बिएल संवाददाता
नेकपा एमालेका समर्थक तथा कार्यकर्ताहरू जनकपुरधाममा धर्नामा बसेका छन्।
मंगलबार जनकपुरधामको जनकचोकमा एमालेका समर्थक तथा कार्यकर्ताहरू मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोज कुमार यादवलाई ‘काम गर्न देउ’ भन्दै धर्नामा बसेका छन्।
उनीहरूले संविधानको रक्षा गरौं, मुख्यमन्त्री यादवलाई काम गर्न देउ लेखिएको ब्यानर राखेर धर्नामा बसेका छन्।
मुख्यमन्त्री यादवले संविधानकै नियम टेकेर मुख्यमन्त्री बनेको र उनले काम गर्ने वातावरण पाउनुपर्छ भन्दै आफूहरू धर्नामा बसेको धर्नामा बसेका बलिराम यादवे बताए। उनले अदालतमा मुद्दा दिइसकेपछि सात दलीय गठबन्धका सांसदहरूले बाटो अवरुद्ध गरेर जनतालाई दुःख दिएको आरोप लगाए।
उनले कर्मचारीलाई कुट्ने, राष्ट्रिय झन्डा फ्याल्ने कार्य गर्ने सात राजनीतिक दलका सांसदहरू राष्ट्रवादी नभएको बताए। उनले पूर्वमुख्यमन्त्री जितेन्द्र सोनलले राजीनामा दिएको सात दिनभन्दा बढी भइसके पनि मुख्यमन्त्री निवास नछाडेकोमा आपत्ति व्यक्त गरे।
पूर्वमुख्यमन्त्री जितेन्द्र सोनलले प्रदेश सभा बैठकमै राजीनामा दिएपछि पूर्वप्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मधेश प्रदेशको सबैभन्दा ठूलो दलको हैसियतले नेकपा एमालेका संसदीय दलका नेता सरोज कुमार यादवलाई मुख्यमन्त्री पदमा नियुक्त गरेकी थिइन।
सो दिनदेखि जनमत पार्टी, लोसपा, नेपाली कांग्रेस, नेकपा एस, नागरिक उन्मुक्ति पार्टी, नेकपा माओवादी केन्द्र, जसपा नेपालले विरोध गर्दै आइरहेका छन्।
मुख्यमन्त्री नियुक्तिलाई लिएर उनीहरूले सर्वोच्च अदालतमा रिट पनि दायर गरेका छन्। अदालतको आदेश आजै आउने सम्भावना रहेको छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया