बिएल संवाददाता
जेनजी अगुवा मिराज ढुंगानाले सुशीला कार्कीले आफूहरूको एक माग पनि पूरा नगरेको आरोप लगाएका छन्।
मंगलबार मागपत्र बुझाउन सिंहदरबार प्रवेश गर्न खोज्दा सुरक्षाकर्मीले धोविखोलाको पुल कटाएपछि आक्रोशित उनले कार्की कुर्सीमा बस्न मात्रै प्रधानमन्त्री बनेको टिप्पणी गरेका छन्।
उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘हाम्रो एक माग पनि पूरा भएको छैन। सुशीला कार्की तपाईं के गर्दै हुनुहुन्छ तपाईं कुर्सीमा बस्नलाई मात्र प्रधानमन्त्री बन्नू भाएको हो?’
त्यस्तै ढुंगानाले जेनजीमाथि नरसंहार मच्चाउनेहरूमाथि कारबाही नगरेको भन्दै गृहमन्त्री ओमप्रकाश अर्याललाई नालायकको संज्ञा दिएका छन्।
उनले भनेका छन्, ‘नालायक गृहमन्त्री दम छ भने ७६ जनाको हत्यारालाई कारबाही गर।’
सरकार बनाउन भूमिका खेलेका जेनजी अगुवाहरू नै सरकारविरुद्ध खनिन थालेपछि सुशीला कार्की नेतृत्वको सरकार संकटतर्फ उन्मुख भइरहेको विश्लेषण हुन थालेका छन्।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया