ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ११ सय ६० ग्राम सुनसहित एक भारतीय महिला पक्राउ परेकी छन्। मंगलबार राति दुबईबाट एयर अरेबियाको उडानमार्फत काठमाडौं उत्रिएकी भारतीय नागरिक मिना सुर्जित सिंह खेमानीलाई उक्त सुनसहित विमानस्थल सुरक्षा प्रहरीले पक्राउ गरेको हो।
बिएल संवाददाता - काठमाडौं