बिएल संवाददाता
साउदी अरबमा तीर्थयात्री बोकेको एउटा बसमा आगो लाग्दा कम्तीमा ४२ जना भारतीय नागरिकको मृत्यु भएको छ। सोमबार बिहान साढे एक बजेतिर भारतीय हजयात्रीहरू बोकेको बस सडकमा एउटा तेल बोकेको ट्याङ्करसँग ठोक्किएको थियो। त्यसपछि बसमा आगो लागेको थियो।
हायदरावादको एउटा ट्राभल एजेन्सीका अनुसार उक्त बसमा ४२ जना भारतीय हजयात्री थिए। उनीहरू सबैको मृत्यु भएको त्यहाँको प्रहरीले पुष्टी गरेको छ। तीमध्ये कम्तीमा ११ जना बालबालिकाहरू छन्।
घटनाको पूरा विवरणहरू नआएपछि भारतीय सञ्चारमाध्यहरूले जनाएअनुसार एकजनालाई जिवितै उद्धार गरिएको छ। तर उनको बारेमा विस्तृत जानकारी छैन।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार ती यात्रीहरू मक्काबाट मदिनातिर जाँदै थिए। धेरै यात्रुहरू हायदरावादका छन्।
भारतीय विदेशमन्त्री एस जय शंकरले उक्त घटनाको पुष्टी गर्दै दुख व्यक्त गरेका छन्। मृतकहरूलाई श्रद्धाञ्जली र परिवारलाई समवेदना दिँदै उनले साउदीमा रहेका भारतीय दूतवास र कन्सुलरहरूलाई भारतीय नागरिकसँग समन्वय, उद्धार र राहतका लागि निर्देशन पनि दिएका छन्।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया