शनिबार, २८ फेब्रुअरी २०२६

सिन्धु जल सम्झौता खारेज, पाकिस्तानी कुटनीतिज्ञहरूलाई भारत छोड्न आदेश

पाकिस्तानले सिमापार आतंकवादलाई दिएको समर्थन फिर्ता नभएसम्मका लागि सिन्धु जल सम्झौताको स्थगन लगायत अरु कैयौ निर्णयहरू पनि लागु हुनेछन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

एमसिसी बन्द गर्ने मस्कको निर्णय

अमेरिकी सरकारले सिधा लगानी रहेको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) नेपालमा भित्रिएको सबैभन्दा ठूलो आर्थिक सहायता परियोजना हो। दशकौंसम्मको राजनीतिक विवादपछि यसलाई नेपालको संसदले नै पारित गरेर कामहरू अघि बढेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

कास्मिर आतंकवादी हमलामा मृत्यु भएका बुटवलका सुदीपको शव बुटवलमा ल्याइँदै

छिमेकी मुलुक भारतको कास्मिरमा भएको मङ्गलवार आतंकवादीको आक्रमणमा मृत्यु भएका बुटवलका सुदीप न्यौपानेको शव आजै बुटवल ल्याएर अन्त्येष्टि गरिने भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - रुपन्देही

कुलमानको समर्थनमा लागेका उर्जाराज्यमन्त्री कान्छारामलाई ओलीको कारबाही

प्रधानमन्त्री केपी शर्मा ओलीले ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)लाई बर्खास्त गरेका छन्। उर्जामन्त्री दीपक खड्का र विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको विवादमा राज्यमन्त्री तामाङ घिसिङको पक्षमा खुलेरै लागेका थिए। कुलमानलाई हटाएपछि राज्यमन्त्री तामाङ प्रधानमन्त्री ओली र उर्जामन्त्री खड्काको तारो बनेका थिए। खड्का र तामाङ दुवैजना नेपाली कांग्रेसका सांसद हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रघुजी पन्त शिक्षामन्त्री नियुक्त, बरियतामा आरजुभन्दा लगत्तै पछि

नेकपा एमालेका नेता रघुजी पन्त शिक्षामन्त्री नियुक्त भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले पन्तलाई बुधबार शिक्षामन्त्री नियुक्त गरेका हुन्। उनको सपथ भोलि साँझ ४ बजेका लागि तयारी गरिएको छ। शीतल निवासले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीले गरेको नियुक्ति, हेरफेर र कार्यविभाजनसहितको मन्त्रिपरिषद् पूनर्गठनको सूची सार्वजनिक गरेको छ। नवनियुक्त शिक्षान्त्री पन्त मन्त्रिपरिषद्को बरियताक्रमको आठौं नम्बरमा राखिएको छ। उनीभन्दा अघि सतौं नम्बरमा परराष्ट्रमन्त्री डा. आरजु राणा छिन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

शिक्षामन्त्री बन्दै रघुजी पन्त, भोलि सपथ

नेकपा एमालेले शिक्षामन्त्रीमा नेता रघुजी पन्तलाई अघि सारेको छ। एमालेले बुधबार पन्तलाई शिक्षामन्त्री बनाउने निर्णय गरेको बालुवाटार स्रोतले बतायो। पन्तको नाम शितल निवास पुगिसकेको स्रोतले जानकारी दियो। पन्तलाई भोलि सपथ ग्रहणको तयारी गरिएको छ। सोमबार शिक्षामन्त्री विद्या भट्टराईले शिक्षा विधेयकमा प्रधानमन्त्रीले सहयोग नगरेको भन्दै राजीनामा दिएकी थिइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भारतीय समकक्षी मोदीलाई प्रधानमन्त्री ओलीको टेलिफोन, आतंकवादविरुद्ध नेपालको साथ

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग टेलिफोन सम्पर्क गर्दै पहलगाममा भएको आतंकवादी हमलाप्रति दुःख व्यक्त गरेका छन्। प्रधानमन्त्री ओलीले सामाजिक एक्समार्फत प्रधानमन्त्री मोदीसँग कुराकानी भएको बताएका छन्। उनले यस्ता जघन्य अपराधका विरुद्धको लडाइमा भारतलाई नेपालको साथ रहेको बताएका छन्। त्यस्तै ओलीले उक्त आतंकवादी हमलामा ज्यान गुमाएका नेपाली नागरिकको ज्यान गएको घटनापछि भारतले व्यक्त गरेको समवेदनाप्रति धन्यवाद दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रमुख सचेतकहरूसँग सभामुखको छलफलः वैशाख अन्तिमसम्म ‘शिक्षा विधेयक’ पारित गर्ने तयारी

सभामुखले बजेट अधिवेशनबारे प्रमुख सचेतकहरूसँग छलफल गरेको एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए। विगतमा उल्टो अभ्यास भएको भन्दै उनले यो वर्ष नीति तथा कार्यक्रम पारित गर्ने र त्यसको आधारमा मात्र बजेटका प्राथमिकताहरू संसदमा ल्याउने गरी कार्यसूची बनाएको पनि जानकारी दिए। उनले भने, ‘हामी छैठौं अधिवेशनको तयारी गर्दैछौं। वैशाख १२ गते बस्ने बैठक सबै दलका नेताहरूको शुभकामनाबाट सुरु गर्नेछौं। सकारले १९ गते नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको छ। पहिले उल्टो अभ्यास भएको जस्तो भयो त्यसैले नीति तथा कार्यक्रम पारित गर्ने र त्यसको आधारमा मात्र बजेटका प्राथमिकताहरू संसदमा ल्याउने कुरा व्यवहारिक हुने कुराले १९ गते नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्नेगरी कार्यसूचीमा राखेको छौं।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘सरकारले कार्यशैली सच्याउनुपर्छ तर दुई दलबीचको सहमतिमा दायाँबायाँ हुन्नौं’

नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले कांग्रेस-एमालेबीचमा भएका सहमतिमा दायाँबायाँ नहुने बताएका छन्। पार्टीनिकट यातायात व्यवसायीको महाधिवेशनलाई सम्बोधन गर्दै उनले सरकारका केही कमीकमजोरी भएपनि त्यसलाई सच्याउँनुपर्ने तर दुई दलबीचको सहमतिमा दायाँबायाँ नहुने बताए। उनले सभापति देउवाले पनि सरकारको कार्यशैली सुधार गर्नुपर्ने बताएको उल्लेख गर्दै नागरिकका भावना र असन्तुष्टिलाई सम्बोधन गर्नुपर्ने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्री ओली र बाजिलियन फुटबलर कार्लाेसबीच भेटघाट

प्रधानमन्त्री केपी शर्मा ओली र ब्राजिलका चर्चित फुटबल खेलाडी रोबर्टाे कार्लाेसबीच भेटघाट भएको छ। बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा उनीहरूबीच भेट भएको हो। विश्वविजेता कार्लाेस नेपाल सुपर लिग (एनएसएल)को तेस्रो सिजनको खेल हेर्न काठमाडौँ आएका हुन्। प्रधानमन्त्री ओलीले खेलाडी कार्लाेसलाई स्वागत गर्दै उनको नेपाल आगमनले यहाँका खेलाडी र युवाहरूलाई उत्साह मिल्ने बताए। प्रधानमन्त्री ओलीले नेपाल र ब्राजिलबीच राम्रो कूटनीतिक सम्बन्ध रहेको उल्लेख गर्दै दुवै देशको खेल क्षेत्रले एकाअर्कामा सिकाइ आदानप्रदान गर्नुपर्नेमा जोड दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘प्रधानन्यायाधीशले पूर्वराजालाई किन भेटे?’ शीर्षकको समाचारविरुद्ध अवहेलना मुद्दा दर्ता

केहीदिनअघि एक अनलाइन पत्रिकाले प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटघाट गरेको भनी प्रकाशित गरेको समाचारविरुद्ध सर्वोच्चमा अदालतको अवहेलना मुद्दा दर्ता भएको छ। सर्वोच्च अदालतका नायव सुब्बा कमला रेग्मी र कम्प्युटर असिस्टेन्ट रमेश बजगाईंले मंगलबार ‘नेपाली पेन’ अनलाइन पत्रिकालाई विपक्षी बनाउँदै अवहेलना मुद्दा दायर गरेका हुन्। उक्त मुद्दाको बुधबार न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र टेकप्रसाद ढुङ्गानाको इजलासमा सुनुवाई भइसकेको छ। फैसला आउन बाँकी छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नयाँ शैक्षिक सत्र सुरुः सामुदायिक विद्यालय सुनसान, निजीमा चहलपहल

नयाँ शैक्षिक सत्र सुरु भएसँगै विद्यार्थी भर्ना अभियानसँगै सामुदायिक विद्यालयमा देखिने विद्यार्थी र अभिभावकको बाक्लो भीड यो वर्ष कर्णालीका सामुदायिक विद्यालयमा देखिएको छैन। कर्णालीमा नाम चलेका सामुदायिक विद्यालयहरू यतिबेला सुनसान छन्। शिक्षक आन्दोलनका कारण विद्यार्थी भर्नालगायतका शैक्षिक गतिविधि ठप्प हुँदा विद्यालयमा कुनै चहलपहल देखिँदैन। जसको कारण विद्यार्थीको पठनपाठनमा असर पुग्ने देखिएको छ। विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै २२ दिनदेखि शिक्षकहरू काठामाडौं केन्द्रीत आन्दोलनमा गएपछि विद्यालयका शैक्षिक गतिविधि ठप्प भएका हुन्। नेपाल शिक्षक महासंघको नेतृत्वमा भइरहेको शिक्षक-कर्मचारीको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै विद्यालयले भर्ना अभियान रोकेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - सुर्खेत

नेपालले भन्यो- आतंकवादविरुद्ध भारतलाई दृढ साथ

मंगलबार त्यहाँ घुम्न गएका पर्यटकमाथि आतंकवादीहरूले आक्रमण गरेका थिए। त्यो आक्रमणमा लगभग २६ जना मानिस मारिएको बताइएको छ। गम्भिर घाइते भएका १६ जनाको उपचार भइरहेको स्थानीय प्रशासनले जनाएको छ। घटनामा २ जना नेपालीसहित अन्य विदेशीहरू मारिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। तर नेपाली अधिकारीहरूले त्यसको स्वतन्त्र पुष्टी गरिसकेका छैनन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

जम्मु-कश्मिर आतंकवादी आक्रमण- मारिने २६ मध्ये दुईजना नेपाली पनि

भारतीय सञ्चारमाध्यमहरूका अनुसार यो आक्रमणको जिम्मेवारी ‘द रेसिस्टेन्स फ्रन्ट‘ अर्थात् टिआरएफले लिएको छ। यो भनेको लस्कर-ए-तायबाका एकजना संस्थापक हाफिज साइदले नेतृत्व गरेको आतंकवादी संगठन हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

कक्षा १२ काे परीक्षा सर्‍याे अब वैशाख २१ देखि

मंगलबार बिहान बसेकाे बाेर्डकाे बैठकले निजामति कर्मचारीहरूलाई परिचालन गरेर भए पनि परीक्षा ताेकिएकै मितिबाट सुरु गर्ने निर्णय गरेकाे थियाे र शिक्षकहरूलाई साथ दिन आह्वान गरेकाे थियाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

कक्षा १२ को परीक्षा सार्न प्रधानमन्त्रीको निर्देशन, केहीबेरमा नयाँ तालिका सार्वजनिक गरिँदै

प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १२ को परीक्षा सार्न राष्ट्रिय परिक्षा बोर्डलाई निर्देशन दिएका छन्। ओलीलाई भेट्न बालुवाटार पुगेका बोर्डका अध्यक्ष महाश्रम शर्मा र शिक्षा सचिव दीपक काफ्लेलाई प्रधानमन्त्री ओलीले परीक्षा सार्न निर्देशन दिएका हुन्। यसअघि वैशाख ११ गते परीक्षा गर्ने बोर्डको कार्यतालिका थियो। आन्दोलनरत शिक्षकहरूले असहयोग गर्ने भएपनि बोर्डले निजामती कर्मचारीहरू परिचालन गरेर परीक्षा पूर्वनिर्धारित तालिकामै गराउने तयारी गरेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गणतन्त्रभित्र जनताको खोज!

नेपालमा २०६२/६३को आन्दोलनले गणतन्त्र आयो जसको सिधा परिभाषा थियो ‘गणतन्त्र- भन्नाले त्यस्तो शासन व्यवस्था हो जहाँ प्रमुख सत्ता जनतामा निहित हुन्छ। यहाँ राजा वा निरंकुश शासक हुँदैन, जनताबाट निर्वाचित जनप्रतिनिधिहरू शासन चलाउँछन्। जनतामाथि जनताको प्रत्यक्ष भुमिका रहने छ, सबै समान हुन भन्ने भावनाले चलाइने छ र यस्तो तन्त्र नै गणतन्त्र हुनेछ।’  तर नेपाल देशका जनताको अनुहार नै हराएको छ यो गणतन्त्रमा त। यहाँ हरेक नेपालीले एक अर्काको अनुहारमा गणतन्त्र खोजी रहेका छन्। गणतन्त्र आएपछि बाँडिएका सपनाहरु तथा उदाएका नेताहरुको नयाँ वाचाहरु खोज गर्न जनताले अहिले खोजकार्य चलाईरहेका छन् र चलिरहेको छ। गणतन्त्र ल्याउन ०६२/६३ को आन्दोलन गरेको नभई आफूले नपाएको सत्ताको बागडोर आफूमा निहित गर्न नेपाली जनताको अगाडी तेर्स्याइएको ‘ललिपप’ थियो कि भन्ने भान अहिले जनताले गर्दैछन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मिडिया काउन्सिलका नवनियुक्त अध्यक्षमाथि भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपाध्यायसहित तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानून मन्त्रालयअन्तर्गत नियुक्त उपाध्यायले मुख्यमन्त्री सतिशकुमार सिंहको उपस्थितिमा मन्त्री राजकुमार लेखीबाट शपथ लिएपछि हिजो सोमबार पदभार ग्रहण गरेका थिए। तर, त्यसको भोलिपल्टै उनीमाथि आर्थिक अनियमितताको आरोपसहित मुद्दा दर्ता गरिएको छ। अख्तियारका अनुसार उपाध्यायले केएस मल्टिपरपोज कम्पनीका अध्यक्षका रूपमा बाराको पचरौता नगरपालिकाबाट २०७७/०७८ मा सञ्चालित ठेक्का कार्यको बोलपत्र सूचना राष्ट्रियस्तरको पत्रिकामा प्रकाशन नगरी मात्र एक प्रति प्रभाव दैनिकमा छापेर ३ लाख ५२ हजार ५६० रुपैयाँ भुक्तानी लिएको आरोप छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

शिक्षामन्त्रीले स्वास्थ्यकाे कारण राजीनामा दिएकाे ओलीकाे प्रष्टीकरण

आफैं बनाएको मन्त्रीलाई सहयोग गरेन भन्ने हल्ला मात्र रहेको बताउँदै उनले भने, उहाँ मैले बनाएको मन्त्री हो। मैले काम लगाइरहेको छु। सहयोग गरिरहेको छु। सिकाइराखेको छु। ठूलो मन्त्रालय छ, अहिले स्वास्थ्य ठिक भएन भनेर राजीनामा दिनुभएको हो। यसमा अन्य प्रचारबाजी गर्नुको कुनै अर्थ छैन।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं