मङ्गलबार, ११ नोभेम्बर २०२५

काठमाडौँ अदालतमा रवि लामिछानेकाे बयान सुरू

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेकाे बयान सुरू भएकाे छ। आइतबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा उनकाे बयान सुरू भएकाे हाे। लामिछानेकाे बयान सकिएपछि थुनछेक बहस हुनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रवि लामिछानेकाे बयान न्यायाधीश अधिकारीको इजलासमा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेकाे बयान काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा हुने भएकाे छ। स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलन गरेको अभियोगमा उनकाे बयान हुन लागेकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मकवानपुरमा स्कार्पियाे र कार ठाेक्किँदा २ जनाकाे मृत्यु, १२ जना घाइते

मकवानपुरमा स्कार्पियाे र कार एकआपसमा ठाेक्किँदा २ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्। मृत्यु हुनेमा कार चालक हेटौंडा उपमहानगरपालिका–४ का ६० वर्षीय सुरेन्द्रलाल श्रेष्ठ र अर्का  चितवनको राप्ति नगरपालिका–२का ५० वर्षीय सुनिता श्रेष्ठ रहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - मकवानपुर

राप्रपाले भन्याे– ‘पृथ्वी जयन्ती’ हाम्रो जस्तो मात्र नहोस्

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पुथ्वी जयन्तीलाई राप्रपाको मात्र कार्यक्रम जस्तो बन्न नदिन आग्रह गरेका छन्। शनिबार पृथ्वीनारायण शाहको ३०३औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा पार्टीले आयाेजना गरेको चियापान कार्यक्रममा अन्य दलका नेताहरूसमक्ष लिङ्देनले सो कुरा बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

तिब्बतमा भुइँचालाे, अमेरिकामा हिउँ र आगाे

बितेकाे साता चीनकाे तिब्बतमा आएकाे ६.८ म्याग्निच्यूडकाे शक्तिशाली भूकम्प जाँदै गर्दा अमेरिकाका कैयौ सहर हिउँले जमेकाे थियाे।  त्यहाँकाे आपतकालीन समय गुज्रिन नपाउँदै अमेरिकी राज्य क्यालिफाेर्निया क्षेत्रमा डढेलाेकाे अर्काे भीषण आपत आइलाग्याे।

बिएल संवाददाता

बिएल संवाददाता - अमेरिका

दुई राप्रपाको चियापनमा प्रधानमन्त्री (तस्बिरहरू)

प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राप्रपा नेपालकाे चियापान कार्यक्रममा सहभागी भएका छन्। पृथ्वीनारायण शाहको ३०३ औँ जन्तजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा शनिबार राप्रपाद्वारा भृकुटीमण्डपमा आयोजित चियापान कार्यक्रममा सहभागी भएको हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सरकारले अध्यादेशमार्फत कानुन संशाेधन गर्ने निर्णय लिएको छ: गृहमन्त्री

‘हिजो राति अबेरसम्म बसेर सरकारले महत्वपूर्ण निर्णयहरु गरेको छ’, उनले भने,‘ हामीले समृद्धि र आर्थिक विकासका लागि केही महत्वपूर्ण कानुनहरुलाई संशोधन गरेका छौँ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पृथ्वी जयन्तीमा राप्रपाकाे र्‍याली (फाेटाे फिचर)

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पृथ्वी जयन्तीकाे अवसरमा र्‍याली निकालेकाे छ। ३०३औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा शनिबार राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलगायत नेताकार्यकर्ताले काठमाडाैँ र्‍याली गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

उपल्लो डोल्पामा छैन हिँउ (तस्बिरहरु)

विगतमा उपल्लो डोल्पाको श्यामलिङ गुम्बा आसपासका क्षेत्र हिँउले सेताम्मे हुन्थ्यो भने यस वर्ष हिँउ नपर्दा जमिन सुख्खा देखिएको छ। जसले गर्दा जनजीवन पनि प्रभावित बन्दै गएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पृथ्वीनारायण शाह र नेपाल एकता

नेपालको एकता, स्वाधीनता, संस्कृति र धर्मको संरक्षण गर्नका लागि आगामी शासक र जनतालाई राजनीतिक विवेक, नैतिक जिम्मेवारी र राष्ट्रिय हितका लागि कार्य गर्न प्रेरित गरेका छन्। पृथ्वीनारायण शाहको दिब्य उपदेश नेपालको एकता, सुरक्षा र समृद्धिका लागि एक मार्गदर्शक सूत्रको रूपमा रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अब ओली सरकार चल्दैन: प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार नचल्ने बताएका छन्। शुक्रबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले वर्तमान गठबन्धन अप्राकृतिक, अलोकतान्त्रिक र अपादर्शी रहेकोले नचल्ने दाबी गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

नवलपारासीमा मर्मत गर्न नमिल्ने गरी भासिँयो पुल, पूर्व–पश्चिम राजमार्ग पूर्णरुपमा अवरुद्ध

पूर्वी नवलपरासीकफ त्रिवेणी गाउँपालिका– २ स्थित विजयन खोलाको मर्मत गर्न नमिल्ने गरी पुल भासिँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ। पुल भासिएपछि दुईतर्फी सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जानकारी दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

रवि लामिछानेलाई धराैटीमा छाड्न आदेश दिने न्यायाधीशलाई निलम्बन गर्न उजुरी

पोखराको सूर्यदर्शन सहकारीको रकम ठगीमा प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएका जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिजकुमार राईलाई निलम्बन गर्न माग गर्दै न्याय परिषद्मा उजुरी परेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राष्ट्रपति पौडलसँग प्रधानमन्त्री ओलीकाे भेट

राष्ट्रपति रामचन्द्र पौडलसँग प्रधानमन्त्री केपी शर्मा ओलीले भेट गरेका छन्। शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति र प्रधानमन्त्रीबीच भेट भएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रचण्ड, माधव नेपाल र लिङ्देनबीच भेटवार्ता, के-के भयाे कुराकानी?

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड,  एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ। तीन दलका शीर्ष नेताहरूबीच शुक्रबार सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा भेटवार्ता भएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

स्थलमार्गबाट काठमाडौँ आउँदै रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पोखराबाट स्थलमार्ग हुँदै काठमाडौँका लागि हिँडेका छन्। पूर्वगृहमन्त्रीसमेत रहेका लामिछाने शुक्रबार दिउँसाे पोखराबाट गाडीमै काठमाडौँका लागि हिँडेकाे रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मुलुकमा रोजगारी बढाउन सरकारले सक्दो पहल गर्छ: प्रधानमन्त्री

प्रधानमन्त्री ओलीले कला र संस्कृतिमा नेपाल धनी भएको सन्दर्भमा हस्तकला क्षेत्र कहिल्यै विस्थापित नहुने बताउँदै बजारका सामानभन्दा आफैले मेहनत गरेर फलाएका खाना र बनाएका सामान प्रयोग वृद्धिका लागि आग्रह गरे।

बिएल संवाददाता

बिएल संवाददाता - ललितपुर

संविधान संशोधनको विपक्षमा छैनाैँ, कार्यदल बनाएर अघि बढेका छाैँ: सरकारका प्रवक्ता

‘काम गर्न बाधा पुर्याइरहेको ११ वटा कानुनहरुको पहिचान गरी संसदमा पेश गर्ने गरेर संशोधनमा ल्याउन र त्यसको तयारीको लागि पनि कानुनविद्हरु रहेको कार्यदल बनाएका छौँ’, उनले भने, ‘त्यसकारण संविधान संशोधन हुन्छ, गरिन्छ, गर्ने हो। किनभने हाम्रो राजनीतिक सहमतिमा नै यही कुरा थियो। यसमा तलमाथि गर्ने कुनै पनि कुरा छैन।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं