सोमबार, १९ जनवरी २०२६

प्रहरीले सिसा मिसिएको खाना दिएको भनेपछि पक्राउ परे निकोलस भुसाल

News Image
• • •

अभियन्ता निकोलस भुसाल पक्राउलाई प्रहरीले फेरि पक्राउ गरेर छोडेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका बेला सिसा मिसिएको खाना दिएको अभिव्यक्ति दिएको भन्दै प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

संवाद डबलीमा पत्रकार सम्मेलन गरेर निस्किने क्रममा प्रहरीले उनलाई पक्राउ गरेकाे थियाे।

परिसरले भुसाललाई प्रहरीविरुद्ध अफवाह फैलाएको आरोपमा अब आइन्दा अफवाह नफैलाउने सर्तमा कागज गरेर छोडेको हो।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!