बिएल संवाददाता
एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको पदाधिकारी बैठकले अध्यक्ष डा. सुजन कडरियाको राजीनामा स्वीकृत गरेको छ।
नेपाल कमर्श क्याम्पसमा बसेको बैठकले कडरियाको राजीनामा स्वीकृत गर्दै महासचिव दीपक धामीलाई अध्यक्ष बनाउने निर्णय गरेको हो।
उपाध्यक्ष अञ्जना शिवाकोटीलाई महासचिव बनाउने र अरु पदाधिकारी यथावत् राख्ने निर्णय गरेको हो। तर, अध्यक्षमा धामी र शिवाकोटीले आलोपालो नेतृत्व गर्ने सहमति भएको छ।
जेनजी आन्दोलनका क्रममा विद्यार्थीमाथि बर्बर दमनपछि कडरियाले राजीनामा घोषणा गरेका थिए। तर, पछिल्लो समय उनले आफूमाथि राजीनामाको दबाब आएको भन्दै राजीनामा फिर्ता लिएर संगठनको काममा फर्किएका थिए।
स्रोतका अनुसार कडरियालाई एमालेको महाधिवेशन प्रतिनिधि बनाउने सर्तमा राजीनामा स्वीकृत गरिएको हो। आफ्नो राजीनामा स्वीकृत भएकोमा कडरियाले धन्यवाद दिएका छन्।
उनले लेखेका छन्, ‘आजबाट विद्यार्थी आन्दोलनमा बिताएका तीता-मीठा क्षणहरू पनि औपचारिक रूपमा समाप्त भएका छन्। मैले कसैप्रति जानअन्जानमा कुनै गल्ती वा कडा व्यवहार गरेको छु भने हृदयदेखि क्षमा प्रार्थी छु। मेरा अनुभव, संघर्ष र उतार चढावहरू यही यात्रासँगै टुंगिएका छन्। अब म पार्टी जीवनमा पूर्ण समर्पणका साथ प्रवेश गर्दै, नेकपा एमालेको एक इमानदार सिपाहीको रूपमा निरन्तर खटिरहने प्रतिज्ञा गर्दछु।’
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया