बिएल संवाददाता
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले जेनजीका सबै माग पूरा गर्न नसकिने स्पष्ट पारेका छन्। उनले सबै माग पूरा गर्ने भए आफैं चुनाव लडेर सरकार बनाउन आग्रह गरे।
सोमबार मन्त्रालयमा ज्ञापनपत्र बुझाउन पुगेका जेनजी प्रतिनिधिहरूलाई मन्त्री पुनले मन्त्रालय आउने र मन्त्री भेटेर माग राख्ने नगर्न आग्रह गरे। उनले आफूले नसक्ने काम सक्ने भनेर नभन्ने पनि स्पष्ट पारे।
‘तिमीहरूको सबै माग पूरा गर्ने हो भने तिमीहरू आफैं चुनाव लड्ने, सरकार बनाउने अनि सबै कुरा आफैंले गर्ने, त्यसभन्दा अरू उपाय छैन।’
मन्त्री पुनले थपे, ‘आफै| गाउँगाउँमा जाने, मेरो पनि माग पूरा गर्नुपर्यो नि, कुरा बुझ्यो कि बुझेन? जेनजी भाइबहिनीहरू आज मंसिर १ गते भयो। आ-आफ्नो गाउँ जाने र युवा नेताहरूलाई ल्याउने अनि यस्ता माग त्यो सरकारबाट पूरा गर्ने।’
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
‘लकीरका फकीर’ होईन, मार्क्सवाद
प्रभु बैंकमा बद्मासी- सेटिङ गर्न पन्तले निकालिन् कर्मचारीको नाममा लाखौं पेश्की
रवि लामिछाने: जेलको चिसो कोठाबाट उठिरहेको नयाँ राजनीतिक ताप
प्रभु बैंककी ‘लेडी बोस्’– सीईओलाई प्रभावमा पारेर बन्दैछिन् डेपुटी, यसरी डुबाउँदैछिन् बैंक
प्रभुको बदमासीमा कुनकुन फाइलमाथि हुँदैछ अनुसन्धान? को–को तानिदैछन्?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया