बिएल संवाददाता
दोस्रो नेपाल प्रिमियर लिग (एनपीएल)को छैटौं दिनको पहिलो खेलमा लुम्बिनी लायन्सले कर्णाली याक्सलाई १५७ रनको लक्ष्य दिएको छ।
लुम्बिनी लायन्सले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाउदै १५७ रनको लक्ष्य दिएको हो। टस जितेर कर्णालीले पहिले बलिङ गर्ने निर्णय गरेपछि लुम्बिनी लायन्सले ब्याटिङको निम्तो पाएको हो।
लुम्बिनी लगातार दोस्रो जितको दाउमा छ। लुम्बिनीले पहिलो खेलमा चितवनलाई ६ विकेटले हराएको थियो। यता कर्णाली भने पहिलो जितको खोजीमा छ। कर्णाली पहिलो खेलमा चितवनसँग ४ विकेटले हारेको थियो।
दुवै टिमले आज दोस्रो खेल खेल्दैछन्। जहाँ लुम्बिनी लगातार दोस्रो जितका साथ ४ अंक बनाउने दाउमा छ भने कर्णाली पहिलो जित निकाल्दै पुनरागमन गर्ने तयारीमा छ।
आज हुने दोस्रो खेलमा विराटनगर किंग्स र काठमाडौं गोर्खाजबीच खेल हुनेछ।
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया