बिएल संवाददाता
जेनजी अगुवा सुधन गुरुङसहितका व्यक्तिले आफ्नो घर फेरि जलाउने धम्की दिएकोप्रति विघठित प्रतिनिधिसभाका सदस्य तथा एमाले नेता किसान श्रेष्ठले आपत्ति जनाएका छन्।
एमाले नेता किसान श्रेष्ठले जेनजी अगुवा सुदन गुरुरुसहितका व्यक्तिहरूले आफ्नो घरमै पुगेर फेरि घर जलाउने धम्की दिएको दाबी गरेका छन्।
शनिबार विज्ञप्ति जारी गर्दै श्रेष्ठले आफू काठमाडौंमा रहेका बेला सुदनको समूह सिमराको औराहास्थित आफ्नो घरमै गएर पुनःनिर्माणमा खटिएका कामदारलाई धम्क्याएको आरोप लगाए।
श्रेष्ठले भने, ‘लुटपाट र गुण्डागर्दी शैलीमा सुदन गुरुङ भन्ने व्यक्ति प्रवेश गरी २४ गते जलाइएका घर पुनःनिर्माण गर्ने मेरा कर्मचारी, कामदार लाई धम्क्याउने र घर फेरि जलाउँछु भन्दै तेरो नेतालाई जे पनि हुनसक्छ भनेर धम्की दिएको घटनाको घोर भर्त्सना गर्दछु।’
श्रेष्ठले जेनजीका नाममा भइरहेको आतंक रोकी शान्ति सुरक्षाको प्रत्याभूति गर्न सरकारसमक्ष माग गरे।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया