सोमबार, १९ जनवरी २०२६

तनाव बढेपछि सिमरामा फेरि कर्फ्यू आदेश जारी

बिएल संवाददाता

बिएल संवाददाता

सिमरा, बारा
News Image
• • •

जेनजी प्रदर्शन चर्किएपछि बाराको सिमरामा फेरि कर्फ्यू लगाइएको छ।

बिहीबार बिहान ११ बजेदेखि जेनजी युवाहरू सिमरा चोकमा प्रदर्शनमा उत्रिएपछि जिल्ला प्रशासन कार्यालय बाराले सिमरा क्षेत्रमा कर्फ्यू लगाएको हो।

प्रहरीले बल प्रयोग गर्दा प्रदर्शनकारी उल्टै प्रहरीमाथि आक्रमणमा उत्रेपछि दिउँसो १ बजेदेखि ८ बजेसम्मका लागि कर्फ्यू लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी छविरमण सुवेदीले जानकारी दिए।

प्रदर्शन नियन्त्रणबाहिर गएपछि प्रहरीले अश्रुग्यास र हवाइ फायर गरेको छ।

May be an image of text

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!