बिएल संवाददाता
दोस्रो नेपाल प्रिमियर लिग (एनपीएल)को छैटौं दिनको पहिलो खेलमा लुम्बिनी लायन्सले कर्णाली याक्सलाई १५७ रनको लक्ष्य दिएको छ।
लुम्बिनी लायन्सले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाउदै १५७ रनको लक्ष्य दिएको हो। टस जितेर कर्णालीले पहिले बलिङ गर्ने निर्णय गरेपछि लुम्बिनी लायन्सले ब्याटिङको निम्तो पाएको हो।
लुम्बिनी लगातार दोस्रो जितको दाउमा छ। लुम्बिनीले पहिलो खेलमा चितवनलाई ६ विकेटले हराएको थियो। यता कर्णाली भने पहिलो जितको खोजीमा छ। कर्णाली पहिलो खेलमा चितवनसँग ४ विकेटले हारेको थियो।
दुवै टिमले आज दोस्रो खेल खेल्दैछन्। जहाँ लुम्बिनी लगातार दोस्रो जितका साथ ४ अंक बनाउने दाउमा छ भने कर्णाली पहिलो जित निकाल्दै पुनरागमन गर्ने तयारीमा छ।
आज हुने दोस्रो खेलमा विराटनगर किंग्स र काठमाडौं गोर्खाजबीच खेल हुनेछ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया