बिएल संवाददाता
जेनजी अगुवा मिराज ढुंगानाले सुशीला कार्कीले आफूहरूको एक माग पनि पूरा नगरेको आरोप लगाएका छन्।
मंगलबार मागपत्र बुझाउन सिंहदरबार प्रवेश गर्न खोज्दा सुरक्षाकर्मीले धोविखोलाको पुल कटाएपछि आक्रोशित उनले कार्की कुर्सीमा बस्न मात्रै प्रधानमन्त्री बनेको टिप्पणी गरेका छन्।
उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘हाम्रो एक माग पनि पूरा भएको छैन। सुशीला कार्की तपाईं के गर्दै हुनुहुन्छ तपाईं कुर्सीमा बस्नलाई मात्र प्रधानमन्त्री बन्नू भाएको हो?’
त्यस्तै ढुंगानाले जेनजीमाथि नरसंहार मच्चाउनेहरूमाथि कारबाही नगरेको भन्दै गृहमन्त्री ओमप्रकाश अर्याललाई नालायकको संज्ञा दिएका छन्।
उनले भनेका छन्, ‘नालायक गृहमन्त्री दम छ भने ७६ जनाको हत्यारालाई कारबाही गर।’
सरकार बनाउन भूमिका खेलेका जेनजी अगुवाहरू नै सरकारविरुद्ध खनिन थालेपछि सुशीला कार्की नेतृत्वको सरकार संकटतर्फ उन्मुख भइरहेको विश्लेषण हुन थालेका छन्।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया