बिएल संवाददाता
सोमबार मध्यरातमा पक्राउ परेका मेडिकल व्यवसायी एवम् राजावादी अभियन्ता दुर्गा प्रसाईंलाई म्याद थपका लागि सरकारी वकिलको कार्यालय पुर्याइएको छ।
प्रसाईंलाई जिल्ला प्रहरी परिसर काठमाडौं र अनुसन्धान कार्यालयको संयुक्त टोलीले भक्तपुरको ठिमीस्थित निवासबाटै पक्राउ गरेको थियो।
पक्राउबारे सञ्चारकर्मीले सोध्दा प्रसाईंले आफूलाई पक्राउ गरिएको विषयबारे थाहा नभएको प्रतिक्रिया दिएका छन्।
प्रहरीले उनीमाथि सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान अघि बढाउने तयारी गरेको छ।
प्रसाईं पक्राउ परेपछि उनको संरक्षकत्वमा रहेको नागरिक बचाउ दलले आजैदेखि सड्क संघर्ष गर्ने घोषणा गरेको छ।
सोमबार मात्र पत्रकार सम्मेलन गरी आगामी मंसिर ७ गते देश नै ठप्प पार्नेगरी आन्दोलनको तयारी गरिरहेको बताएका थिए। प्रसाईं र उनका समर्थकले मंसिर ७ गते काठमाडौंबाट गणतन्त्र र भ्रष्टाचारको विकल्पमा आन्दोलन गर्ने घोषणा गरेका थिए।
नागरिक बचाउ दलका महामन्त्री प्रेमकुमार थाम्सुहाङले मंसिर ७ गते नपर्खिकन आजैबाट देशव्यापी आन्दोलनमा उत्रिने तयारी गरिरहेको बताए।
उनले प्रसाईंलाई अपहरण शैलीमा पक्राउ गरेर सरकारले शान्ति भंग गरेको पनि बताए।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया