बिएल संवाददाता
बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाविरुद्ध मानवताविरुद्धको अपराधमा आज अन्तिम फैसलाको तयारी गरिएको छ।
गत वर्षको विद्रोहमा १४ सय मानिसको हत्या गरेको अभियोगमा हसिनाविरुद्ध फैसला हुन लागेको हो।
संयुक्त राष्ट्रसङ्घको रिपोर्टअनुसार घटनामा १४ जनासम्मको मृत्यु भएको उल्लेख छ भए पनि अन्तरिम सरकारले आठ सयभन्दा बढी व्यक्तिको मृत्यु र झण्डै १४ हजार घाइते भएको पुष्टि गरेको छ।
मुद्धाको फैसलाअघि अन्तरिम सरकारले राजधानी ढाका तथा देशका विभिन्न स्थानहरूमा कडा सुरक्षा व्यवस्था लागू गरेको छ।
अभियोजनकर्ताहरूले हसिना तथा पूर्व गृहमन्त्री असदुज्जमान खानलाई मृत्युदण्डको माग गरेका छन्। तेस्रो अभियुक्त पूर्व प्रहरी प्रमुख राज्यको साक्षी मात्र रहेकाले उनलाई सोही बराबर सजाय मात्र माग गरिएको छ। उनीविरुद्ध मृत्युदण्ड नमागिएको बंगलादेशी मिडियाले भनेका छन्।
हसिनालाई मानवताविरुद्धको अपराधमा फाँसीको सजाय हुनसक्ने अडकलहरू काटिएका छन्। अमेरिका बस्दै आएका हसिनाका छोरा साजिब वाजेदले आफ्नी आमालाई मृत्युदण्डको फैसला हुन सक्ने बताएका छन्।
सत्ताच्युतपछि हसिना भारतमा निर्वासित जीवन बिताइरहेकी छन्। हसिनाको पार्टी अवामी लिगले मुद्धाको फैसला सुनाइरहेको विशेष न्यायाधिकरणलाई ‘कङ्गारू अदालत’ भन्दै देशव्यापी आन्दोलन र बन्द आह्वान गरेको छ।
ठाउँठाउँमा आगजनी, तोडफोड र बम विस्फोटका घटनाहरू सार्वजनिक भएका छन्। सरकारले ढाका तथा अन्य ठाँउमा अर्धसैनिक सीमा रक्षक तथा प्रहरी बल तैनाथ गरेको छ।
ढाकाका प्रहरी प्रमुख शेख मोहम्मद सज्जत अलीले हिंसा नियन्त्रणका लागि भन्दै आगजनी र बम प्रहार गर्नेहरूलाई ठाउँको ठाउँ गोली हान्न आदेश दिएका छन्।
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
‘लकीरका फकीर’ होईन, मार्क्सवाद
प्रभु बैंकमा बद्मासी- सेटिङ गर्न पन्तले निकालिन् कर्मचारीको नाममा लाखौं पेश्की
रवि लामिछाने: जेलको चिसो कोठाबाट उठिरहेको नयाँ राजनीतिक ताप
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया